तपाइको आफ्नो लक्ष्यलाइ बगैंचा जस्तो नबनाउनुस जहाँ क सबै सजिलै घुम्न सकुन। आकाश जस्तो बनाउनुपर्छ जहाँ सबै पुग्ने सपना देखुन🙏
#stayStrong.#ThinkDeep.#BePosoitive
प्रतिपक्षको भूमिका पनि राम्रोसँग निर्वाह गर्न नजान्ने लैतडी नेताहरू भनौदा देख्दा दया लागेर आउँछ हौ कहिलेकाहीँ। बिचराहरूको सोचाइ र बुझाइ देख्दा त झन् के भनौँ र! 😏
@Everyone
यदि रास्वपाले यो ५ बर्ष भित्र राम्रो काम गर्न सकेन भने जनताले अर्को विकल्प खोज्लान् तर ओली,शेरे र प्रचण्ड तिर फर्केर पनि हेर्दैनन! तपाईं लाई के लाग्छ ?
आज फेरि खखसम लागेर यति लेखिहालेको !😂
...
लेखुम कि नलेखुम भन्ने अन्तर्मनको अन्तरद्वन्दका बीच अन्ततः लेख्ने निर्णय गरेँ !
आजसम्म लुकाएको के नै पो छु र !
..
सरकारी जागिरमा छिरेको १५ महिनामा आफू कार्यालय प्रमुख भएको संस्थाको बेथितिबारे अख्तियारमा उजुरी परेछ ।
आफुले जिम्मेवारी लिएको एक बर्षसमेत नभएको सन्दर्भमा बिगत ४ आर्थिक बर्षमा विभिन्न शीर्षकमा आर्थिक अनिमियतता भएको भन्ने बेनामी उजुरीमा आयोगले पालिकालाइ पत्र पठाउँँदै "सत्यतथ्य के हो प्रतिवेदन पेश गर्नु" भनेछ !
उजुरी संस्थामाथी अनि बिगत चार बर्षदेखीको भएतापनी बर्तमान प्रमुखको हिसाबले नैतिक जिम्मेवारी मेरो रहने नै भो !
..
म एउटा नगरपालिकाको प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यालय प्रमुखको हिसाबले काम गर्छु ।
पद जे सुकै भएपनी यहाँ मैले अरु मेडिकल अधिकृत सरह नै बिरामी हेर्छु !
कहिलेकाहीँ , अझ बढी !
दैनिक १५० जनाको हाराहारीमा बिरामी आउने यस केन्द्रमा सरकारले निशुल्क प्रदान गर्ने सेवा सुबिधाबाहेक बिमा कार्यक्रमबाट आन्दानी हुन्छ ।
चिकित्सक , प्यारामेडिक्स , नर्सिङ ,ल्याब लगायत तोकिएको कर्मचारी भएको यस केन्द्रमा आर्थिक , प्रशासन हेर्ने जिम्मेवार ब्याक्ति कोहि छैनन् - यिनै स्वास्थकर्मीहरुलाइ "फोकल पर्सन" जसरी खटाइएको छ ।
आजभोलि होइन , बर्षौँँदेखि !
स्वास्थ्य बिमाको कारणले गर्दा आन्दानी बर्षेनी बढिरहेकै देखिन्छ !
संगै , खर्च पनि !
लेखा , प्रशासन हेर्ने जानेको मान्छे नहुँँदा प्रक्रियागत त्रुटी हुने नै भो , अनि, कागज पनि नपुग्ने नै भो !
यसैलाइ आधार बनाएर आफ्नो जिन्दगीभर कागज मिलाएर खान पल्केका , केन्द्र सुधार गर्ने निकायमा बर्षौँ बसेकाले मुद्दा हालिदिएछन् !
..
"मुद्दा परेको रहेछ" कसैले मलाई सुरुमा सुनाउँदा डर लाग्यो !
केहिबेरको डरपछि दुख लाग्यो -"छ्या, कस्तो चलन यार" !
एक दुई दिनपछी बढो रोमान्चक लाग्यो !
दुई कारणले -
एक -बिगारेको केही नभएकाले डराउन पर्ने केही नै थिएन !
दुई - सरकारी सिस्टममा कागजको महत्त्व सिकियो !
..
मुद्दा हाल्दा लेखिएछ,
- स्वास्थ्य बिमाबाट गैरकानुनी प्रोत्साहन भत्ता खाइरहेको !
अचम्मै लाग्छ, दिनभरमा एउटा मिटिङ गरेर त्यही मिटिङको भत्ता पचाउन मिटिङ समय "कार्यालय समय बाहिर" राख्नेहरुलाइ चौबीसै घन्टा खटिएका चिकित्सक , स्वास्थ्यकर्मीलाई केही हजार रुपैयाँ नियम अनुसार थप दिँँदा गैरकानुनी रे !
-निशुल्क दिनुपर्ने औसधिको शुल्क लिइरहेको -
यस्तो पापपुर्ण सोच त कसरी गर्थे होला र यार स्वास्थ्यकर्मीले !
- हिसाबकिताब राख्दा गडबडी :
लेखासम्बन्ध कर्मचारी नभएकाले हिसाबकिताब राख्दा गडबडी त स्वत भैहाल्ने भो ! तर, अचम्मै चाहिँ, ती मान्छेहरू जसले यो समस्या सम्बोधन गर्नपर्ने भुमिकामा थिए बर्षौसम्म , तिनैले पो मुद्दा हालिदिए !
..
मुद्दा परेको दोस्रो दिननै मैले ट्विटरमा आत्मस्विकारोक्ती सहितको एक ट्विट लेखेको थिएँ !
मुद्दा परेको पनि केही महिना बितिसकेछ !
निर्णय केही आएको त छैन !
तर,
बेलाबेला मलाई प्रश्न आइरहन्छ -" बिरामीको उपचार गरेर निको बनाउन नै तल्लीन हुने हामी स्वास्थ्यकर्मीहरु यो प्रशासन /लेखाको औपचारिकता नजान्दा सिस्टमले त धुरुक्कै रुवाउने पो रहेछ !
एकदिन मैले भने -"बिरामी हेरेन भने मलाई अख्तियारले समाउन्न रहेछ, तर, कागज मिलाएन भने समात्ने रहेछ !त्यसैले , अब म बिरामी हेर्नभन्दा कागज मिलाउन समय दिनेछु" -
भन्न त भनेँ तर यती भन्न नपाउँँदै बिरामीको उपचार गर्न दौडिएँ !
मन कसरी मान्थो र !
..
त्यो मुद्दाले धेरै कुरा सिकायो ! सिकाउँँदै पनि छ !
..
बर्तमान समयमा म आफु स्वयंले देखेको आदर्शमा बाच्न सकिरहेको छु ? - छैन ! प्रष्ट छैन !
जानजान गल्ती गरेको छु ? - छैन !
कागजी गल्ती छन् - हुनसक्छन् ! कागज मिलाउने काम बढो गार्हो रहेछ हामीजस्तो प्राविधिक जनशक्तिलाई !
..
आमस्विकारोक्तीसहित प्रष्ट मुद्दाको अन्तिम फैसला आएपछि लेख्ने नै छु लेखकै रूपमा !
...
आजभोलि बेलाबेला एउटा प्रश्नले लखेटिरहन्छ -" यो समाजमा बेइमानहरुले नै तुलनात्मक इमानदारहरुलाइ किन खेदो खनिरहन्छ्न् होला "?
...
हुन त आज लेख्नुपर्ने केही थिएन , तर, खसखस लागेकाले लेख्दिहालेको 😂🙏