नेपालको बर्तमान संम्बिधान र कानुनले भ्रस्टचारी ठहर भएको ब्यक्तीलाई आजीबन सार्बजनिक पदमा जान बर्जित गरेको छ,जबकी त्यही ब्यक्ती अझै आफ्नो बिचार थोपर्न चै कसरी योग्य हुन्छ?किन कोही योग्य मान्छे पाएन सोरसपाटीले?😻🙈
प्रधानमन्त्री - मधेसी
उपराष्ट्रपति - मधेसी
प्रधानन्यायाधीश - मधेसी
उपसभामुख - मधेसी
श्रममन्त्री - मधेसी
स्वास्थ्यमन्त्री - मधेसी
उद्योगमन्त्री - मधेसी
नेपाल आयल निगमका प्रमुख - मधेसी
राज्यका महत्वपूर्ण पदमा मधेसी छन्।
सत्ता र अवसरमा मधेसीको पहुँच पनि छ।
तर प्रश्न अझै उही छ-
मधेस किन बन्दैन?
उसलाई भू-राजनीतिको ‘भू’ पनि थाहा छैन। चिच्याउन, पानी पिउन र निम्सरो स्वाङ पार्नबाहेक उसको खास क्षमता देखिँदैन। आज भने ऊ जेन्जी लिडर बनेर ठूला-ठूला भाषण छाँट्दैछ। तर ऊ जेन्जीको लिडर होइन, भिजिलान्तेहरूको लिडर हो। त्यसैले आज जेन्जी स्मृति दिवस होइन, भिजिलान्ते दिवस हो।
र्यापर बालेनले आफ्नो सामाजिक सञ्जालमा लेखेका कुराको आम्दानी प्रम राहात कोषमा जम्मा गर्ने भनेर घोषणा गरे कि गरेनन् ह? बालेनले रथको फोटो राखेर "गो लेख रथ हिड्छ" भन्रदिए आजको दिन सम्म प्रम कोषमा जम्मा भएको रकम एकै दिनमा आउछ जस्तो लाग्छ। कसैले र्यापर बालेनलाई चिन्छ भने भन्देउ है।
न संवाद, न समन्वय, न परामर्श, न आफ्नो सीमाको ज्ञान, न परिस्थितिको सही आकलन...
आखिर जान्नेचाहिँ कुन कुरामा हो?
यी दुई पैसे मोहराहरूसँग न पर्याप्त अनुभव छ, न कार्यदक्षता - यो पहिल्यै थाहा भएको कुरा हो। त्यसैले उनीहरूबाट धेरै अपेक्षा थिएन, अनौठो पनि लागेन।
तर गम्भीर प्रश्न नेपाली सेनामाथि पनि उठ्छ-
के नेपाली सेनाले आफ्नो वास्तविक क्षमता र दक्षताको सीमा तथा यस्तो जटिल उद्धारका लागि आवश्यक पर्ने विशेषज्ञता, प्रविधि, उपकरण र जनशक्तिको स्तर समयमै आकलन गर्न सकेन?
यदि सकेन भने, यो केवल एउटा उद्धार अभियानको कमजोरी होइन; यो संस्थागत क्षमता, जोखिम मूल्याङ्कन र निर्णय प्रक्रियामाथि नै उठेको गम्भीर प्रश्न हो।
..र यदि वास्तविक अवस्था थाहा हुँदाहुँदै पनि समयमै आवश्यक विशेषज्ञ तथा प्राविधिक सहयोग मागिएन वा समन्वय गरिएन भने, प्रश्न झन् गम्भीर बन्छ।
आफ्नो क्षमता चिन्नु कमजोरी होइन; आफ्नो सीमा नचिन्नु र त्यसकै कारण अमूल्य समय गुमाउनुचाहिँ गम्भीर कमजोरी हो।
यदि नेपाली सेनाजस्तो राष्ट्रिय संस्थाले समेत आफ्नो क्षमता र आवश्यकताको वस्तुगत आकलन गर्न नसक्ने अवस्था देखिएको हो भने - पुनर्संरचना, विशेषीकृत तालिम, आधुनिक प्रविधि र विपद् उद्धार क्षमताको गम्भीर पुनरावलोकन अब विकल्प होइन, आवश्यकता हो।
आफ्नो क्षमता, साधन र विज्ञता नभएको कुरामा 'पर्दैन, हामी आफैँ गर्छौँ' भन्ने दम्भले भएको विलम्बले सुरुङभित्रै बन्द भएका सैयौँ सासहरूको जिम्मेवार खासमा को हो भनेर खोजिरहनु भएको छ भने ढुक्क हुनूस् र गाली गर्नूस्: त्यो म हो। 😡😡😡😡
माफ पाउ : बालेन्द्र शाह र उनको टिमले बिदा लिनु राम्रो। मानिसको जीवनमाथि खेलवाड गर्ने अधिकार कसैलाई हुनुहुन्न।
(यो मेरो नितान्त व्यक्तिगत मत हो - असहमत हुन सक्नुहुन्छ!)
