नेपाल नेपालीहरूको साझा घर हो हामी नेपाल आमाको सन्तति एकै वंश र अंश हौं ।
सत्यं वद, धर्मं चर, तेन त्यक्तेन भुंजीथा:, सर्वे भवन्तु सुखिन:, वसुधैव कुटुम्बकम् , ॐ ।
रमा एकादशी (लक्ष्मी माताको एक रुप)
हरि बोल हरि बोल, मन मेरो हरि बोल ॥
पाप सबै नाश भयो, जब भयो हरि मोल ॥
रमा रमेशं स्मरामि नित्यं, भक्त्या नमामि जगन्निवासम् ।।
रमा व्रते यो नरः सदा, पापान्मुक्तो हरिं लभेत् ॥
#रमाएकादशी
🕉️ साधनाको महत्व
नवरात्रि = शक्ति–उपासना र विजयको पर्व ।
नौ दिनमा नौ देवी स्वरूपको ध्यान–पूजा गरेर,
आत्मा शुद्धि, साहस, शक्ति र भक्ति प्राप्त हुन्छ।
दशैंको वास्तविक अर्थ भनेको यही आन्तरिक विजय हो । १/३
🌺 ध्यान किन गर्ने ?
जबसम्म हामी बाहिरी दौडमा मात्र सीमित रहन्छौँ,
तबसम्म भित्री आनन्दको रहस्यबाट बञ्चित हुन्छौँ ।
नवरात्रि ध्यान साधना भनेको :
👉 आफ्नो भित्रको दुर्विचार, दुर्बलता, दुष्प्रवृत्ति लाई बलिदान गर्ने अवसर।
👉 आन्तरिक सद्उर्जा, विजय र शुद्धि जागृत गर्ने साधना । १/२
धेरैले देश नै शोकमा छ, दशैं मनाउन मन छैन, खुशी छैन भन्दै छन् । त्यही शोकलाई शक्तिमा बदल्न त नवरात्री ध्यान, साधना, जप, पूजा, पाठ गर्ने हो । हाम्रा पर्वहरू नै शोक र रोग मुक्त हुँदै समृद्धि र सुखको यात्रा गराउने मार्ग हो । #GSPSS
विश्वका सयौं बढी देशहरू गुलामी मुक्त भएको दिन सम्झेर राष्ट्रिय दिवस मनाउने गर्दछ्न् । नेपालमा विदेशीले बनाइ दिएको संविधान घोषणा पछि राष्ट्रिय दिवस मनाउन थालेको हो । यो पनि सकियो अब !