नगर प्रहरीको दुर्व्यवहार तात्कालिक र proximate cause मात्र हो, वास्तविक र structural cause राज्यको विभेदकारी चरित्र नै हो । सामाजिक बहिष्करण र सिमान्तीकरण नयाँ संस्करणका रूपमा अझ गहिरिदै जाँदा सामान्य नागरिकहरूमा निरासा र अलगावको अवस्था झन झन बढ्दै गएको छ।
अहिलेको सामाजिक गतिशीलता (Social Dynamism) बुझ्न नसकिएको हो। बुझे पनि आत्मसात गर्न नसकिएको नै हो। (The current social dynamism is not understood. Even if it is understood, it is not assimilated.)
इरान आक्रमण अमेरिकी महाशक्ति चरम संकटमा छ भन्ने तथ्यको पछिल्लो उदाहरण हो। आफ्नो प्रभुत्व कायम राख्न आज उसले विश्वव्यापी रूपमा युद्ध र संकट थोपरीरहेको छ । अव छिट्टै अमेरिकी प्रभुत्व धरासायी हुने छ र नयाँ विश्व व्यवस्था स्थापित हुने छ ।
समकालीन विश्व व्यवस्था चरम संकट बाट गुज्रिरहेको छ । उसले आफ्नो संकट हाम्रो जस्ता सिमान्त राष्ट्रहरूमा थोपरिरहेको छ। यो विश्व व्यवस्था (मुलत अमेरिकी पूजिबादी) लाई नयाँ विश्व व्यवस्था (एशियाली)ले विस्थापन नगरे सम्म हामीले पटक पटक यहि नियति बाट गुज्रनु पर्ने निश्चित छ ।
उत्तेजना, आवेग र आक्रोश होइन संयमता, धैर्यता र सहिष्णुता आजको आवश्यकता हो । उत्तेजना र आक्रोशको कारण सिर्जित परिणामको नियति पटक पटक पुनरावृति भइरहनु हामी कसैका लागि सुखद हुदैन र भएको छैन तर पनि हामी पटक पटक यस्तै कर्ममा उन्मुख हुन्छौं किन?
कांग्रेसको बिभाजन भदौ २३ र २४ कै निरन्तरता हो । २४ गते कार्यालय भवन जलाइएको थियो अहिले काङ्ग्रेसको अस्तित्व जलाइएको छ । राजनीति कति निर्मम हुन्छ, हुनत नायक खलनायक को छिनोफानो इतिहासले गर्ने नै छ । शक्ति (कुन शक्ति नभनौं) ले नायक बनाइएकाहरू कालान्तरमा खलनायक बनेको पनि देखिएको छ ।
बुख्याँचाको प्रयोग गरि खेती लगाउन र खेती भित्रयाउन सकिंदैन। बुख्याँचाको आयु हुरि नचलुन्जेल सम्म मात्रै हो न त आफ्नो न त खेतीको सुरक्षा नै गर्न सक्छ । बुख्याँचाहरूको भिड खेती लगाउने वेला कीन?
बंगलादेशमा नागरिक शासन स्थापित हुन सके मात्र शेख हसिनाको बहिर्गमन उपलब्धिमा परिणत हुनेछ । सेनाको कृयासिलता नागरिक (बिशेष गरि बिद्यार्थी) विद्रोहको गन्तव्य थिएन र हुन सक्तैन ।
@SumanaShrestha समाजवाद उन्मुख राज्य शिक्षा क्षेत्रको दायित्वबाट भाग्ने, शिक्षामा नीजिकरणलाई जोड दिने, नागरिकको थाप्लोमा दायित्व थोपर्ने र दोष चाहिँ निर्धा शिक्षकलाई दिने ?
@SumanaShrestha जो जस्ले गरे पनि शिक्षकलाई दोषारोपण गर्नु बढ्दो बौद्धिक पलायनता (Brain Drain) लाई प्रकारान्तले सहयोग पुर्याउनु नै हो । शिक्षकले राजनीति गरे, शिक्षकले पढाउन जानेनन जस्ता भाष्य सिर्जना गरेर मुल समस्याबाट नागरिकको ध्यान मोड्ने प्रपन्च गरिएको मात्रै हो ।
@SumanaShrestha SEE लगायतका परीक्षामा बिद्यार्थी अनुत्तीर्ण हुनु वा Non Graded (NG) हुनुमा शिक्षकलाई दोषारोपण गर्नु कुनै पनि मानेमा उच��त हुदै होइन, यो त शिक्षा प्रणालीमा रहेका कमि कमजोरीहरूलाई नजरअन्दाज गर्नु र ढाकछोप गर्नु मात्रै हो ।
तर सन्देह गर्ने ठाँउ पनि उत्तिकै छ , वर्तमान सत्ता गठबन्धनका सुत्राधार र हुनलागेको गठबन्धनका सुत्राधार फरक फरक पात्र छन र दबै सहमतिमा राखिएको गोपनियता अझ बढी महत्वपुर्ण छ यस्ले राजनैतिक दलहरूका जिम्मेवार ने��ाहरुको अवस्थालाई समेत स्पष्ट गरेको छ ।
राजनैतिक स्थिरतालाई योगदान गर्न सके सहमति युगान्तकारी हुनेछ। ट्याक्टीकल कुरा मात्रै भयो भने अस्थिरता र निराशालाई नै बढाउने छ । ठुला दलहरु बीच सहमति नै गत निर्वाचनको जनादेश हो, जुन ढिलो नै भए पनि हुन लागेको छ ।