रवी लामिछाने नेपाली राजनीतिमा आउनु र नआउनुले आम नेपालीलाई कुनै माने राख्दैन । कुनै अर्थ राख्दैन । माननीय लामिछाने ज्यूको नीजि स्वार्थसिद्धिबाहेक ।
भन्नुस, अब मलाई झोले भन्नुस् । तपाइहरुसँग यो बाहेक अर्को कुनै तर्क छैन । अर्थात तर्क र तथ्यसँग तपाइहरुको कुनै लेनादेना छैन ।
नेपाली चलचित्र क्षेत्रमा एउटा मात्र मंगाेलियन फेस स्थापित हुदा पनि यत्राे छटपटी र कुतर्कना ! 'रेसिज्म' त खस अार्यकाे रगतमै छ ।
(नोटः जो ज-जससँग सम्बन्धित छ ।)
अनुराग कश्या��� र नवाजुद्दिन सिद्दिकिकाे लेपाल अागमनले नेपाली फिल्म मेकरलाइ सच्चीकै गम्भीर र सम्बेदशिल बन्न दावाव दिएकाे हुनुपर्छ । मीन भामले 'Nothing is impossible' भन्ने भनाइलाइ चरितार्थ मात्र गराएनन् नयाँ फिल्ममेकरलाइ ठूलाे सपना देख्ने अायाम��ँग परिचित पनि गराइदिए ।
पशुपतिमा देखिएको दृष्य ‘कोटी होम’ नामक धार्मिक धन्दावाल विजय कृष्णमूर्ती भनिनेको मात्र अश्चिल चेहेरा होइन। त्यो त हजारौं वर्षदेखि हामीमाथि शासन गरिरहेको देशका शासकको अनुहार हो। त्यो अनुहार कुरुप, जालसाझीयुक्त, उत्पीडक, हिंषत���मक, शोषणयुक्त, एकात्मक, असहिष्णु र आत्मस्तुतियुक्त छ ।
तिमीहरूकाे लागि त राज्यकाे पुरै संरचना नै लागेर सन्दिपलाइ खेलमा सहभागिता गराउनु नै जीत हाेइन र ? हार र जीतकाे के अर्थ !
सामाजिक न्याय हार्नु भन्दा खेल हार्नु राम्राे हाे ।
पत्रकार महासंघले ��याेग्य पत्रकार ठानेर सदस्यता खारेज गरिदिएछ। ठिकै छ अाधारभुत पत्रकारिता तालिम लिएर फेरि सदस्यताकाे अावेदन दिनुपर्ला। हुन त सदस्यता लिएर पनि उछलकुछ हुने के हाे र ! हाेस् लिदिन। महासंघका सम्पूर्ण ज्ञात-अज्ञात याेग्य सदस्यधारी पत्रकारहरूलाई वधाई तथा शुभकामना !
इजाबेलको किताब पढ्ने वा एभाको सिनेमा हेर्ने ? @JBBiswokarma ले हामीलाई दिएको होमवर्क ।
‘अहिले अन्तर्राष्ट्रिय रूपमा एउटा सिनेमा न���कै चर्चामा छ, ‘ओरिजिन’ । सन् २०२० मा इजाबेल विल्कर्सनको पुस्तक ‘कास्ट : द ओरिजिन्स अफ आवर डिस्किन्टेन्स’ प्रकाशित भएको थियो । अफ्रिकन–अमेरिकन मूलकी इजाबेलले पुस्तकमा मिहिन रूपमा खोजी गरेर रंगभेद र दक्षिण एसियामा रहेको जात व्यवस्थाबारे चर्चा गरेकी छन् । सोही पुस्तकका आधारमा एभाले ओरिजिन तयार पारेकी हुन् ।’
https://t.co/4dIcFLviOw
शास्त्रमा जातीय विभेद छैन भन्ने रटानमा
@Bishwasktm को प्रतिवाद
’महाभारतमा पनि तीन वर्णले शूद्रको पालन पोषण गर्नुपर्ने र उनीहरूलाई आफूले उपभोग गरिएका फाटेको कपडा, छाता, पगरी जो आफूलाई लगाउन योग्य छैन त्यही उपलब्ध गराउन भनिएको छ । श्लोकमा भनिएको छ– यस्ता वस्तु शूद्रकै सम्पत्ति हुन् । यसमा कुन वर्णको रङ कस्तो हुने किटान गरिएको छ ।’
https://t.co/OOoHTkpVT6
कसैले भनेकाे सुनेकाे थिएँ–
संसारमा महत्वाकांक्षी शास���को अन्त्य ३ तरिकाले हुन्छ–
एक– तिनी कसैबाट मारिन सक्छन् या हृदयाघात हुन सक्छ।
दु��– हिटलरजस्तै आत्महत्या गर्न सक्छन्।
तीन– बहुलाउन सक्छन्।
तर, शासक बहुलाएको मेडिकल जाँच गर्न मिल्दैन, त्यसको चर्को मूल्य जनताले चुकाउनुपर्छ।
नयाॅ पुस्तालाई थाहा नहुन सक्छ! तर मलाई झलझली सम्झना छ- देशको अहिलेको राजनीतिक अवस्था करीब करीब २��३३/०३४ सालको निरंकुश पन्चायती कालरात्री जस्तो छ! मण्डलेतन्त्रको बिगबिगी थियो।जनतामा चरम निराशा थियो।प्रतिबन्धित पार्टीहरू टुटफुटबाट गुज्रिरहेका थिए।बिपी भित्रबाहिर सबैतिरबाट चेपिएर बरू राजासंग मिलेर बस्छु भन्दा पनि नसहेर जेलमा कोचिएका थिए। पुष्पलाळ आफ्नै साथीहरूबाट “गद्दार” घोषित भएर एक्लिएका थिए!
