कसैको कुरामा यति भुलेकी मानौँ उही आफ्नो संसार थियो ।
कुरामा मात्र किन भुलिरहेको तिमी भनेर जब मनले सोध्यो ?
तब मैले भने भुल्ने भनेको नै कुरामा त हो, रूपमा के नै थियो र तेस्तो भुल्नको लागि।
मनमा गहिरो प्रेम भएर पनि
समयले तिम्रै बन्न दिएन मलाई
भ्रममा नपर्दा हुन्छ
प्रेम र साथ भन्ने कुरा फरक रहेछन
प्रेम हुँदैमा
साथ हुँदैन बुझ्नु
साथ टाढा हुन सक्छ
तर प्रेम कहिल्यै मनबाट मर्दैन
थाहा भो
प्रेम गरेर पनि गुमाउनुपर्छ
हरेक कथाले सुखद अन्त्य पाउँदैन...
#शुभप्रभात🙏🌷💜
बिहानको शीतल हावा
जब चुपचाप
झ्यालको कुनाबाट भित्र पस्छ,
मनभित्र कतै
उराठलाग्दो बगैँचा पनि
अकस्मात् मुस्कुराउन थाल्छ ।
न्यानो घाम
आँगनभरि सुनौला किरण छर्छ,
र ओसका थोपाहरू
त्यसको स्पर्शले
मोती बनेर टल्किन थाल्छन् ।
उता
चराको मधुर कलरवले
प्रकृतिलाई ब्युँझाइरहेको बेला,
म भने यता
तिम्रो सम्झनाको तरङ्गमा
तरङ्गित बनेकी हुन्छु।
साहेब,
यो बिहान
कति कोमल...
जस्तै
तिम्रो मस्त-मगन स्पर्श,
जस्तै
तिम्रो प्रेमको मिठो आलिङ्गन ।🤞
मसँग खुसी मिल्दैन भने
अरू कसैसँग हाँस्नु ठिकै छ
तिमी बोल्दैनौ बोली सकिन्छ भने
मौनमै बोली साच्नु ठिकै छ
म देख्दा मन भारी हुन्छ भने
दूरी बनाएर बाँच्नु ठिकै छ
तिमि शान्ति भेट्छौ
त्यहीँ रमाउनु नाच्नु ठिकै छ
मन लागे साथ दिनु
नलागे टाढा जानु
आफ्नै मन जाच्नु ठिकै छ..
#शुभदिन🙏💜🌷
म तिम्रै प्रतीक्षामा छु
बुझे पनि ठिक नबुझे ठिकै छ
एक्लै पर्खिरहन परे पर्खिन्छु
अपेक्षा गर्नु गल्ती सम्झिए ठिकै छ
आफ्नै मन बुझाउन परे बुझाउछु
तिमी सँधै खुशी भए खुशि रहे ठिकै छ
मेरो भागमा पीडा रहेछ होस
तिमि भने सँधै आहात दिए ठिकै छ
के सुनाउनु के भन्नु
आफ्नो कोही नरहे ठिकै छ..🙏
तिम्रो अन्तिम व्यवहारले
मेरो रोजाइ मै प्रश्न छोडेर गयो…
जसलाई आफ्नो संसार सम्झिएको थिएँ,
उसैले अन्त्य मा यस्तो रूप देखायो कि
अब भरोसा भन्दा बढी डर लाग्न थालेको छ…!! 🖤
#म_अनि_मेरो_भावना
मेरो बारेमा दुनियाँले के सोच्छ,
त्यो Notification मैँले
Off गरेर राखेको छु…!!
किनकि यो दुनियाँले कहिल्यै
मेरो संघर्षको रात देखेन,
मात्र मेरो मुस्कानको अभिनय मात्र देख्यो…!!
जब म भित्रभित्रै टुटिरहेको थिएँ,
यही दुनियाँले मलाई
“ठिक छ” भनेर फैसला गर्यो…
जब आफ्नै मान्छेहरूले साथ छोडे,
यही दुनियाँ तमासा हेरेर बसिरह्यो…!!
