ॐ लाई शब्दकोषबाट नै हटाउनु पर्छ भन्ने उत्ताउलो कुचेष्टा कसैले गर्नै हुन्नथ्यो तर नेपालमा भयो।
अदालतको फैसलाले अन्ततोगत्वा जोगियो पनि।
यस जगेर्नाले, ॐ को सर्वमान्य अस्तित्वलाई अझ सशक्त बनाएको छ।
यो हाम्रो हो, उस्को हो र सबैको हो।
दिल खोलेर उच्चारण गरिरहौं, ॐ
समय पर्यन्त।
अमेरिकाले नेपालमा धार्मिक अनास्था फैलाउन पाँच लाख अमेरिकी डलर अर्थात ६ करोड ६५ लाख बढी रकम खर्च गरिएको तथ्य उजागर भएको छ । @NepalPressnp@matrikas https://t.co/z33YZ2jepv
सम्पूर्णलाई शेयर गरिदिन हुन हार्दिक अनुरोध गर्दछु ।धनगढी उपमहानगरपालिका र सुशील कोइराला प्रखर क्यान्सर अस्पताल, खजुरा बाकेको सहकार्यमा मिति २०८० फागुन ५ गते शनिबारका दिन धनगढी -१९ मा रहेको फुलवारी स्वास्थ्य चौकीमा सञ्चालन हुने नि:शुल्क क्यान्सर हेल्थ क्याम्प सम्बन्धी
@NoNext_Question जसरी प्रधानमन्त्री भैसकेको नेताले कुनै मन्त्रीपद लिदैन (घटुवा हुँदैन) ; त्यसरीनै देशको राजा बनेको मान्छे घटुवा भएर प्रधानमन्त्री कसरी बन्लान् ??
माधवजी logic खै तपाईंको कुरामा ?
गुण दोशको समिश्रण न हो जीवन। तर जीवन सकिएको ५२ बर्ष पछिपनि कसैलाई देशको परिपेक्षमा संझन मन लाग्दो रहेछ। राजा महेन्द्रले भनेका थिए "नेपाली बन, नेपाली भन, सम्हाल नेपाल"। जन्म जस्तो जहाँ भएपनि शाश्वत सत्य, अन्त्यमा ब्रम्हनाल, ब्रम्हलिन।
म मरे पनि मेरो देश बाँचि रहोस्।
२०२८ माघ १७
Lifestyle in villages are quite different than in the cities. And so is the food and eating time table. In the hills of Far & Mid-West Nepal people usually eat rice and lentils in afternoon while they eat flour items - roti, paratha, puri etc. in morning and evening.
हुँदैन विहान मिर्मिरेमा तारा झरेर नगए
बन्दैन मुलुक दुई चार सपुत मरेर नगए ।
नेपाल र नेपालीहरुको स्वतन्त्रता, हक र अधिकारको लागी प्राण बलिदान गर्ने सम्पुर्ण अमर सहिदहरु प्रति हार्दिक नमन 🙏🙏
माघ ३ गते
माघ १ गतेलाई माघे संक्रान्तीको रुपमा सबैले याद गर्दछन् । माघ २ लाई १९९० को भूकम्पको कारणले वर्षेनी मनाइने भूकम्प सुरक्षा दिवसको रुपमा याद गर्दछन् । तर माघ ३ लाई खासै चिन्दैनन् । शायद अर्को अर्थमा भनौ भने चिन्न पनि खोज्दैनन् । किनकी कुनैबेलाको आततायी समुह आज सत्ताको सहयात्री तथा खिचातानीमा सहभागी हुदै मुख्य राजनैतिक वृत्तमा केन्द्रित रहेको छ ।
माओवादी द्वन्दको चरमोत्कर्षको समय २०५८ सालको माघ ३ मा मुक्तिनाथ सरको हत्या भएको थियो । मुक्तिनाथ सरको गल्ती के थियो स्पष्ट थिएन । तर आरोप अनुसार भनिने हो भने उनले शिक्षकको तलवबाट २५ प्रतिशत माओवादीलाई चन्दा दिन अस्विकार गरेका थिए । साथै तीन वर्ष अगाडी माओवादी कार्यकर्ता एकबहादुर सुनारलाई सुराकी लगाएर हत्या गर्न सघाएका थिए भनियो ।