नेपाली सेनाको माथिल्लो निकाय समेत असफल भएको देखियो।
नेपालमा छुट्टै - "प्राकृतिक प्रकोपबाट हुने विपद् मा उद्धार तथा व्यवस्थापन गर्ने डेडिकेटेड फोर्स" गठन गर्नु पर्दछ।
काँग्रेस, एमाले, माओवादी, राप्रपा, श्रम संस्कृति, मधेश केन्द्रित दलहरु तथा दुर्गा प्रसाईं समुह, विभिन्न संघ संस्था लगायत सबै आ- आफ्नो स्थानबाट उद्धार, राहत, व्यवस्थापन र पुनर्निर्माणमा पूर्ण रुपमा सक्रिय हुनु राम्रो।
मान्छे बचाऔ।
क्याम्पस लाई पढाउने जिम्मा दिइसकेपछि, प्रश्न पत्र बनाउने , परीक्षा लिने, रिजल्ट निकाल्ने सबै जिम्मा दिनुपर्छ। एक हप्तामा काम निमिट्यान्न हुन्छ। बजारले प्रतिस्पर्धा को आधारमा जागिर दिन्छ। यत्ति गर्न सके सब समस्या सुल्झिन्छ ।
प्राध्यापक पेशल खनालसँग वार्ता : ‘अहिलेको परीक्षा प्रणाली रहेसम्म प्रश्नपत्र लिक भइरहन्छ’
जबसम्म परीक्षा नियन्त्रण कार्यालय वा डिन कार्यालयले एउटै प्रश्नपत्र बनाएर सयौँ परीक्षा केन्द्रमा पठाउने र विद्यार्थीलाई एउटै प्रश्नपत्रमा बाँधेर परीक्षा लिने प्रणाली कायम रहन्छ, तबसम्म प्रश्नपत्र चुहिने, उत्तरपुस्तिका र मूल्यांकनसम्बन्धी समस्या दोहोरिइरहन्छन्।
#onlinekhabar
https://t.co/gXrQ6EUftj
जन्म कैद तर नाम मात्रको जन्म कैद छ, १० बर्षमै छुटिहाल्ला । कम्तिमा नियतबष गरिएको हत्यालाई 60 -70 बर्ष चै जेल मै सडाउने कानुन हुनुपर्ने। जस्मा असल चाल चलन देखियो वाला सिस्टमले काम नगरोस ।
एउटा 'नर्मल नेपाली'ले स्तरीय होटलमा अमलेटमा माछाको काँडा भेटे त्यहाँको व्यवस्थापक र हेड सेफलाई बोलाएर त्यो देखाउँथ्यो र 'सरी'बाट सन्तुष्ट हुन्थ्यो, मजस्ता चैँ 'अमलेट बनाउँदा कसरी काँडा मिसिन सम्भव छ फेरि गरेर देखाएपछि बल्ल मान्छु' भन्थे तर ऊ गरेर ऊ गर्नु चैँ नर्मल व्यवहार हैन।😜
सांसदको मर्यादा र ट्राफिक नियमको न्युनतम जानकारी समेत नभएका यि जस्ता स्वघोषित सुन्दरीलाई सांसद बनाउने होईन ५ बर्ष सांसदको स्वकिय सचिव बनाएर तालिम दिने अनि सांसद बनाउने हो @party_swatantra
सुगौली संधिपछिका जङ्गे र सहायक पिलर ४०सालदेखि भारतले आवधिक भन्दै यता-उता सारेकाले नेपाली धनीपूर्जा भएका केही जमिन उता र उता रजिस्ट्रेसन भएका केही जमिन यता परेको हो। तर सरकारले 'सीमा-विवाद' र 'दाबी' भन्ने हो, 'हामीले पनि मिचेका छौँ' हैन। यति कुरो जान्न विद्वान भइरहनु पर्दैन।🙏
मैले Gemini लाइ सोधे
"कुमार बेन को हो ?"
