भ्रष्टाचारविरुद्ध सडकमा उत्रिएको Gen-Z को आवाजसँग हाम्रो स्पष्ट ऐक्यबद्धता रह्यो।सुशासनको माग कुनै अपराध थिएन, देशको भविष्यप्रतिको जिम्मेवार आग्रह थियो।
भाद्र २३ को घटनापछि युवाको बलिदानसँग सम्झौता गर्न सकिएन। सत्ताभन्दा सत्य ठूलो हुन्छ भन्ने विश्वासका साथ त्यसबेला हत्यामा उत्रिएको सरकारको कठपुतली बनेको संसदको सांसद रहिरहन मेरो नैतिकताले दिएन र पद त्याग्ने निर्णय गरे पछि हाम्रो पार्टीले नै संयुक्त राजिनामा दियो।
अब, तपाईहरुको साथ र समर्थनको अपेक्षा सहित बाहिर बसेर होईन नितिगत रुपमै भ्रष्टाचारको जालोलाई जरैबाट उखेल्ने प्रयत्न सहित घण्टी चुनाव चिन्ह लिएर पुन: चुनावी मैदानमा होमिएका छौ।
म भाग्दिन। देश छोडेर जाँदिन। धरौटी पनि तिर्छु। विगो पनि तिर्छु। अनुसन्धानलाई पनि पूरा सघाउँछु भनि अनुरोध गरिरहँदा पनि धरौटिमा छुट्नलाई समेत दुई दुई पटक भारी मतले जनताले रुचाएको मान्छेलाई त महिनौ लाग्दो रहेछ भने अरु सामान्य नागरीकहरु मुद्दा मामिलामा कति वर्ष देखि अल्झिरहेका होलान् ?
खैर... ढिलै भएपनि रविजीले अब थुनामुक्त भई बाहिरै रहेर मुद्दा लड्न पाउने हुनुभएको छ। उहाँमाथी अन्याय र प्रतिसोध भएको त ४०लाख हस्ताक्षरले भनिसकेको थियो, आज बुटवल उच्च अदालतको फैसला हेर्दा लाग्दैछ, न्यायको ढोका पनि कठोर हुँदा हुँदा यो व्यक्तिको धैर्यता, निडरता र निरन्तर्ता देखि कमलो हुन वाध्य भएछ। न्याय त भईसकेको छैन तर ढोका चाहिँ खुलेछ।अब पेसी सरीरहने मात्र होईन, चाँडै उहाँ माथी लागेका मुद्दाहरु छिनोफानो होस् र पूर्ण न्याय मिलोस् भनि कामना गर्दछु।
विगो र धरौटि दुबै तिर्छु भनेपछि थुनामुक्त भएरै मुद्दा लड्न पाउने एक अभियुक्तको अधिकारको विषयलाई पनि आज पूरा देशले नै उत्सवजस्तो मनाईरहेको दृश्यले चित्रण गरेको छ की हाम्रो देशमा न्यायको प्रकृया र प्रणाली कति क्रुर, निर्दयि र ढिलासुस्त रहेछ। सुधार गर्नुपर्ने धेरै छ। त्यसैले भन्दा रहेछन् दुश्मनलाई पनि बरु दिन लागोस्, मुद्दा नलागोस्।
खुसी ? खुसी भन्दा धेरै म आशावादी छु। उहाँको रिहाईले पार्टीमा नयाँ आशा र उर्जा थपेको छ। अब हाम्रो पार्टी रास्वपाका सभापति रवि लामिछानेकै भौतिक उपस्थिती र प्रतक्ष पहलमा वैकल्पिक शक्तिहरुलाई समेटेर मध्यममार्गी मुलधारको एउटै निर्णायक शक्तिको रुपमा आसन्न निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी बहुमतले विजयी हुनेछ र व्यवस्थापिका, कार्यपालीका र न्यायपालिका तिनै अङ्गमा आवश्यक सुधार गर्दै भ्रष्टाचार मुक्त सरकार निर्माण गर्नेछ। रविजीको रिहाईसँगै रास्वपा भित्र बाहिर सबैतिर अब नयाँ शक्तिहरु एकिकृत हुने, थप सबल सुदृढ र विस्तारीत हुँदै भ्रष्टहरुलाई परास्त गर्ने परिवर्तनको आशाको दियो बलेको छ।