२२ वर्ष भयो मुक्तिनाथ सरको हत्या भएको । लमजुङ, दुराडाँडा स्थित पाणिनी संस्कृत विद्यालयमा माघ २ गते प्रधानाध्यापकको रुपमा नियुक्ति पाएका मुक्तिनाथ सरलाई भोलिपल्ट माघ ३ गते दिउसो १ बजे कक्षा १० लाई विज्ञान विषय पढाइरहदा ‘सर दुई मिनेट काम छ’ भनेर नम्र झै देखिए पनि कक्षाबाट भने घोक्राउदै घिच्याउँदै माओवादी कार्यकर्ताहरुले सम्पूर्ण बिद्यार्थी र गाँउले सामुबाट अलि डाँडामा लगेर जकेटको बाहुलाले रुखमा हात बाँधे साथै गलबन्दीले घाँटीमा कसेर बाँधे पछि टाउकोमा गोली ठोके । अझै मृत्यु नभएको आशंकामा छुरा पेटमा रोपेर गाँउलेलाई लाश नछुन धम्की दिदै हिँडे ।
एउटा निर्दोष शिक्षकको हत्याबाट युद्ध सफल भयो या भएन त थाहा भएन । तर साधारण निहत्था ब्यक्ति हिंसाको आरोपबाट भने मुक्त रहन सकेन । खोजी पत्रकार श्रीभक्त खनालले सो सम्बन्धी समाचार हिमाल पाक्षिकको लागी त्यति बेला तैयार पारेका थिए । यो घटनाको समय अमेरिकी बिदेश मन्त्री कोलिन पावेल नेपाल भ्रमणमा थिए । जसले घटना छिट्टै अन्तराष्ट्रियकरण भयो । तर नेपालको स्वार्थमा डुबेका राजनीतिकर्मीहरुले यसका दोषीलाई कारवाही गर्न कति पनि चासो देखाएनन् ।
रुखमा बाँधिएको अवस्थाको तस्विर कुनै अज्ञात ब्यक्तिले खिचेका हुन् । माओवादी कार्यकर्ताको त्रासले नाम उल्लेख गर्न चाहेनन् । मैले भने यो तस्विर त्यतिबेला घटनास्थल पुगेर शिर्ष समाचार बनाउने भाइ श्रीभक्त खनालबाट नै प्राप्त गरेको हुँ । दोश्रो तस्विर भने पारिवारिक श्रोतबाट प्राप्त भएको हो ।
मुक्तिनाथ सर प्रति हार्दिक श्रद्धाञ्जली ।
(साभार: श्री सुनिल उलक ज्यु)
सुदुर नेपालका उँचाउँचा डाँडा हेर्दा मनमोहक लाग्छन्, आँखामा छपक्क बस्छन्, फोक्सोमा स्वच्छ हावा भरिन्छ अनि शरिरमा उर्जाको संचार हुन्छ। तर, सामान्य भौतिक पुर्वाधारमा पछी परेका यि डाँडामा बस्ने मानवबस्तीहरुलाई जीवन कष्टकर छ। डाँडाहरुको गाउँ रित्तो हुँदै जानुमा त्यहाँको कठिन जीवन हो।
Jagannath Multiple Campus affiliated to Far Western university is the only campus for the higher education in whole Dashrathchand municipality and aswell as for other municipalities and gaupalikas of Baitadi district. Jagannath Multiple Campus was set up in 2046 B.S.
सम्पूर्णलाई शेयर गरि दिन हुन हार्दिक अनुरोध गर्दछु ।
#हाम्रो_धनगढी_हामी_बनाउन्छौ
नगर विकाश कोष र धनगढी उप-महानगरपालिकाको बित्तिय लगानीमा धनगढी उप-महानगरपालिका वडा न.३ मा निर्माण गरिने प्रस्तावित बस पार्कको DPR तयार भएको सुखद समाचार सम्पूर्ण नगरवासीमा गर्दछु ।