अब न कसैको प्रशंसाले खासै खुशी दिन्छ,
न कसैको आलोचनाले दुःखी बनाउँछ…
किनकि मैले सिकिसकेको छु,
आफ्नो शान्ति बचाउन कहिलेकाहीँ
दुनियाँको आवाज भन्दा माथि उठ्नुपर्छ…!! 🖤
#म_अनि_मेरो_भावना
यसले खासै फरक पार्दैन कि
मने तपाई
कोसँग प्रेममा हुनुहुन्छ!
कसलाई प्रेम गर्नुहुन्छ,
कहाँ प्रेम गर्नुहुन्छ,
किन प्रेम गर्नुहुन्छ,
कहिलेदेखि प्रेम गर्नुहुन्छ,
र कसरी प्रेम गर्नुहुन्छ।
मात्र यो कुराको फरक पर्छ कि
तपाई प्रेम गर्नुहुन्छ।
जयहोस् प्रेमीहरूको❤️
शुभसन्ध्या🙏🌺❣️🪔
घामको उज्यालो जुनले नदिए जस्तै
जूनको छहारीमा जुनकिरी बिलाए जस्तै
सायद ....
मलाई मन पराउने र घृणा गर्ने दुबैको म ‘ऋणी’ छु,
किनकि एउटाले मलाई ‘हौसला’ दियो
र अर्कोले ‘सावधानी’
कुभलो त म शत्रु कै पनि चिताउँदिन त्यसैले भन्छु दुई गुणा बढी नै मिलोस् उनिहरूलाई मलाई गरेको कर्मको फल ✍️
जिन्दगी सकिएको जस्तो अनुभूति हुनु,
वास्तवमा अन्त्यको संकेत होइन
त्यो त चेतनाले नयाँ अध्याय खोल्न थालेको आवाज हो।
टुट्नु केवल पीडा होइन,यो आत्माको पुनर्निर्माण प्रक्रिया हो
जहाँ भत्किएको अस्तित्वबाट नै साँचो ‘म’ जन्मिन्छ।”
म अब समयले बनाएको पुरानो परिभाषा होइन,
म आजदेखि आफ्नै चेतनाले पुनः सिर्जित भएको अस्तित्व हुँ।
हिजोका पीडा, गल्ती र हारहरू मेरो यात्राका अध्याय मात्र थिए
आज म ती सबै पार गर्दै नयाँ अर्थ बोकेको मार्गतिर हिँड्दैछु।
जीवन फेरि सुरु गर्न समयले कहिल्यै रोकेको हुँदैन,रोकेको त केवल हाम्रो मनले होजब मन तयार हुन्छ,त्यही क्षण नै नयाँ सुरुवात बन्छ।✍️
विश्वास गर्न
हतार नगर्नु।
परखनु पहिला
मैले बोलेकै शब्दहरुलाई पनि।
पर्खनु र पर्गेल्नु
मेरा नियतहरुलाई।
विगत
त्यती राम्रो नहुनसक्छ मेरो
अथवा
राम्रो हुन पनि सक्छ।
मैले- मैलाई चिन्न सकेको छैन
अनि
तिमी कसरी भन्छौ
म तिमीलाई चिन्छु भनेर?
पहिला चिन्नु मलाई
विश्वास गर्न
हतार नगर्नु।
☺️
मलाई फरक पर्दैन कि, कसैले मलाई मन पराउँछ कि पराउँदैन… किनकि अब म आफ्नो मूल्य अरूको व्यवहारले होइन,आफ्नो आत्मसम्मानले मापन गर्न थालेको छु।
जो साथमा छन्, उनीहरूलाई सम्मान छ… र जो टाढा गए, उनीहरूले मलाई एक्लै बलियो बन्न सिकाए…!! 🖤
#म_अनि_मेरो_भावना
म के चाहन्छु
म कता जाँदै छु
थाहा छैन
अन्धकार बाहेक
मेरो अरू कोही पनि छैन
हरेक बिहानी उस्तै लाग्छ
निरासाको छायाँ
आफैंबाट टाढिँदै छु
कता गयो आफ्नै माया?
