हजारौं सपना निरन्तर संघर्ष अनगिन्ती पराजय
लुटिएको हासो तर पनि दुनियाँ बदल्ने आशामा सत्यकै पक्ष्यमा अडीग मन
कमर्सको बिद्यार्थी भए नि साहित्यमा रुचि/ AB+
आफू बनेर मात्र, कसैको हुनु छ
सबैले भन्छन्………….
“छोरी, २५ पुग्यौ, अब त उमेरको हिसाब गर्ने बेला भयो,”
सल्लाहका यी शब्दहरू अब
मेरो स्वतन्त्रतामाथिको दबाब जस्तो लाग्न थालेका छन्।
म मुस्कुराएर टारिदिन्छु
तर भित्र कतै मेरो सपनाले श्वास फेर्न खोज्छ
किनकि मेरो आकाशमा अझै
एउटा आफ्नै उडान बाँकी छ।
मलाई नारी हुनुको रीत र परम्परामा कुनै गुनासो छैन
तर आफूलाई नचिनि अर्कैको परिचय ओढ्ने ममा कुनै प्यास छैन।
अर्कैको उपनाममा सजिनु अघि
मलाई आफ्नै नामको सगरमाथा चुम्नु छ
कसैको घरको शोभा हुनुअघि
मलाई आफ्नै अस्तित्वको जग हाल्नु छ।
मलाई यस्तो मान्छे चाहिएको छ
जसमा म “बाबाको छाया” भेट्न सकूँ
जसलाई अँगाल्दा संसारका सारा थकानहरू
निर्धक्क सुनाउन सकूँ।
उ सँग धनको थुप्रो नहोस्
तर मलाई बुझ्ने एउटा विशाल मन होस्
जसको काँधमा टाउको राखेर
म जीवनका सारा युद्धहरू जित्न सकूँ।
म केवल उसको छहारी मात्र बन्न चाहन्न
म त उसको सपनाको “अजेय सारथि” भएर उभिन चाहन्छु
जीवनका हरेक मोडमा उसको हिम्मत बन्न सकूँ
आफ्नो पहिचानसँगै उसको संसारलाई पनि पूर्णता दिन सकूँ।
मलाई ठूलो हैसियत होइन
एउटा साँचो विश्वास चाहिएको छ
जहाँ नियन्त्रण होइन
सम्मानको खुल्ला आकाश मिलोस्।
म आफूलाई हराएर कसैको छाया बन्न चाहन्न
म त आफू बनेर, कसैको गर्व र भरोसा बन्न चाहन्छु।
हो, एकदिन मेरो मन तयार हुनेछ
बिहे शब्दले पनि शीतलता दिनेछ
तर त्यो दिन आउनु अघि
मलाई आफ्नै सङ्घर्षको गीत गाउनु छ।
पहिले म आफ्नै पखेटाले यो सिङ्गो आकाश नाप्नेछु
अनि मात्र ‘कसैको हुनु’ को
गौरवपूर्ण इतिहास लेख्नेछु✍️
“बुवाको मौन युद्ध”✍️
आफ्नो चाहना भित्ताभित्र थुनेर
हाम्रो भोलिलाई उज्यालो बनाउनु भयो।
आफू थाके पनि मुस्कान नझारेर
हामी नथाकौँ भनेर बाँच्नु भयो।
न दुःखको हिसाब सुनाउनु भयो
न पीडाको ऋण देखाउनु भयो
आफ्नो सपना सस्तो बेचेर
हाम्रो भविष्य महँगो बनाउनु भयो।
तपाईं आफ्नै लागि कहिल्यै बाँच्नुभएन
हाम्रो जीवनकै लागि बाँचिरहनु भयो।
भोकै पेट, भारी मन बोकेर पनि
हाम्रो निद्रामा सपना सिउनु भयो।
हामी हाँसेका हरेक क्षणभित्र
तपाईंको मौन त्याग लुकेको थियो।
चिसो रात, पसिनाले भिजेका दिन
कसैले नदेखेको युद्ध लड्नु भयो।
हामी डराउन नपरोस् भनेर
तपाईं एक्लैले डर सम्हाल्नु भयो।
कहिल्यै “म थाकें” भन्नु भएन
कहिल्यै “अब सक्दिन” भन्नु भएन
हामी उभिन सिक्दै जाँदा
तपाईं बिस्तारै झुक्दै जानु भयो।
हाम्रो बाटो काँडामुक्त बनाउन
आफ्ना आँसु लुकाएर आँखा हँसाउनु भयो।
हामी बनेका हरेक असल मान्छेमा
तपाईंको अधूरो सपना अझै बाँचिरहेछ।
आज बुझ्दैछु
त्यो मौन किन यति भारी थियो
त्यो मौन माया किन यति भारी थियो।
हामी सुरक्षित रहोस् भनेर
तपाईं आफैँलाई बिर्सिनु भयो।
यदि फेरि जन्म हुने हो भने
म फेरि तपाईंको सन्तान बन्न चाहन्छु।✍️
जबरजस्ती भएपनि आफुलाई अब्बल बनाउनुस यदि सक्नुहुन्न भने म अब्बल छु भनेर देखाउनुस ।
यदि कसैको नजरमा तपाई कमजोर देखिनु भयो भने अरुको सहयोगको त कुरै छाडौ बेदना पोखेको तपाईका शब्दले समेत कसैको साथ पाउदैन…✍🏻😍
नयाँ वर्ष एउटा नयाँ अध्याय!
जहाँ पुराना गल्तीहरू पाठ बन्छन्,
पुराना पीडाहरू अनुभव बन्छन्,
र पुराना सपनाहरू फेरि बाँच्ने हिम्मत बन्छन्।
यो नयाँ वर्षले जीवनमा नयाँ आशा, सकारात्मक सोच,
स्वास्थ्य, शान्ति र निरन्तर सफलताको बाटो खोलोस्।
हाम्रो मेहनतले दिशा पाओस्,
हाम्रो विश्वासले शक्ति पाओस्,
र हाम्रो मुस्कान कहिल्यै हराउन नपरोस्।
नयाँ वर्षको हार्दिक शुभकामना।
नयाँ वर्ष सफल, सुखद र अर्थपूर्ण रहोस्।
बितेका दिनहरूले दिएको घाउलाई अब अनुभवको पदक बनाएर अघि बढ्नुपर्छ। पुराना, धमिलो र स्वार्थी सम्बन्धहरूलाई यही वर्षको अन्तिम पानामा छोडिदिऊँ। आउने वर्षको पहिलो पानामा आझै मुस्कानको मसीले नयाँ कथा
लेख्ख तयार बनौं।✍️
#HappYNewyear2083❤️✌️🌿🙏