नेपाली समाजमा पहिले छाडा बोल्ने गरेको खासै सुनिदैन्थ्यो।तर आधुनिक युगको आर्टिफिसियल इन्टिलिजेन्स( AI) छाडा बोल्न लागेछ। यसलाई नेपालमा प्रतिबन्ध लगाउन पर्ने देखिन्छ। यस्तो छाडा बोल्ने AI किन चाहियो? नेपाली समाजको राम्रो विशेषता ओझेलमा पर्ने खतरा छ।
एक लाख तलब खाएर सांसदहरूले संसदमा बोलेको भन्दा ट्वीटेहरूले ट्वीटरमा दुई लाइन लेखेको महत्त्व छ, समाजमा । सांसदको लोगो भिरेका व्यक्तिहरू यति पत्रु, गन्हाउने, बेकामे, ठग, देश लुट्ने लुटेरा कसरी भए ? अझै प्रदेश सांसद हुँ भन्छन् ठगहरू । तिनीहरूलाई मुख देखाउन लाज हुनुपर्ने ! विजोग छ !
लठैत गृहमन्त्रीको निर्देशनमा मापसे गरेर सवारी चलाउने नागरिकलाई सडकमा रमिता देखाइएकाे छ।जुनसुकै नागरिक किन नहाेस् यसरी रमिता देखाउने हाेइन कानुन अनुसार कार्वाही गर्ने हाे।नागरिकको गाेपनियता हनन गर्ने छुट छैन्। नयाँ भनिनेकाे नयाँ काम रे!याे मानव अधिकार विरुद्ध छ।
इलाम अाठ अ काे जिल्ला हाे ! त्याे अाठ अ मध्ये अम्रिसाे पर्दछ।अम्रिसाे कुचाे बनाउन काम लाग्दछ।कुचाेले बढार्ने काम गर्दछ।अाखिर बढारेरै छाेड्याे !😂😂 अम्रिसाेकाे अगाडी कस्काे तागत!!
दशकौंदेखि त्रिभुवन विश्वविद्यालयको खुन, पसिना खाएर ढाडिएका सिकारीहरू तीर्थ खनिया र शिवलाल भुसालजस्ता नालायक व्यक्ति त्रिभुवन विश्वविद्यालयको भीसीको दौडबाट ब्लक गरिएछन् । खबरदारीले अलिकति भए पनि काम गरेछ । बाँकी कुरा हेर्दै गरौंला !
शासन व्यवस्था जति राम्राे भएपनि शासक वा नेता खराब भएपछि जनताले दु: ख पाउँछन्। असल शासनका लागि असल मान्छे चाहिन्छ ।नेता असल छ भने समाज वा देश राम्राे बन्न सक्छ।
नेताहरूले हरेक घण्टा यस्तो र उस्तो भनेर भाषण गरेको समाचार आउँछ नि- बुझ्नुहोस्, देश बिग्रेर ध्वस्त हुँदैछ । किनभने नेताहरूले काम गरेकै छैनन्, खोक्रा भाषण मात्रै गरेका छन् । टपरटुइयाँ र बकबास भाषणभन्दा योजनाबद्ध लेख लेखून् । अधिकांश समय मन्त्रालय बसुन्, जिम्मेवार र जवाफदेही बनून् ।