धैर्य गर्नुस् है, अब यो देशले खोजेको निकास र विकासको दुन्दुभि रास्वपाले बजाउँदैछ।
#RSP निलो क्रान्ति - अबको आशा रास्वपा
बालेन शाह जी,
कि तपाईंले तुरुन्तै पार्टी खोल्नुस, कि रवि लामिछानेलाई कानुनी प्रक्रिया बमोजिम बाहिर निकालेर रास्वपामा समाहित हुनुहोस् । पुरानो सत्ता जब्बर भयो भने न तपाईंको शक्ति रहन्छ न अन्य नयाँहरुको ।
फलाम तातेकै बेलामा आकार दिनुपर्छ भने झैँ पार्टी निर्माण गर्न ढिला नगर्नुस ।
३ पुस्ता सकेर अब ४ पुस्तालाई सिध्याउन कस्सिएका बाज्याहरुलाई ठाँउमा ल्याउन भोलि पनाती-पनातिनीहरु ( Gen Z) पुस्ताको आन्दोलनमा मेरो डडेल्धुराको एकदम दुर्गम ठाँउबाट ऐक्यबद्धता जनाउन चाहन्छु।
अमेरिकाबाट नेपाल फर्किए प्रेम बानियाँ, भन्छन्- नेपालमा एउटा हिरो खोजिरहेको छ समाजले जुन मान्छेलाई हिरो बनाउन कोसिस गर्यो ती मान्छेहरु हिरो हुन सकेनन् |
न्यूनतम मासिक तलब सत्र हजार जति तोकिएको छ - अर्थात् त्यति भए एक जना घर खर्च चल्छ भनेर सरकारले ठानेको छ ।
तर पूर्वराष्ट्रपतिले नगद सुविधा मात्रै महिनाको ३ लाख पाउने? पूर्वविशिष्ट सम्मानित हुनु पर्छ, तर राजा महाराजाको जस्तो ठाँटले राख्न गणतन्त्र ल्याएको हो हामीले? चालू खर्च धान्न उठेको राजश्वले नभ्याउने अवस्थामा राज्यकोषको यो नै उचित उपयोग हो, जनताले यो प्रश्न पक्कै सोध्नेछन् ।
मेरा थप केही प्रश्न छन् -
- आमजनताको आयको हरेक रुपैयामा कर उठाउछ सरकारले, यो आयमा कर लाग्छ कि लाग्दैन?
- पूर्वविशिष्ट राजधानीमै किन बस्न पर्ने? राजधानी बाहेक अरु ठाउँ विकास गर्न सक्दैनौ भन्ने स्वीकारोक्ति हो सरकारको? अनि घर हुनेलाई वर्षको २ लाख, नहुनेलाई २४ लाख पाउने भने पछि भएको घर पनि किन नबेच्ने?
- १५० लिटर तेलले त १०००-१५०० किमी गुड्न पुग्ला, हरेक महिना त्यति भ्रमण गर्न पर्ला?
अन्य देशमा राजनैतिक र सम्मानित पदबाट अवकाश पछि पनि व्यक्ति सक्रिय रहन्छन्, आफै आय आर्जन गर्छन् । पूर्वराष्ट्राध्यक्षले पनि अति साधारण पुरानै घरमा बसेका, सादा जीवन बिताएकाले उदाहरणिय भएका छन्।
पूर्वविशष्टहरू - सामान्य जीवनयापन गर्न पुग्ने बाहेकको सुविधा हामीलाई चाहिदैन भनेर लिखित वक्तव्य आओस् । सुविधाको लोभमा सम्मान नगुमाउनु होला ।