उनीहरूले गाेलि हान्दै बसेका त हैन ।
तेस्तै स्वर्णिम वाग्लेले पनि अर्थमन्त्रालयकाे प्रमुख(मन्त्री ) भएकाे आधारमा नैतिक जिम्मेवारी लिदै राजिनामा गर्नु पर्छ । करिब ८०० वटा बिवाइडी गाडी करछली गरेर ल्याउने वाग्लेकाे कर्तुत कुशासनकाे नमुना हाे ।
अर्थमन्त्रीले राजिनामा त अनिवार्य गर्नै पर्छ ।
आफै सुचना चुहाएर तश्करी गर्ने अनि ठुलो कुरा गर्ने । नैतिकता भए आफै राजिनामा गरे राम्रो ।
जेनजी आन्दोलनका घटनालाई लिएर तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीलाई पक्रिएकाे उनीहरुले नैतिक जिम्मेवारी लिनु पर्छ भनेर न हाे ।
इतिहासमा कुनै केन्द्रीय समितिले तल्लो तहका कार्यकर्तालाई यसरी दुस्मन साेसर ठानेर, निषेध गर्ने गरि कार्बाही गर्छु भनी पटकपटक गालि गरेकाे सम्भवतः याे नै पहिलो चाेटि हाे । यस अघि याे नजिर छैन ।
सभापति गगन थापा अरु भन्दा, याेग्य, क्षमतावान, वाकपटु, कर्मठ छन् नै । कांग्रेस बचाउन सक्छ भन्ने देखिन्छ । तर याे क्रियाशील अद्यावधिक भनेर कसले कान भरिदियाे काे नि । बेमाैशमकाे नर्सिङगा भिरेर हिडनु पर्ने गरि । केन्द्रीय समितिका अरु पनि बाेल्दैनन् ।
फरक पक्ष नियमित महाधिवेशनवाला, रसियन भाषामा मेन्सेविकलाई खेदने नीति मात्रै हाे भने उनीहरु त आफै जाँदैछन् , अदालतकाे निर्णय मात्रै पर्खेका हुन् । गाेलाकार भित्रकाे रुख चुनाव चिन्ह लिएर । या कुनै ।
नेपाल बफर स्टेट नभएपनि बफर कन्ट्री त हाेला जस्तो लाग्छ । स्टेटलाई चाहिँ कताकता प्रान्त भनेर भनिन्छ जस्ताे न्युयोर्क स्टेट, बिहार स्टेट । यसकारण नेपालले स्टेट प्रयाेग गर्न मिल्दैन । यसले भविष्यमा नेपालकाे सार्वभाैमिकतामाथि असर पर्न सक्छ ।
समाजवादी नेता बिपी काेइरालाले जनमत संग्रहताका भाषण गरेका थिए, याे चुनाव जितेमा पर्शुनारायण चाैधरी एक थारुकाे छाेरा प्रधानमन्त्री हुनेछ ।
बिपीकाे सपना यसपार्टीले कहिले पूरा गर्ने हाेला ?
कि चुच्चे ढुङगाे उहीँ टुङ्गो ? घुमिफिरी उहीँ आफ्नै थाल ?
कांग्रेस पार्टीकाे संसदीय दलकाे नेतामा परिवर्ततित सन्दर्भमा आदिवासी जनजाति, दलित, महिला, मधेश, मुस्लिम, थारु, अल्पसंख्यक, युवा, विमातृ नेपाली भाषीबाट ल्याउन केले छेकेकाे हाेला ? याे त प्रधानमन्त्री भइहाल्ने अवस्था पनि हैन ।
चलखेलले भाेलि ठुला दल फुटदै गए, प्रधानमन्त्री नहाेला भन्न पनि सकिन्न ।
कि याे पार्टी अझै सम्भ्रान्त, सामन्त, पुजिपतिहरुकाे बन्ने हाडबाजीमा हाे ? अझै दाहिने ढल्काइकाे दाैडमा हाे?
