हो, म त्यही लेखकको
कथा भोगिरहेको पात्र हुँ,
जसलाई उनले
शब्दहरूमा बाँध्दा मात्र हैन,
आफ्नै भावनाले साँचेका छन्।
म उनको कल्पनामा जन्मिए पनि,
यथार्थमा पीडा भोगिरहेको छु,
संवेदना महसुस गर्छु।
मेरो हाँसो, रोदन, संघर्ष र मौनता,
यी सबै उनको कलमको
मसी मात्र होइन,
ती त मेरो आत्माको
आवाज बनेका छन्।
म पात्र हुँ, तर निर्जीव छैन।
म संवाद होइन,
आत्मा बोकेको अस्तित्व हुँ।
मेरो यात्रा, मेरो भाव, मेरा प्रश्न र
म माथि उर्लिएका मौनताले नै
उनलाई लेखक बनाएको हो।
सायद म बिना,
त्यो कथा अधुरो हुन्थ्यो;
अनि त्यो लेखक, केवल लेखक।
तर आज, हामी दुबै
एकअर्कामा बाँचेका छौं
म उनको कथा भएर, र उनी,
मेरो अनुभव भएर।
#म_अनि_मेरो_भावना
सुनाउन नसकिने सपनाहरु छन् ,भुल्न नसकिने घटनाहरू छन् ,मुस्कानभित्र लुकेका आँसुहरु छन् ,जिबनभर बोक्नुपर्ने भारहरु छन् ,नत खुशी भेटिन्छ न पीडा भेटिन्छ बस जिन्दगी देखेर नै मुटु रेटिन्छ ।
रोजाइ तिम्रो नै हो
चिन्ता चाहन्छौ कि खुशी
जति कोसिस गर दुनिया हसाउनलाइ
खोट लगाउनेले सधैं खोट लगाई नै रहन्छन
मानसिक तनाब चाहन्छौ कि मनको खुशी
जति नै आफ्नो बनौ दुनियालाइ खुशी दिएर
मन दुखाउनेले वाहना हजार पाईरहन्छन
जीवन तिम्रो नै हो
आफैंलाई दुखाउने कि खुशी हुने।✍️
जुन सम्बन्धमा पनि बेलाबेला झगडा, मनमुटाव र साना साना शंका हुन्छन्, त्यहाँ साँच्चैको माया लुकेको हुन्छ।साँचो माया केवल हासो र मिठा कुराहरूमा मात्र होइन, कहिलेकाहीँ आँसु र असहमतिमा पनि देखिन्छ…✍️।
🌄शुभ प्रभात🙏
❣️सुमन🌹
भगवान् श्री कुष्ण भन्नुहुन्छ,
“तिमी खाली हात यो संसारमा आउछौ र खाली हात जान्छौ । जुन कुरा आज तिम्रो छ, त्यो हिजो कसैको थियो, र भोलि अरु कसैको हुनेछ । यसकारण तिमि जे काम गर्छौ त्यो भगवानलाई समर्पण गर् ।"🌺
#शुभबिहानी🌺🌻
"कसैले देख्ला भन्ने डर भए पो पुछ्नु!यहाँ को छ र आँसु देख्ने!सिर्फ यही घरको भग्नावशेष,सुनसान मन्दिर,चिसो बतास र सुक्दै गएको खोलाले देख्ला!स्वच्छ-बतास र खोलाले देखोस्,केही छैन!तर नलैजाओस्अर्को कुनै देशमा आँसुको यो खबर,जहाँ यी आँसु मेरा सन्तानसम्म पुगून्,जसले मेरा सन्तानलाई पोलोस्!"
साईनो न सम्बन्धका मान्छेहरुको चरण स्पर्श गरेर प्राप्त आशिर्वादका आधारमा बनेको क्षणिक ,भ्रामक र ठूलो हैसियत भन्दा आफ्नै क्षमताले बनेको स्वाभिमान र आत्मसम्मान सहितको सानै हैसियत सहि । न कसैसँग जोडिदा बढ्छ न छोडिदा घट्छ ।
यदि तपाईं स्वयंम प्रसन्न हुनु हुन्छ भने तपाईंको जिवन उत्तम बनेको छ तर यदि तपाईंको प्रभावले दुनियाँ प्रसन्न छ भने तपाईंको जिवन सर्वोत्तम भएको छ …!
🙏☕️💝💐
#शुभदिन_सम्पुर्णमा
केही बिर्सन्छ जानेहरु छुट्नको हतारमा
राखेर कसैको मन आशाको मझधारमा
कतै आशाको झ्याल कतै पर्खाइको ढोका
अलिकति खोलेर छोड्छन इन्तजारमा
म संग पनि थियो एउटा गर्व गर्ने सम्बन्ध
भोलि कसले देखेको छ के छ निधारमा
सोचेको थिए पीडामा औषधि बन्न सकोस
प्रिय बोलिले पनि पीडा दिने रहेछ प्यारमा
-ज्यानमारा प्रमाणित "नेता" लाई न्यायालयबाटै सफाइ ।
-बिमानस्थल मानव तस्करी प्रकरणमा "नेता" लाइ सत्ताको सफाई ।
-कोटेश्वर काण्डमा सत्ताद्वारा छानबिन अस्वीकार ।
- फरक राजनैतिक आस्था माथि प्रतिशोध जारी, निरन्तर हमला ।
- न्यायालय र सुरक्षा संयन्त्र सत्ताको लागि मात्र ।
गणतन्त्र दिवसको शुभकामना !!
मान्छेका मनमा विश्वास नहुदा,बिग्र्यो किआफै कतै।
विश्वास अन्धो हुँदा जगत नै,ढलमल भयो कि कतै।
स्वार्थै स्वार्थ छिर्यो हरेक पथमा,वाटो हिलाम्य भए।
सज्जन भद्र समेत उछृंखल भई,वाटो विराई गए,