असाेज १५ गते पार्टी कार्यालयमा भएकाे PCR परीक्षणमा मलाई काेभिड संक्रमण देखिएको जानकारी पाएँ।मेरो स्वास्थ्य अवस्था सामान्य छ।अहिले म घरमै आइसोलेसनमा छु।यस बिचमा मेरो सम्पर्कमा रहनुभएका सबैले सजगता अपनाउनुहुन र कुनै समस्या आएमा स्वास्थ्यकर्मीसंग परामर्श गर्नुहुन अनुरोध गर्दछु।
पुर्व मन्त्री युवराज खतिवडा द्वारा अमेरिकाको राजदुत नबन्ने घोषणा, उहाँको भनाइ थियो अहिलेसम्म मलाइ राज्यले धेरै मौका दियो, अब बिना तलाब भत्ता बिना सेवा सुबिधा राज्यलाइ योगदान दिन चाहान्छु।
यस्तै समाचार पढ्दै थिंए झसंग भएर ब्युझेँछु हैट दिउँसोमा सुत्न नहुने रहेछ😂😂
हैन! नेपालमा योग्य मान्छेहरु नभएरै यस्तो भाको की, प्रमको काखमा लुटपुटिन जानेकोले मात्र पाउने हो पद र पावर जति ? की यी मान्छे वरियता क्रममा १ नम्बर भन्दा अगाडिका हुन् सधैंका लागि ?
एउटै मान्छेलाई किन चार तिर घुमाईराको ? गभर्नर मान्छे, राजनीतिमा तानेर अर्थ मन्त्री थमाइदिए, त्यसपछि अघोषित सञ्चार मन्त्री, फेरि प्र.म. का काखे सल्लाहाकार । अब हुँदा हुँदा उनैलाई हल्लाउँदै अमेरिकाका लागि नेपाली राजदुत रे !
राजतन्त्र कालका नमिता-सुनितादेखि गणतन्त्र कालका निर्मला पन्त-सम्झना विकसम्मको बलात्कार-हत्या प्रकरणमा हाम्रो राज्य नै दोषी रहेको पुष्टी भैसक्यो।अब यसो गरौं:१.अपराधी नपक्रने/मुद्दा ठीक नलगाउने जिम्मेदार पदाधिकारीलाई कार्वाही;२.अदालतमा छुट्टै बेन्चको स्थापना;३.अपराधीलाई मृत्युदण्ड!