चुरेमात्र होइन। नेपालका ३६ जिल्लामा जमिनमाथि र मुनिको सतह सुक्ने समस्या देखापरेको छ। यो पहाडी क्षेत्रमा झनै विकराल हुँदैछ। र्यान्डम स्याम्पलिङ विधिबाट सात प्रदेशको प्रतिनिधित्व गर्ने गरि केही मध्यपहाडी जिल्लाको अवस्था हेर्दा मुरुभूमिकरणको संकेत पाइयो। खेतीपाती नै हुननसक्ने गरि माटो सुक्खा हुँदैछन् ।
@Raw_Ku "खुला" रूपमा "उदारीकरण" र "पर्याप्त आर्थिक सुधारको युग" पुगेका मुलुकका नीतिले त्यहाँका निम्नवर्गको भौतिक र मानसिक जीवनमाथि गतिलो तुलनात्मक र ऐतिहासिक विवेचना गर्न योग्य विज्ञहरूको कुरा मात्र गम्भीर मानौँ।
अब पृथ्वी निर्जीव बन्ने प्रक्रियालाई कुनै उपायले पनि थाम्न सकिने छैन।
यो दुर्दान्त प्रक्रिया सहस्राब्दी लामो हुनसक्ने भएकाले प्रत्येक नयाँ पुस्ताले अघिल्लो पुस्ताभन्दा कठिनतर चुनौती बेहोर्नेछन्।
जेम्स हान्सेनले अहिले ५००० गीगाटन कार्बन बराबरको मिथेन हाइड्रेट समुद्रमा जम्मा भएको अनुमान गरेका छन्।
साढे पाँच करोड वर्षअघि पृथ्वी ५ देखि ८ डिग्रीले तातिँदाभन्दा बढी मिथेन हाइड्रेट अहिले थुप्रिएको छ। +
कतिपय जलवायुविद्ले यो हाइड्रेट मुक्त हुँदा अचानक आगै बल्न नथालेपनि, तातिने क्रम भने रोक्न नसकिने गरी बढ्ने निश्चित भएको बताउँछन्।
यसको अर्थ: मानिसले आफ्ना गतिविधिका कारण जलवायु परिवर्तनलाई यस्तो बिन्दुमा ल्याइसक्यो। +
@PGDynes लेख्छन्:
पाँच वर्षको तथ्याङ्क हेर्ने हो भने एउटा विप्लवी ला निन्योतर्फ हामी गइरहेको थाहापाउन घाघडान जलवायुविद् हुनुपर्दैन। यति धेरै ताप धर्तीमा संगृहित भएको छ... यो एउटा नयाँ 'सामान्य' हुँदैछ। मानिस यति तातो ग्रहमा यसअघि कहिल्यै बाँचेको थिएन।
बहु-मोडेल छानबीनले यो पल्ट दक्षिणएशियाली मनसुन जेठमा औसतभन्दा सयकडा पन्ध्रसम्म बढी पानी पर्ने, असार-साउन-भदौमा भने उत्तिकै कम पानी पर्ने देखाएको भारतीय मौसमविद्हरूले बताएका छन्। यो जलवायु फेरबदलले कृषि प्रणालीलाई अरू धेरै दवाबमा पार्ने स्पष्ट छ।
आउँदो गर्मी यामको 'मेगा एल नीनो' ले बर्बादी ल्याउनसक्ने मौसमविद्हरू भन्दैछन्। यो सन् १८७७ को जलवायु दुर्घटना झैँ हुने उनीहरूको कुरा छ। त्यति वेला पृथ्वीको सयकडा चार जनसंख्या नाश भएको थियो।
दुई डिग्रीले तापमान बढेपछि पृथ्वीको जलवायु कति असन्तुलित हुनेछ भन्ने सङ्केत सन् २१०० होइन, सन् २०२६-२७ कै हिउँदमा हामीलाई थाहा हुने वैज्ञानिकहरू भन्दैछन्।
@ClimateBen
तीव्र शहरीकरणमा आधुनिक निर्माण सामग्रीको खपतबाट हुने कार्बन उत्सर्जनलाई हेर्दा वर्तमान 'भौतिक विकास' ठूलो दुर्घटनातिर जाँदै गरेको देखिन्छ।
कि शहरी विकासभन्दा फरक बस्ती योजना लागू गर्नुपर्यो, कि नभए पारम्परिक निर्माण सामग्रीको प्रयोग बढाउनु पर्यो।
https://t.co/NNZ5IFuFIK
आत्मविश्वस्त सभ्यता यो वा त्यो बहुमतीय जनगणितले जन्मिँदैन; खुला बहस र छलफलको नाउँमा सार्वजनिक ध्वनिधन्दाको कोलाहलले पनि जन्मिँदैन। व्यक्ति र विश्वलाई सीधै जोड्ने कुरा सुन्न नम्र, सिक्ने कुरामा भद्र, प्रश्न उठाउने कुरामा तात्त्विक, र अन्तर्दृष्टिले सम्पन्न संस्कृतिले जन्मिन्छ।
हलक्क बढ्ने बोट गरेर, रुखको परिभाषा खुकुल्याएर नक्सामा हरियो रङाउनु अनि कार्वनडलर यति कमायो भन्नु एउटा कुरा; पर्यावरणका दृष्टिले मूल्यवान् वनजङ्गल हुनु बेग्लै कुरा हुन्। यस्तो वनजङ्गल शासकको लहड, अगैससको पैसा, गैससको प्रोजेक्ट, कर्मचारीका मिथ्याङ्क र बागवानीका सोखबाट पैदा हुँदैन।