बालेन शाहबारे चुनाव अघि र आजसम्म अलिअलि सम्झेका कुरा👇
चुनावअघि!
१. जतिखेरै कालो चस्मा लगाउछ जनतालाई आँखा जुधाएर फेस गर्न सक्दैन त्यस्तालाई जनताले किन भोट दिनु र!
२. काठमाडौंमा नेवार समुदायको बाहुल्यता छ नेवार समुदायको बाहेक अरुले कहाँ जित्नु!
३. पार्टीको उमेदवार होईन वडाका पदाधिकारीहरु पार्टीका मात्र हुन्छन्, त्यस्तो स्थितीमा काम गर्न सक्ने होईन के को जित्नु?!
४. पार्टीका उमेदवारहरु त्यति पावरफुल छन्, उनिहरुको बलियो संगठन छ। दुई चारजना केटाकेटी अगाडी पछाडी लगाएर प्रचार गर्ने स्वतन्त्र उमेदवार त्यसमाथी एकजना र्यापरले के का चुनाव जित्नु!
मतगणना चलिरहदा!
१. मतगणनाको सुरुवातै बालेनको घर भएको एरिया र अलि नयाँ बसाईसराई गरेर आएकाहरुको भोट गनिरहेको भएर बालेनको धेरै देखिएको हो। कोर एरिया सुरु भएपछि बालेनको केही लाग्दैन।
२. कोर एरिया आउनै बाँकी छ भन्दा भन्दै गन्न बाँकी भोट भन्दा दोब्बरको अग्रता भएसँगै कोर एरिया नि सेलायो चुनाव नि जिते।
सबैलाई गलत प्रमाणीत गरेर भारी मतले चुनाव जितेपछी!
१. वडाध्यक्ष, कार्यपालिका सदस्यहरु सहित महानगरका बिभिन्न समिति लगायत सम्पूर्णमा पार्टीका प्रतिनिधि छन् ३ महिना पदमा टिक्न सकेछन् भने धन्य!
२. बैठक लाईभ गर्ने पनि गफै हो भन्दा भन्दै धमाधम लाईभ गर्न थाले एकदिन बैठक भईरहदा एजेण्डामै केन्द्रित रहेर तात्तातो बहस भयो। त्यसमा अलिअलि चर्काचर्की देखेपछी खुशी हुदैः हामीले त भनेकै हो नी बालेनले मिलाउनै सक्दैनन्😂
३. त्यसपछि प्राय बैठकमा उप मेयर, वडा अध्यक्ष जनप्रतिनिधिहरु लगायत सबै मिलेर एक ढिक्का भएको देखेपछीः बालेनले गाजा खान्छ, आशा लागेको केटो गजेडी पर्यो आदी😂
४. फोहोर फाल्ने ठाँउ जाने बाटो खत्तम छ भनेर हौवा फैलाईएको सवालमा सिसडोलमा बर्षौदेखी निर्माण ठेक्का लिएर नि जस्ताको तस्तै छोडेको सडक भौतिक योजना मन्त्रालयको समन्वयमा ढलान र पिच भयो। त्यो सँगै पार्टीको मान्छे भए पो त्यहाँको स्थानीयसँग समन्वय गरेर फोहोरको समस्या समाधान हुन्थ्यो भन्नेको नि मुखमा बुजो लाग्यो।
५. काठमाडौं सहरमा फुटपाथ फराकिलो चाहियो सडकमा पार्क गर्न भएन भन्दै उफ्रिने समुह अब सो समाधान गर्दा महानगरले आफुले चाहे अनुसारकै तरिकाले गर्दिन पर्ने जसरी सडकमा😂
*समग्रमा काठमाडौं बन्दैछ!
Selective activism र selective critism त हामीमा हावी छदैछ, बाँकी यहाँहरु जान्ने बुझ्ने हुनुहुन्छ🙏
ऊ हराएको छैन,
ऊ बगिरहन्छ ,
तिम्रो सास रहे सम्म,
तिम्रो आस रहे सम्म,
तिम्रो अर्थी सेलाईन्जेल ,
हाम्रो लाश बहे सम्म,
निरन्तर , निर्बिरोध , निर्दोश
यो धर्ति, आकाश रहे सम्म ।