बच्चा जसले जन्माएको हो, न्वारन पनि उसैले गरिदिने हो। एकछिनका लागि भाडाको बाउ ल्याएर हुँदैन। नागढुंगा सुरुङमार्गको उद्घाटन गर्ने नैतिक हक केपी ओलीलाई मात्रै छ।
चार-पाँचवर्षअघि संखुवासभामा ६जनाको हत्या गरेका लोकबहादुरले नै हत्यारा पत्ता नलागेकामा स्थानीयले गरेको विरोध जुलुसमा सबैभन्दा अगाडि हिंड्दै 'हत्यारालाई फाँसी दे' भन्ने नारा लगाएका थिए।😂😂😜
[यो समाचार पढेर झल्याँस्स सम्झेको है, गाली नगर्नूस्, यीबिच कुनै संबन्ध छ भनेकै छैन नि।]
प्रकृतिले उदांग बनाएको प्रधानमन्त्री बालेनको 'फरेब'
***
सनकका भरमा गरिएको त्रुटिपूर्ण निर्णयले ल्याएको परिणाम
@sudeepshree writes:
https://t.co/oUJtTEQ4kW
गगन थापाको घरमा गाडी छाडेर जाने प्रहरीको गाडीमा गएछ ।
यसबाट बल्ल बुझियो नेपाल प्रहरी सुधन प्रहरी भएछ । बालेनको प्रहरी भएछ । यसरी परिवर्तित प्रहरीलाई 'बालेनका प्रहरी' वा 'सुधन प्रहरी' नभनेर ‘नेपाल प्रहरी’ भनेर ‘गल्ती’ गरेपछि ती डीएसपी तानिएका रहेछन् ।
संचारगृहमा गरिएको अवरोध अनि संचारकर्मीमाथिको मानसिक त्रासले बोल्ने, लेख्ने र प्रश्न गर्नेहरू चुप लाग्ने छैनन । आजको घटना राज्यको मण्डलेकरणको भद्दा अनुकरण मात्र हो । टिक्ने छैन ।
अव्यवस्थित पार्किङको पीडा बुझाउन मिडिया हाउसअगाडि गाडी पार्क गरेर सरकारले गरेको सांकेतिक विरोध मलाई मन पर्यो। अरूले भोगिरहेको समस्या आफैँले एकपटक अनुभूति गर्नु कहिलेकाहीँ आवश्यक हुन्छ।
अब सरकार अर्को कदम पनि चालोस्।
सुकुम्बासी बस्तीमा केही दिन कुनै मन्त्रीको सन्तानलाई बस्न दिऊँ। तब सायद मन्त्रीपरिषद्ले पनि समानुभूति होइन, वास्तविक अनुभूति गर्नेछ।
भोको पेटमा बच्चाले कुहिएको चिउरा र दालमोट खाँदा कस्तो लाग्छ?
आफ्नो बच्चा झरीमा भिजेको लुगा लगाएर कठ्याङ्ग्रिँदा कस्तो महसुस हुन्छ?
