भारतीय च्यानल NDTV का पत्रकारसँग केपी ओलीले दिएको अन्तर्वार्ता सामान्य अभिव्यक्ति होइन, गम्भीर आपत्तिको विषय हो। नेपालको राष्ट्रिय हित र स्वाभिमानमाथि प्रश्न उठ्ने गरी दिइएको यस्तो अभिव्यक्ति स्वीकार्य छैन—यो दण्डनीय छ।
यस्तो हृदयविदारक विपत्तिमा सबै दलहरू राष्ट्रिय संकटको समाधान खोज्न जुटिरहँदा KP Oli को अनुपस्थिति केवल अनुपस्थिति होइन—जनताको पीडाप्रतिको संवेदनहीनता, राष्ट्रिय जिम्मेवारीप्रतिको उदासीनता र राजनीतिक अहंकारको पराकाष्ठा हो।
बालेन सरकारले धेरै गर्नु पर्दैन।
देशमा विकास र सुशासन स्थापित गर। राज्य दोहन गरेर कांग्रेस, एमाले र माओवादीका नेताहरूले कमाएको अवैध सम्पत्ति फिर्ता ल्याऊ र दोषीलाई कानुनअनुसार कारबाही गर।
यति गर्न सके चुनावमा भोट माग्न हिँड्नै पर्दैन, जनताले आफैं भोट दिनेछन्।
"कहिले माइतीघर मण्डलामा बेली डान्स, कहिले सदनमा नाङ्गो नाच, मान्छे एमाले बन्न सक्छ, तर एमालेहरू मान्छे बन्न सक्दैनन् भन्ने गतिलो उदाहरण यही हो। यिनिहरू भनेका नाङ्गे बाबा हुन्, किनकि एमालेको चरित्र, राजनीति, संस्कार, प्रशिक्षण यस्तै छ।"
"३६ वर्षे प्रधानमन्त्रीसँग डराएको होइन, ३५ वर्षसम्म काङ्ग्रेसले गरेको कुशासन, राज्य दोहन र जनतामाथिको अत्याचारको हिसाब सम्झेर आत्तिएको हो। एउटा युवाले परिवर्तनको नेतृत्व गर्दा पुराना शक्तिहरूको आत्मविश्वास नै डगमगाएको छ।"
“भ्रष्ट, पापी र अपराधीहरूले तिमीलाई हदैसम्म अत्याचार गरे।
त्यसैले जनताले तिनैको पत्तासाफ गर्दै तिम्रो पार्टीलाई करिब दुईतिहाइको भारी जनमत दिए।
सत्य यही हो — जनताको फैसला अन्याय विरुद्धको प्रहार हो।”
जनताको अत्याधिक मतबाट निर्वाचित भएर प्रभावकारी रूपमा काम गरिरहेको सरकारलाई राष्ट्रपतिबाट अवरोध हुन्छ भने, त्यो कदम जनताको जनादेशमाथि हस्तक्षेप ठहरिनेछ—र अन्ततः जनताले नै रोडमा घिसारेर यसको कडा हिसाब माग्नेछन्।”