साहेवा
मेरो औँलामा लाग्ने
औठिको जोडा
तिम्रो अर्को
औँलामा लागोस्
मेरो कम्मरमा बाँधिएको
लगन गाँठोको
अर्को छेउ
तिम्रो काम्मरमा बाँधियोस्
मैले आफन्तको
आशिर्वाद लिँदा
मेरो शीरसँगै झुक्ने
अर्को शीर
तिम्रो भैदियोस्
तिमिलाई प्रेम
गरेको अपराधको
सजायमा जिन्दगीभर
तिम्रो हात थाम्नु परोस्।।
काधँमा जिम्मेवारी अनि मनमा देश बोकेर।
म खाडी आएँ उहीँ पुरानो सुटकेस बोकेर।
एक हामी हौँ लुटिनु पर्ने बिमानस्थलबाट।
एक तस्कर खुलेआँम जान्छ चरेस बोकेर।
#लेखक_बिष्णु_प्याकुरेल#आँगन_साहित्य
आँशु लिई मुस्कुराउनलाई थालेको छु मैले ।
निभी सकेको दियोलाई फेरी बालेको छु मैले ।
सकिन कहिल्यै खुशीहरु आफ्नो झोलीमा पार्न,
चाहनाका धरहराहरु धेरै पहिले ढालीसकेको छु मैले ।