खुला पत्र
सम्माननीय प्रहरी महानिरीक्षक श्री दानबहादुर कार्कीज्यू,
तथा
नेपाल सरकार,
गृह मन्त्रालय
काठमाडौं।
विषय: सुरक्षा निकायको मर्यादा, व्यावसायिकता र स्वतन्त्रताको रक्षाका लागि।
आदरणीय महानिरीक्षकज्यू तथा सम्माननीय सरकार,
नेपाल प्रहरी जस्तो संवेदनशील सुरक्षा निकायको प्रमुखलाई एकजना सांसदले सार्वजनिक रूपमा बारम्बार हुर्मत लिने, संसद्भित्रै आरोपको वर्षा गर्ने र सामाजिक सञ्जालमा जथाभावी पोस्ट, आरोप, चुनौती र सामग्रीहरू प्रवाहित हुने अवस्था देख्दा देशको सुरक्षा संस्थाको वर्तमान स्थिति स्पष्ट हुन्छ। यो केवल एक व्यक्तिको कुरा होइन। यसले संस्थागत मर्यादा कति कमजोर बनाइएको छ भन्ने प्रस्ट संकेत दिन्छ।
जेन-जी आन्दोलनपछि प्रहरीको भौतिक संरचनामा पुगेको क्षति, मनोबलमा आएको गिरावट र जनताको आक्रोशको प्रभाव अझै बाँकी छ। त्यसको बीचमा बिना पर्याप्त प्रमाण र उचित प्रक्रियाबिना सार्वजनिक रूपमा प्रहरी प्रमुखलाई लक्षित गरी गरिएका अभिव्यक्ति र सामाजिक सञ्जालमा फैलाइएका सामग्रीहरू र यो विषयमा निकम्मा देखिएको नेपाल प्रहरीको साइबर ब्युरोले संस्थाको छविमा थप आँच पुर्याएको छ। आरोप लागेमा छानबिन हुनुपर्छ, तर आरोपलाई नै सत्य मान्ने र संस्थागत प्रमुखलाई सार्वजनिक रूपमा अपमानित गर्ने प्रवृत्तिले सुरक्षा निकायलाई कमजोर बनाउँछ।
यो आगो अहिले नेपाल प्रहरीमा देखिएको छ। यसलाई समयमै नियन्त्रण नगरे यो विस्तारै सशस्त्र प्रहरी बल र नेपाली सेनासम्म पुग्ने सम्भावना छ। सुरक्षा निकायहरू राजनीतिक आरोप, सामाजिक सञ्जालको अभियान र व्यक्तिगत द्वेषको शिकार बन्न थाले भने देशको आन्तरिक सुरक्षा र राज्यको स्थिरतामाथि गम्भीर प्रश्न उठ्छ। इतिहासमा पनि प्रहरीलाई शासकको औजार बनाउँदा र राजनीतिक हस्तक्षेप बढ्दा संस्था कमजोर भएको अनुभव हामीसँग छ। त्यो गल्ती दोहोर्याउनु हुँदैन।
मेरो माग र चेतावनी:
- प्रहरी प्रमुख वा कुनै पनि उच्च अधिकारीमाथि लागेका आरोपहरूको स्वतन्त्र र निष्पक्ष छानबिन होस्। तर छानबिनको नाममा संस्थागत अपमान र मनोबल गिराउने काम नहोस्।
- सामाजिक सञ्जालमा फैलिएका AI निर्मित सामग्री, नक्कली फोटो र आधारहीन आरोपहरूको छानबिन गरी फेक अभियान रोक्ने ठोस कदम चालियोस्।
- सुरक्षा निकायहरूलाई राजनीतिक दबाब, स्थानान्तरण-बढुवाको खेल र बाह्य हस्तक्षेपबाट मुक्त गरी व्यावसायिक स्वतन्त्रता सुनिश्चित गरियोस्।
- सरकारले प्रहरी, सशस्त्र प्रहरी र सेनाको मर्यादा रक्षा गर्ने स्पष्ट नीति र सन्देश दिनुपर्छ। एकजना सांसदको अभिव्यक्तिले सम्पूर्ण सुरक्षा संगठनको मनोबल कमजोर हुने अवस्था स्वीकार्य छैन।
सुरक्षा निकाय कमजोर हुनु भनेको राज्य कमजोर हुनु हो। यो र यस्ता प्रवृत्तिलाई निरन्तरता दिइएमा यसको असर अरू सुरक्षा अंगहरूमा पनि पर्नेछ। हामी सबैले जिम्मेवारीपूर्वक सोच्नुपर्ने बेला आएको छ।
यस खुला पत्रमार्फत सुरक्षा निकायको मर्यादा रक्षा गर्न र संस्थागत स्वतन्त्रता कायम राख्न सरकार तथा सम्बन्धित सबै पक्षको ध्यानाकर्षण गराउन चाहन्छु।
धन्यवाद!
सुनिल पौडेल
एक आम नागरिक, भोजपुर
@NepalPoliceHQ@ShahBalen@PM_nepal_
चमत्कारी सरकारको लंगौटी कमजोर बन्दै....
मूल्यवृद्धिको पारो अकासिँदै, बजार नियमनमा सरकार ‘चुपचाप’
यो त भदौसम्मको तथ्याङ्कमात्र हो । असोजमा अझ मूल्यवृद्धि उकालो लागेको छ ।
https://t.co/ppKEClL24B
सातै प्रदेशमा सस्तो र सुलभ मुनाफारहित अन्तर्राष्ट्रिय स्तरको बाल अस्पताल स्थापना गर्ने अभियान छ, जसको नेतृत्व डा. भगवान कोइरालाले गर्दैछन्। पूर्वमा दमक र बाग्मतीमा हेपाली हाइटमा सञ्चालनमा आइसक्यो पनि Kathmandu Institute of Child Health - KIOCH
हिजो अस्पताल अवलोकनपछि, रास्वपा सभापति रवि लामिछानेले यो अभियानमा आफ्नो उच्च प्राथमिकताको साथ र सहयोग रहने प्रतिवद्धता जनाए। हार्दिक धन्यवाद 👏
तस्बिर सौजन्यः हरिश क्षेत्री/१२खरी