नीति बनाउनेहरूले तथ्य मात्र होइन, जनताको जीवन पनि नजिकबाट देख्नुपर्छ। किनभने अनुभूतिबाट बनेका निर्णयहरू प्रायः कागजमा बनेका निर्णयभन्दा धेरै मानवीय हुन्छन्।
गणेश नेपाली आत्मदाह लगायत विषयमा तालुकदार निकायको जिम्मेवारी र जवाफदेहिता चाहिएको थियो ।
तर राज्य संवेदनशील अभिभावक बनोस् भन्ने अपेक्षालाई नै हास्यास्पद बनाउने गरी मिडिया हाउसका गेटमा शंकास्पद गाडी राखिएका छन् ।
तर्साउन गरेका हौ यो सब, तिमीहरुले । तर्सिन्नौं ।
आज बिहानैबाट कान्तिपुर, अनलाइनखबर, हिमालय टिभीलगायतका सञ्चार–गृह एवं प्रतिपक्षी पार्टीका प्रमुख गगन थापाको घरमा एकसाथ गाडी तेर्स्याएर जुन प्रायोजित नाटक मञ्चन गरियो, त्यसको खास उद्देश्य प्रश्न गर्नेहरुको मुख थुन्नु थियो । अर्को उद्देश्यचाहिं, diversionary tactics सँग सम्बन्धित रहेको देखिन्छ ।
यो घट्नालाई सत्तारुढ रास्वपा स्वयंले ‘सञ्चारकर्मीहरुले निर्भिक रुपमा काम गर्ने वातावरणमाथि धावा बोल्न वा उनीहरुलाई मनोवैज्ञानिक दवावमा राख्न गरिएको शंकास्पद र रहस्यमयी गतिविधि’ भनेको छ । सरकार रास्वपाकै छ, उससँग सूचना पनि होला, त्यसैले आधिकारिक वक्तव्यमै यति भनिसकेपछि त्यो शंकास्पद गतिविधि कसले गरेको रहेछ ? यो कुरा पनि खुलाइदिए उत्तम हुन्थ्यो ।
यो किन पनि भने, त्यसरी शंकास्पद ढंगबाट राखिएको एउटा गाडीका मालिक त रास्वपाकै नेता रहेछन् ।
जहाँसम्म diversionary tactics को कुरा छ, योचाहिं राजनीतिक चालबाजहरुले बेलाबखत खेल्ने पुरानै मनोवैज्ञानिक अस्त्र हो । यसको उद्देश्य हुन्छ— मुलुकमा जुन मुद्दामाथि चर्को बहस चलिरहेको हुन्छ, सरकारको आलोचना भइरहेको हुन्छ, त्यसलाई थाहै नपाई अर्कोतिर मोड्न खोज्नु !
हामीकहाँ अहिले बलपूर्वक विस्थापित सुकुम्बासीहरुको आँशुको भेल रोकिएको छैन । बागमतीदेखि कीर्तिपुर हुँदै खरिपाटी पुग्दासम्म उनीहरुको किस्ताबन्दीमा विचल्ली भइरहेको छ । सुकुम्बासीका पक्षमा आवाज उठाएको निहुँमा सक्कली जेनजी माजिद अन्सारीलाई पिट्दै, हुत्याउँदै, गालीगलौज गर्दै बिनापूर्जी कव्जामा लिइएको छ । गणेश नेपालीबाट सुरु भएको आत्मदाहको सिलसिलाले सम्पूर्ण राष्ट्र रोषमा छ ।
यी बिषयहरुले राष्ट्रिय–अन्तर्राष्ट्रिय चर्चा पाउन थालेपछि, यसैबेला गाडी–काण्ड गराएर ‘अटेन्सन डाइभर्ट’ गर्ने कोशिश गरिएको छ । सबैले थाहा पाउने गरी खुल्लमखुला ढंगबाट गरिएको यो हर्कतमार्फत् मिडियाको मुख थुन्न खोजिएको त छँदैछ ।
तर सूत्राधारहरुले कस्तो नबुझेको— यस्ता पुराना फर्मूलाहरु अब काम लाग्दैनन्, जो २०६१ माघमै आउटडेटेड भइसकेका छन् !
गणेश नेपालीजी - स्तब्ध छु। लज्जित छु।तर संसदमा वा अन्य कतै,झुटो आंसु र दुखको सस्तो नाटक देखाएर,तपाईको आत्मदाहलाई थप अपमानित गर्न चाहन्न।तपाई जेनजी आन्दोलनमा लाग्नु भएको थियो क्यारे।कोही देश जलाउन सक्छन,कोही आफै जल्न बाध्य हुन्छन।किस्ताको बाइकको 'व्हिल लक' र एक हजारको जरिवाना पनि कसैका लागी जीवन-मृत्युको सवाल हुनसक्छ भनेर बुझ्नेहरुको ठांउ होइन यो।
हिजो दिनभरि मन भारी रह्यो। गणेश नेपालीको शरिरको आगोले, हामी सबैको मन र आंखाका काला कपटी कुनाहरु अलिकति भए पनि सफा पार्न सके त्यो नै गणेश नेपाली प्रति सच्चा श्रद्धान्जली हुनेछ। शोक सन्तप्त परिवारप्रति हार्दिक समानुभुति 🙏