देखाउन पो सकिन्न त पीरहरु मनग्गे छन्
पिठ पछाडी गाढिएका झिरहरु मनग्गे छन्।
देख्नेले त सपाट देख्छन्, सम्म सफा हराभरा
कहालीले उक्लिएका भिरहरु मनग्गे छन्।
सजिलै छ हिँड्नलाई त पाइला मात्रै चालिरहे
तर गोडा जेलिएका जन्जिरहरु मनग्गे छन्।
🙂
रहेछ संसार निशा समान,
आएन ज्यूँदै रहँदा नि ज्ञान।
आखिर रहेछ श्रीकृष्ण एक,
न भक्ति भो, ज्ञान, नभो विवेक।
×××
संस्कार आफ्नो सब नै गुमाएँ,
म शून्यमा शून्य सरी बिलाएँ।
जन्मेँ म यो स्वर्गविषे पलाएँ,
आखीर भै खाक त्यसै बिलाएँ।
...
श्रद्धासुमन महाकवि 🙏
गाउँ फर्किरहेको शहर
र
शहर फर्किरहेको गाउँबिच
कतै
सुटुक्क आएर
लुसुक्क बाटो लाग्नेगर्छ दशैँ।
अनि
अर्को एकवर्षलाई
भुसुक्कै बिर्सन्छ शहर-
गाउँको गोरेटो
घरको बलेँसी
आशिष दिने सुख्खा ओठ
थर्थर काँपिरहेका निधारमाथिका औँलाहरु
एउटा खुसीको वार्षिकी
अनि
अनुहारको करुण मुस्कान।
☺️
तिमीले आँखा चिमिलेरै छातीमा गोली थाप्यौ
राज्यले आँखा चिमिलेरै छातीमा गोली हान्यो
तिमी खरानी भयौ
राज्य खरानी भयो
राज्य फेरी खरानीबाट उठ्ला
तिमी खरानी भई
खरानी भएको समाजको चरित्र हेर्नु
खरानी भएको मिडियाको चरित्र हेर्नु
खरानी भएको नेताको चरित्र हेर्नु
#GenZProtest
म फर्किएँ,
कसैले भन्यो
र चुपचाप मुस्कुरायो।
मानौँ
फर्किरहेका हुँदा हो
मोहबाट मोक्षतिर
यात्राबाट विश्रामतिर
सपनाबाट यथार्थतिर
आफूबाट आफैँतिर..
र
बोकेर ल्याएको होस्
एउटा लामो यात्राको कथा
जीवनको कथा
र निलेको होस्
यात्राको कहाली।
म फर्किएँ,
कसैले भन्यो
र म चुपचाप मुस्कुराएँ।
😊
एउटा लास
भर्खरै जल्दैथियो
बागमतिको किनारमा।
कोही भन्दैथियो-
सकियो एउटा प्राणपखेरु!
मैले
ध्यान लगाएँ र हेरिरहेँ
बिलाउँदैथियो एउटा सग्लो शरीर
अनि
बिस्तारै फैलिँदै थियो
मन्दिरका सिँढीहरुमा
माटोमा
हावामा
पानीमा
प्रस्तरमा
रुखका पातहरुमा
र बिस्तारै घुस्रियो
मलामीका श्वासहरुमा..
🙂
तिमी परदेशमा पैसा देख्छौ
म भोक र अनिन्द्रा बाहेक केही देख्दिन!
तिमी परदेशमा सुख देख्छौ
अनि म थकित शरीरले खोजेको क्षणिक आराम बाहेक केही देख्दिन!
साँच्चीकै देख्नु र भोग्नु बिच आकाश पाताल को फरक छ....
SaBi💫
तिमि मेरो सबिना बनिदेउ, म तिम्रो बालेन बनौँला
तिमि status राख्नु, म “पुरै नेताको जस्तो आयो” भनौँला
किन आतिन्छौ तिमि; म छु तिमि छौ के चाहियो र अरु
यो बैशाखमा बिहे, अर्को बैशाख 1st Anniversary मनाउँला
#bafrey#balen
माया गरें उनीलाई, उनीले गरिन Ignore,
फेरि गरें प्रयास, तब आयो 'Error 404'
हिम्मत जुटाएर भनेँ – "I Love You",
उनीले भनिन् –
"केहि दिनमा खान आऊ, मासु पुलाउ!"
#नसकिने_रहेछ!