#मुक्तक
💞💞💞
कहिले रिस उठ्छ, कहिले उर्लिन्छ माया
पिरचिन्ता किन लिन्छौ, बन्छु तिम्रो छाँया
बुझ,उकाली ओराली त जिवनमा आउँछ
जवजव ठेस लाग्ला, पाउँछौ मलाई दाँया
💞💞💞
#अविरल#शुभविहानी☕️🌷😍🙏
#शुभदिनको_कामना❤️❤️🙏🙏
#_गजल__✍️
=========
पूर्णिमाको जून हेर निशानी हुनु पर्छ !
चन्द्रमाको जस्तै तिम्रो बानी हुनु पर्छ !!
दु:खी बन्नु हुन्न तिमी आँशु झार्नु हुन्न ;
हाँसो खुशी बीच जिन्दगानी हुनु पर्छ !!
एकैनास हुन्न सधैं जिन्दगीको यात्रा ;
आगो बन्नु पर्छ कतै पानी हुनु पर्छ !!
बाँकी तल ⤵️⤵️
तिमी गलत छौ,
यो धारणा मेरो
गलत पनि हुन सक्छ
किनकि कुनै दिन
मैले तिमीलाई सहि
मानेको थिएँ
तर म गलत थिएँ
धारणाहरू आवेगमा
बिना पूर्वतयारी
लेखेको लेखकको
लेख जस्तै
धारणा बनाउन सक्छु
तर पनि म
गलत हुन सक्छु
तिमीले धारलाई
कपास भनिदिदा
म आँखा चिम्लेर
त्यसमा हिडेको थिए!!
#शुभबिहानी🌄🌺☕️🙏