छानविन समीतिको प्रतिवेदन नै सार्वजनिक नगरी गृहमन्त्रीमा सुधन गुरूङलाई फर्काउने ! अधिनायकबाद कसरी आउँछ भन्ने लाग्थ्यो हैन यसरी 'सिल्परसेल' हरूबाट आउँछ ।
हरक्षण सम्झनामा :
प्रिय गणेश रसिक दाजुले साथ छाडेको पनि एक वर्ष बितिसकेछ ।
उहिलेदेखिको सम्बन्ध, मितेरी र सहयात्राहरू एकैसाथ फेरि सम्झनामा छाए- बादलको लर्को झैं !
अन्त्यमा,सबैभन्दा बढी सम्झना पाथिभरा यात्राको आयो जुन उहाँको अन्तिम-इच्छा थियो। @Purudai
* https://t.co/VS9U018HrR
जेनजी प्रदर्शनी लगत्तै @Himal_Khabarमा सेनाले आफ्नै परमाधिपति र सिंहदरबार दनदनी बल्दा जाेगाउने नियमित काम नगरेकाे समाचार लेखेकाे थिएँ।
मानव अधिकार आयाेगले आफ्नाे प्रतिवेदनमा यी नियमित कर्तव्य पूरा गर्न सेनाले प्रयास नगरेकाे लेखेर पुष्टि गरेछ।https://t.co/oXYFnTbDJA
व्यक्तित्वको प्याकेज खोतल्ने हो भने श्रीमती चढेको सरकारी गाडीको पास पुलिसले सोध्दा सिंहदरबार जलाइदिन्छु भन्ने स्टाटस सम्झिइन्छ। नेताहरूलाई टुकुचामा गाड्दिने सम्झिइन्छ।पीएमले यस्तै लेखिहाले के जनताले प्याकेजमा त्यो मन पराथे भनेर ताली पड्काउने?@mahatsujit https://t.co/jYugNYzZFl
बल्खुमा बिलाएका ईन्द्रबहादुरको कथा
सन्तानका लागि भत्किएको घर मात्रै होइन, ढलेका बाबुको शून्यता सधैंका लागि बल्खु खोलाको किनारमा गढेर रहनेछ ।
https://t.co/PCmCPNsGBz
सेनाले स्थानीय निकायसँग सुकुम्बासी विवरण माग्नुको कारण के रहेछ? संघ छ, प्रदेश छ– संरचनागत हिसाबले सूचना रिले गरे भैगो। वित्थामा सेनाले आफ्नो क्षेत्राधिकार र कामको मर्म बाहिर गएर जुन विवरण मागेको छ– यसले केबल शंसय मात्र बढाएको छ। यो गतिलो कुरो होइन। @ShahBalen
अब नयाँ संसदको बैठक बस्न कति समय लाग्ला? १ हप्ता? २ हप्ता ? ३ हप्ता ?त्यस्तो के आपत्काल लागेको थियो र १-२ हप्तापनि कुर्न नसकिने?यो अध्यादेशले नयाँ जनादेशको मर्म मिचेको छ,नयाँ संसदको अधिकार मिच्ने प्रयास भएको छ। यो कदम राजनीतिक निर्लज्जताको पराकाष्ठा हो।यो तत्काल फिर्ता हुनपर्छ।
ए सत्तामा बस्ने मान्छेहरू-सुनेको छु, तिमी देश हाँसेको हेर्न चाहन्छौ रे। कृपया मलाई भन, तिमीले भनेको देश कुन हो? के त्यो उनीहरूको पनि होइन, जो हिजो तिमीले सुकुम्बासीका नाममा लखेटेका थियौ?
https://t.co/4DnEKym6d7