पढ्दै जाँदा पढ्नमा मन बस्दै जान्छ
लेख्दै गर्दा लेख्नमा मन बस्दै जान्छ
खेल्दै गर्दा खेल्नमा मन बस्दै जान्छ।
जे गर्नु छ, त्यो गर्न थाल, गर्दै जाऊ
त्यसमा मन बस्दै जान्छ, आनन्द बढ्दै जान्छ।
विशेष समय छुट्याउँदा झनै राम्रो।
शुभ होस्
-नीलाम्बर आचार्य
गेटामा अवस्थित मेडिकल कलेज पुर्वाधार समिती द्वारा निर्मित मेडिकल कलेजलाई प्रस्तावित "सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान प्रतिष्ठान " को रूपमा सन्चालन गर्न कानुन निर्माण गरि यथाशिघ्र सन्चालन गर्न नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मा.मन्त्रीज्यू संग अनुरोध गरियो ।
विवेकशील आयाे,गयाे। नयाँ शक्ति आयाे,गयाे। साझा आयाे,गयाे। घन्टी आयाे,लगभग जाने देखियाे।न नयाँकाे खाेजी राेकियाे न भरपर्दाे नयाँ भेटियाे,न नयाँ खाेज्ने धित मर्याे। हिराेइज्म, पपुलिज्म र महत्वाकांक्षाकाे आगाेमा आशाका पुलतीहरु हाेमिइरहे।अहिलेसम्मकाे वैकल्पिक राजनीति "हावा ताल" भयाे।
डा. सन्दुक रुइतलाई १० लाख डलरको इसा अवार्ड
अन्तर्राष्ट्रिय क्षेत्रमा खस्किँदो नेपालको आत्मसम्मानलाई यसले मनोबल दिनेछ : डा. रुइत
https://t.co/ixO7vNJIoE
मानिसलाई प्रशंसा मनपर्छ
गलत प्रशंसाले मानिसलाई बिगार्छ
गर्नेलाई पनि गरिनेलाई पनि।
सही प्रशंसाले मानिसलाई प्रेरणा दिन्छ
गर्नेलाई पनि गरिनेलाई पनि।
सही प्रशंसा स्वास्थ्यवर्धक हुन्छ
शरीरका लागि पनि मनका लागि पनि।
शुभ होस्।
- नीलाम्बर आचार्य
मानिस जब व्यस्त रहन्छ
जीवनका सुखदुःखले त्यति छुदैनन्।
केमा व्यस्त रहन्छ मानिस?
कस्तो सोच र कस्तो व्यवहारमा?
त्यसले नै उसको पहिचान निर्माण गर्छ।
व्यस्त रहौं
राम्रो कुरामा व्यस्त रहौं!
शुभ होस्।
- नीलाम्बर आचार्य
2002 को गुजरात दङ्गामा भाग लिएर BJP/RSS हरुको लागी आइकन बनेको एउटा व्यक्ति जीवनको उत्तरार्धमा जुत्ता पालिस गरेर खानु पर्ने अवस्थामा छ, पार्टीको भतुवा बनेर एकाधले मात्रै जीवनस्तर उकास्छन, माओबादिलाईनै हेर्नुस, आम मानिसले दिगो पेसामा लाग्नुको बिकल्प छैन है https://t.co/r4Ltz9Dmmb
काठमाण्डौबाट राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिक तर्फ १,०३,५४० मत पाएको छ। यो २५ प्रतिशत र सबै भन्दा धेरै हो। काठमाण्डौले रास्वपामार्फत प्रत्यक्षमा ४ र समानुपातिकमा १ जना सांसद पठाउने भएको छ। थाहा छ, धेरै प्रेमसँगै ठुलो जिम्मेवारी पनि आउँछ। काठमाण्डौले थप जिम्मेवार बनाएको छ।
चल्तिको राजनीति सुध्रिने छाँटकाँट छैन!
यो बेलाको यस्तो खबर मार्फत हाम्रा शीर्ष नेताहरूले आम नागरिकलाई के सन्देश दिन खोजेका हुन् कुन्नि!
जनताले 'थुक्क' भन्लान नै!
तथापि चल्तिको राजनीतिमा व्याप्त यो तहको 'लम्फुपन' बाट मुलुकले कसरी मुक्ति पाउला। मनन गरौं।
सरकार जस्तो र जस्को बने पनि यौटा कुरा निश्चित छ।
घिस्रने अर्थतन्त्र र विकास-अमैत्रि 'एक्टिभिजम्' को निरन्तरता। नीतिगत सुधार र विकासको एजेन्डा अझै पछाडि धकेलिने।
यो आँकलन गलत भै देओस्!🙏
' यदि तिमी स्पस्ट सोच्ने मान्छे हुन चाहन्छौ भने, राजनितिमा धेरै ध्यान नदिनु । यस्ले मान्छेको स्पस्ट सोच्ने क्षमतालाई हानी पुर्याउछ । मान्छेलाई एकहोरो, एकपाटे र लिनियर बनाउछ । '
ए यो देशका सुकिला मुकिला हो... मेरो छेऊ नआऊ तिमी ! दिनभर बगेको मेरो पसिना गनाउँछ तिम्लाई ! म धुलाम्य र हिलाम्य छु ! मैला लाग्छ तिम्लाई ! म यो धर्तीलाई ढोगेर माटोको टिका लगाएर हिंड्ने फोहोरी तिमी माटो बेचेर महलमा बस्ने बिलासी ! हाम्रो स्तर कहाँ मिल्छ र !