उ भन्छ
नेपालको बहुचर्चित अवैध भीओआईपी (VOIP) कल बाइपास काण्डका सन्दर्भमा **कुमार बेन** (वास्तविक नाम: कुमार व्यञ्जनकार) एक प्रमुख पात्र हुन्। सन् २०१० (विसं २०६७) तिर नेपालमा भएको ठुलो परिमाणको कल बाइपास अनुसन्धानका क्रममा उनको नाम र संलग्नता बाहिर आएको थियो।
उनको पृष्ठभूमि र भीओआईपी काण्डसँगको सम्बन्धलाई निम्न बुँदाहरूमा बुझ्न सकिन्छ:
* **चेरी वर्ल्ड कम्युनिकेसनका प्रबन्ध निर्देशक:** अवैध कल बाइपास सञ्चालन भइरहेको समयमा कुमार बेन 'चेरी वर्ल्ड कम्युनिकेसन' (Cherry World Communication) नामक कम्पनीको मेनेजिङ डिरेक्टर (MD) का रूपमा कार्यरत थिए।
* **प्रहरी नियन्त्रण र छापा:** सन् २०१० डिसेम्बर (२०६७ पुस) मा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (CIB) ले 'अपरेशन भोइस फक्स' अन्तर्गत काठमाडौँका बालुवाटार, लाजिम्पाट, महाराजगन्ज र जोरपाटी जस्ता क्षेत्रमा शृङ्खलाबद्ध छापा मारेको थियो। त्यस क्रममा अवैध भीओआईपी उपकरणहरूसहित केही बंगलादेशी नागरिक र नेपाली सहयोगीका रूपमा कुमार बेन (व्यञ्जनकार) पनि पक्राउ परेका थिए।
* **रुवेल चौधरीसँगको सम्बन्ध:** अनुसन्धानका अनुसार बंगलादेशी नागरिक रुवेल चौधरी (नेपाली कांग्रेसकी नेत्री सुजाता कोइरालाका नातिनी ज्वाइँ) नेपालमा अवैध कल बाइपास नेटवर्क फैलाउने मुख्य योजनाकार वा 'गडफादर' का रूपमा सक्रिय थिए। कुमार बेनले तिनै रुवेल चौधरीको भीओआईपी गिरोह र नेटवर्कसँग जोडिएर नेपालभित्र प्राविधिक तथा व्यावसायिक व्यवस्थापनको काम गर्ने गरेको तथ्यहरूले देखाउँछन्।
* **कानुनी कारबाहीबाट उन्मुक्ति:** प्रहरीले पक्राउ गरेर अनुसन्धान अघि बढाए पनि तत्कालीन समयमा सरकारी वकिल कार्यालयको निर्णय र राजनीतिक/प्रशासनिक प्रभावका कारण उनले कानुनी सजायबाट उन्मुक्ति पाएका थिए। मुद्दा दर्ताको प्रक्रियामा उनी जोगिन सफल भएका थिए।
राजनीतिक संरक्षण र कमजोर कानुनी प्रक्रियाका कारण रुवेल चौधरी र कुमार बेन दुवै तत्कालीन समयमा यो ठुलो राजस्व ठगी काण्डबाट उम्किन सफल भएका थिए।