गोविन्द केसी काङ्ग्रेस र विवेकशील साझाका कार्यकर्ता हुन कि देशका एक जिम्मेवार डाक्टर?
उनको काम बिरामीको सेवा गर्ने हो कि गगन थापा र रविन्द्र मिश्रले जसो भन्यो त्यसै गर्ने?
सबैले मनन गर्न जरुरी छ ।
हामिले होलि वाइन खाँदा विदेशी धर्मको प्रचार गरिस भनेर बिरोध गर्ने प्रतिपक्षीहरु पनि आज क्रिसमस मनाउन ब्यस्त छन
यसले प्रष्ट हुन्छ कि उनिहरुले हामिले होलिवाइन खाएको मा आपत्ती हैन।
उनिहरुले त बिरोध गर्ने केही निहु नभएर पो बिदेशी धर्म प्रचार गरिस भन्या रैछन।
केही व्यक्तिले मेरो नक्कली टुइटर खोलेर विभिन्न लज्जास्पद टुइटहरु लेख्ने गर्नु भएको रहेछ।एक जिम्मेवार नागरिकको हैसियतले तपाइलाइ यो कार्य गर्न शोभनिय छैन
कृपया त्यो टुइटर खाता बन्द गरिदिनुहोला।
पुर्वगभर्नरले आर्थिक घोटाला गरेकै हो
यसमा कुनै सन्देह छैन
घटनालाइ भित्रभित्रै दबाउनलाई पत्रकारलाई घुमाउन लैजाँने क्रममा मैले थाहा पाएर मलाइ पनि बैङ्कक घुमाएका थिए।
मलाइ आफ्नो गल्तीको महसुस भै सक्यो
यदि अदालतले उनलाइ निर्दोष सावित गर्न खोज्यो भने म किटानी जाहेरी दिन तयार छु।
मैले "म निस्वार्थ भावनाले पदमा रहेर जनता र राष्ट्रको हितमा काम गर्छु मलाइ भोट दिनुस" भन्दा
"ईश तँलाइ भोट" भनेर उत्तानो पारिदिए जनताले
अहिले आफैलाइ धिक्कार्दै होलान् "कस्ता कुपात्रलाई भोट हालेछु" भनेर।
तर के गर्ने? "भित्तामा टाउको ठोक्दैमा" बगेको खोलो कहाँ फर्कन्छ र??
मैले प्रचण्ड र केपि ओलि जि लाई बारम्बार "जनतालाइ झुटा आस नदेखाउनुस ससाना बिकाशका काम गरेर देखाउनुस जनता खुसी हुन्छन"
भनेर सम्झाइरहेको छु
तर उहाहरुलाइ रेल र पानी जहाज अनि स्वीट्जर्ल्यान्डको सपना बाढ्डैमा फुर्सद छैन
यी दुई नेताको जिद्दीपनाले कम्युनिस्टको अस्तित्वमा दाग लाग्ने भयो।
मैले बारम्बार भनिरहेको छु प्रधानमन्त्री र प्रचण्डले मनोमानी रुपमा पार्टी र सरकार सञ्चालन गर्न पाइदैन।
यसरि नै उनिहरुले आफ्नो मिचाहा प्रवृती देखाउदै गए भने उत्तानो परेर पछारिने छन बेलैमा बिचार गरेको राम्रो
जनताले चाहेको सुख र समृद्धि हो राणाशासन जस्तो तानासाही हैन।