दिनदिनै रेडियोबाट समाचार आउॅथ्यो- आज प्रनेका ( प्रतिबन्धित नेपाली कांग्रेस) ���ा महामन्त्री पंचायत प्रवेश गरे! भोलि प्रनेकपा ( प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी) का पोलिटब्युरो सदस्य पंचायत प्रवेश गरे! आदि इत्यादि ! मान्छे जिब्रो टोकेर कानेखुशी गर्थे - राजाको निरंकुश ‘पंचायती प्रजातन्त्र’ सय बर्ष टिक्नेभयो!
अर्को बर्ष विद्यार्थी आन्दोलनको लहर जनआन्दोलनमा बदलियो, राजा जनमतसंग्रह गराउन बाध्य भए! राजनीति अलि खुकुलो भयो पार्टी छोडेर पन्चायतमा आत्मसमर्पण गर्नेहरू फटाफट पार्टीमा फर्कन थाले! फेरि पनि जनमत संग्रहमा बहुदललाई धाॅधली गरेर हराइयो!
पुष्पलाल केही अगाडि २०३५ सालमा एक्लिॅएकै अवस्थामा “गद्दार” कै पगरी भिरेर संसारबाट विदा भए! बिपीले केही बर्षपछि २०३९ सालमा हतास र निराश अवस्थामा इहलोक परित्याग गरे।
दशबर्षभित्र अर्को जनआन्दोलन उठ्यो । बहुदल पुनर्स्थापना भयो। कांग्रेस र कम्युनिष्ट (मुख्यतः एमाले) सत्तामा आए। कांग्रेसका भित्तामा बिपी र कम्युनिष्टका भित्तामा पुष्पलाळ सजिए।
��रिवर्तन अपूरो भयो भनेर हाम्रो नयाॅ पुस्ताले अर्को सशस्त्र विद्रोह गर्यो! दश बर्षको सशस्त्र संघर्ष र त्यसको पूरक जनआन्दोलन/मधेसविद्रोह लगायतका संघर्षको बलमा देशमा संघीय लोकतान्त्रिक गणतन्त्र आयो!
तर इतिहासको नियमै अनुसार हिजोका अधिकांश क्रान्तिकारीहरू नयाॅ सत्ताको चास्नीमा क्रमशः डुब्दै गए! देशको आर्थिक/सामाजिक रूपान्तरणको काम अधूरै रह्यो! युवाहरूमा चरम निराशा छाएर विदेश पलायन भैरहेछन्।बाबुरामहरू जस्ता केही “मूर्ख” हरू नयाॅ ढंगले राजनीतिको अग्रगामी पुनर्संरचना गरैौ र नयाॅ आर्थिक क्रान्ति गरौं भनेर हारगुहार गरिरहेछन्! तर त्यो अरण्यरोदन बनिरहेछ!
के इतिहासको गति रोकिन्छ त? भनिन्छ- History repeats, because men repeat their mistakes ! गल्ति सच्याऊॅ, इतिहास दोहोरिन नदिऊॅ!
कैलाश सिरोहियालाई जुन शैलीमा पक्राउ गरियो, यो डरलाग्दो दृष्य हो । यो अघोषित संकटकाल हो । यो नेपाली पत्रकारिताको कत्लेआम हो । रवी लामेछाने इतिहासकै कलंकित गृहमन्त्री हो ।