कांग्रेसले प्रशिक्षणकाे बहानामा सांसदहरूलाई भेला गर्दै एक दिन सामन्ती भाषामा सांसदहरुलाई भने, कार्य सम्पादन मुल्यांकनकाे आधारमा फिर्ता गर्न पनि सकिन्छ । यसले कांग्रेस पार्टी सामन्ती साेचकाे प्रतिनिधित्व गरिरहेकाे, सम्भ्रान्तहरुकाे झुण्ड भइरहेकाे, निरंकुशताकाे प्रतित हुन्छ ।
बिपीले लाेकतान्त्रिक समाजवाद भनेर कम्युनिस्ट विचारसँगकाे प्रतिष्पर्धी पार्टी निर्माण गरेका थिए । श्रम, मिहिनेत, किसान, माैलिक अर्थतन्त्र, जिल्ला स्तरकाे एक उद्योग, गाउघर आत्मनिर्भर आदिमा जाेड दिएका थिए ।
समाजवाद झिकेर उदारवाद चलाएकाे हाे भने रास्वपा, राप्रपा कांग्रेसकाे वैचारिक प्रतिष्पर्धी भए । याे एक आसे अर्थनीति हाे । यसले एलिटहरुकाे कब्जामा पार्टीलाई पु्रयाउछ । गरिबदुखी मैलाधैलावाला, किसान श्रमिकहरुकाे पहुच समाप्त भएर जान्छन् । समावेशी मुलुककाे अवधारणा पनि समाप्त हुन्छ ।
हालैकाे निर्वाचनका लागि तयार गरिएकाे नेपाली कांग्रेसको प्रतिज्ञामा समाजवाद भन्ने शब्द नपरेकाेले बदलिएकाे कांग्रेस २.० ले समाजवाद हटाएकाे हाे कि जस्तो छ ? उदार अर्थतन्त्र, उदार लाेकतन्त्र जस्तो शब्द परेकाले उदारवाद चलाएकाे हाे कि जस्ताे छ ?
कांग्रेसले संसदिय दलकाे नेता चुन्न सकेकाे छैन । यसमा केही चलखेल छ भन्ने बुझ्न सकिन्छ । नत्र स्वत प्रक्रियामा छिराए भइहाल्ने हाे । के चलखेल खुल्दै जाने नै छ । आजकाे नागरिकलाई ढाँटिखान चाहिँ सजिलाे नहाेला ।
सभामुख जस्तै सभामुख चयन भएकाे छ । अरु भन्दा अलि शालीन र भद्र छन् डिपी अर्याल ।बेशी कच्याङकच्याङ पनि गर्दैनन् उनलाई बधाई शुभकामना । यहाँ जसले बेशी चेङचेङ गर्याे उहीँ लाइकदार ठहरिन्छ ।
कार्की आयाेग भनेर ओलि लेखक पक्राउ राजनीतिक हाे जुन गैरसंवैधानिक पनि छ, यसकाे प्रतिराेध गर्न जरुरी छ ।
यदि याे भ्रष्टाचारसम्बद्घ भएकाे भए हामी निरपेक्ष बस्न सकिन्थ्याे तर ८७ अर्बकाे सार्बजनिक सम्पत्ति आगजनी गर्नेलाई छुट दिन गरिएकाे याे हर्कत स्विकार्य छैन ।
कार्की आयाेगकाे प्रतिवेदनले देश जलेकाे देखेकाे छैन । उक्त प्रतिवेदन एकतर्फी छ । पहिला दुई कार्कीलाई न्यायलयमा उभ्याउ । उनीहरुले अख्तियारीकाे दुरुपयोग गरे । अनि सिंहदरबार, संसद भवन, न्यायलय जलाउनेलाई ।
कार्की सरकारले अर्का कार्कीलाई एकतर्फी लेख्न लगाएकाे उजुरी आधिकारिक सार्बजनिक गरेकाे पनि छैन । सरकारले सार्बजनिक नगरि पक्राउ गर्न पाइदैन । याे पक्राउ गैरकानुनी छ । अदालतकाे पक्राउ पुर्जी बिना गरिएकाे छ ।