भित्रको पीडा बुझ्ने
यहाँ कोही पनि छैन।
मनका ती कुराहरू
कोठाको भित्ताले सुन्छ
बन्द ढोकाभित्र मेरो
आफ्नै एउटा संसार बुन्छ
न झुल्केको घाममा
न अस्ताएको साँझमा
समयको यो चक्रभन्दा पर
हामी कतै भेटिनेछौँ।
न धर्तीको यो काखमा
न आकाशको त्यो शून्यतामा
सपना र विपनाको दोसाँध छोडी
म तिम्रो प्रतीक्षा गर्नेछु।
त्यो बादलपारिको क्षितिजमा
जहाँ न दिन हुन्छ न रात
एउटा अञ्जान विन्दुमा
हामी सधैँका लागि एक हुनेछौँ।
तिम्रो ठाउँ कहिल्यै कसैले लिन सकेन…
थाहा छैन त्यो तिम्रो मायाको असर हो,
या फेरि मेरो मनको कमजोरी…
तर सत्य यही हो,
आज पनि भीडमा धेरै अनुहार देख्छु,
तर नजर भने तिमी मैं अड्किन्छ…!! ❤️
#म_अनि_मेरो_भावना
हर बिहान नयाँ सपना बोकेर उडाउछन्।
थाहा छैन यी सपनाहरूले कहाँ पुर्याउछन्।
साउनमा खहरेझैँ माया उर्लाउनेहरूले नै हो
हेमन्त र शिशिर ऋतुले जसरी नंग्याउछन्।
टिलपिल आसु सङ्गै छोड्नेलाइ थाहा होला
आफ्नो बनेर यो दिल कसरी छियाछिया पारी दुखाउछन्💔
थाहा छैन यी सपनाहरूले कहाँ पुर्याउछन्।✍️
तिम्रो बन्ने दौडमा म
यति टाढा पुगेछु कि
महसुस गर्दा गर्दै
धेरै ढिलो भइसकेको रहेछ
तिमीलाई प्रभावित पार्न
मैले आफैँलाई बिर्सिएँ
जब तिमी गयौ
तिम्रा यादहरूले
मुटुमा बिझाउन थाले
ती पलहरू मेटाउन खोजेँ
तर मेरो हरेक बानीमा
यसरी मिसियो कि
बिर्सने प्रयासमा
मैले आफैँलाई गुमाएँ
तिम्रो बन्ने दौडमा म
यति टाढा पुगेछु कि
महसुस गर्दा गर्दै
धेरै ढिलो भइसकेको रहेछ
तिमीलाई प्रभावित पार्न
मैले आफैँलाई बिर्सिएँ
जब तिमी गयौ
तिम्रा यादहरूले
मुटुमा बिझाउन थाले
ती पलहरू मेटाउन खोजेँ
तर मेरो हरेक बानीमा
यसरी मिसियो कि
बिर्सने प्रयासमा
मैले आफैँलाई गुमाएँ
हिजो जिन्दगीमा खुशी आएको थियो…
धेरै वर्ष पछि मन खुलेर हाँसेको थियो,
आँखाले फेरि
सपनाहरू सजाउन थालेका थिए।
लागेको थियो ...
अब सायद दुःख सँगको सम्बन्ध सकियो।
तर खुशी धेरै बेर बसेन …
जाने बेला चुपचाप मुस्कुरायो
अनि बिस्तारै भन्यो ... Sorry …
गल्तीले तिम्रो जीवनमा आएछु,
किनकि तिम्रो भाग्यमा त अझै
केही अधुरा पीडाहरू बाँकी रहेछन्… 💔
#म_अनि_मेरो_भावना
समयले धेरै कुरा सिकाउछ
कसलाई समात्ने, कसलाई छोडने
कहिले बोल्ने, कहिले चुप रहने
अन्त्यमा
हामीसंग बाँकी रहने भनेको
हाम्रा अनुभवहरू र हाम्रा अनुभुतिहरू मात्र हुन !✍️
भेट्ने त्यो एउटा आश
मनको कुनामा सधैं रहोस्
त्यही झिनो आशाले नै
मलाई बाँच्न सिकाओस्
तर यथार्थमा
हाम्रो भेट कहिल्यै नहोस्।
तिमी आफ्नै संसारमा रमाउनु
म आफ्नै बाटोमा हराउँला
अधुरो चाहना नै प्यारो छ
भेटिएर फेरि छुट्टिनुभन्दा
नभेटिएरै सधैं सम्झनामा रहनु