“For me, I am driven by two main philosophies: know more today about the world than I knew yesterday and lessen the suffering of others. You'd be surprised how far that gets you.”
― Neil deGrasse Tyson
अदृश्यमा झर्छ
हुनसक्छ
स्वातीको थोपा हो
जो तिम्रो अनुभूतिबाट छुटेर
मसम्म आउँछ
यो गलत हुनसक्दैन
किनकि नभेटिएर पनि
जुन विश्वास मेरो काँधमा हात
राख्छ
उसको पकड मलाई त्यो सब
दिन्छ
जो मलाई चाहिन्छ
म आफ्नो भयसँग लड्नसक्छु
के फरक पर्छ
कि तिमी को हौ,
तिम्रो कुनै नाम होस्
कि नहोस् ...☘️
तिमीसँग भेटेपछि ... होइन होइन
तिमीलाई सुनेपछि
मलाई यस्तो लाग्यो
नदिको सामुन्ने नपुगे पनि
कलकल त्यो ध्वनि सुनाइदिन्छ
गुँडमा भलै सुतेको होस् चरी
उसको कलरव धड्कनमा
गुञ्जायमान हुन्छ
मेघ घेरिएको होस् नहोस्
बर्सातको सावन होस् नहोस्
तर थाहा छैन कताबाट एक थोपा
मुहारमा...👇
सपना हजारौं हजार सजाएकी छु
यो दिलमा तिम्रो प्यार सजाएकी छु
तिमी झ्याल खोलि हेर आकासतिर
जूनमा आफ्नो मुहार सजाएकी छु
आऊ, प्रतीक्षा म गरुँ कहिले सम्म
स्वागतार्थ स्वयं द्वार सजाएकी छु
सजाउन बाँकी रह्यो खाली सिउँदो
पसिनाले यो निधार सजाएकी छु
#शुभरात्री ❤️
#शुभसपनि🙏
#मुटु💕