झूटा आश्वासन देखाएर छल्न जानेका हुन्छन् नेताज्यू।
दुध पिएर विषलाई ओकल्न जानेका हुन्छन् नेताज्यू।
जिन्दगी त उनीहरूकै रङ्गीन हुने रहेछ हर समय यहाँ जसले थरिथरिका रङहरू बदल्न जानेका हुन्छन् नेताज्यू।।
~ कबिताहरी
सुन्दरहरैंचा १ कुमारगाउँ मोरङ
सानोतिनो कुराहरूलाई ठूलो बनाएर बोल्नु हुँदैन।
जथाभावी नानाथरिका आक्षेप लाएर बोल्नु हुँदैन।
मान्छे हौँ हेर्नु होस् कमी कमजोरी जसको पनि हुनसक्छ,
तर जे जस्तो भएपनि कसैलाई होच्याएर बोल्नु हुँदैन ।।
~ कबिताहरी
दर्केर दरदर आयो साउने झरी
खोइ तिमी आएको?
फर्केर आयो जङ्गलको चरी
खोइ तिमी आएको?
कि अन्तै पाइला मोड्यौ तिमीले
कहिल्यै आउने नगरी
जे जे गर्नु छ गर्छन् मन परी
खोइ तिमी आएको?।।
#मुक्तक
साउन आउँदा देख्छु हरियो चुरा तिम्रो हातभरि।
लगाउँछौ बसेर तिम्ले मेहन्दीको रङ रातभरि ।
पशुपतिनाथको दर्शन गर्न जाँदैछौ मठ मन्दिर
पूजा आराधना गर्न बोकेर फलफुल पातभरी ।।
~ कबिताहरी
सुन्दरहरैंचा १ कुमारगाउँ मोरङ
#मुक्तक
आयो है साउन महिना हरियाली लिएर आयो।
भोलेनाथ बाबाको पूजा गर्न थाली लिएर आयो।
सबैको आकांक्षा पूरा हुन्छ अचम्म मान्नु पर्दैन
मठमन्दिरतिर भेनाज्यूले साली लिएर आयो।।
~ कबिताहरी
सुन्दरहरैंचा १ कुमारगाउँ मोरङ
अवगतै छ यहाँ छिमेकी देशले सीमाना मिच्दै गरेको ।
हामी गरिब जनता माथी सधैंभरि ऋणले थिच्दै गरेको ।
कारण युवाहरू परदेशीय बाहिर ऋणको भारी बोकेर
अनि बाठाहरु भने आफ्नै देशका छन् ढुकुटी घिच्दै गरेको ।।
फिफा विश्वकप २०२६ का अन्तिम चार टोलीको टुंगो लागिसकेको छ।🏆
⚔️ सेमिफाइनल खेलहरू (GMT+7)
🇫🇷 फ्रान्स 🆚 स्पेन 🇪🇸
🗓 ०२:०० | १५ जुलाई
🇦🇷 अर्जेन्टिना 🆚 इङ्गल्याण्ड 🏴
🗓 ०२:०० | १६ जुलाई
फुटबलका चार दिग्गज टोली दुई रोमाञ्चक भिडन्त अब कुन टिम पुग्ला फाइनलमा कमेन्ट गर्नुहोस्?
डाँडा होस् या भन्ज्याङका बाटो सबैलाई प्यारो लाग्छ।
आफ्नै धर्म कर्म सभ्यताका पाटो सबैलाई प्यारो लाग्छ।
चाहे त्यो हिमाल पारीको होस् या तराई तिर का रहुन्,
जो जहाँ रहे पनि आफ्नै माटो सबैलाई प्यारो लाग्छ।।
~ कबिताहरी
जल्ने जति जलेर खरानी भइसक्यो रापको के कुरा गर्छौ?
जब जिउने आधारै छैन भने त्यस्तो श्रापको के कुरा गर्छौ?
भन्छौ धेरै धाए मठमन्दिर कसैले सुनेनन् मेरा कुरा अनि भुत्रो
मनमा क्रोध साँचेर बस्ने गर्छौ। पुण्य र पापको के कुरा गर्छौ ?।।
#मुक्तक
सुन्दर चिज मध्ये दुनियाँमा तिम्रो तस्बिर लाग्छ ।
तिम्रो प्यारमा आफैलाई भुल्छु भन्ने पिर लाग्छ ।
सुनसान होस् वातावरण हाँसीखुसी बिताउँ सधैँ
तिम्रो साथमा हुँदाखेरी मेरो जीवन स्थिर लाग्छ ।।
~ कबिताहरी
सुन्दरहरैंचा १ कुमारगाउँ मोरङ
#मुक्तक
सँगै जिउने र सँगै मर्ने यो कसम अधुरो हुँदैछ।
जीवनी लेखिएका शब्दहरू कापी मै मधुरो हुँदैछ।
कस्तो भाग्य लेखिदिएछ नियतिले पनि बुझ्ने कसरी?
जाने भयो व्यर्थै खेर यो जिन्दगीपनि अपुरो हुँदैछ ।।
~ कबिताहरी
सुन्दरहरैंचा १ कुमारगाउँ मोरङ
#मुक्तक
थाहा छैन किन हो कुन गल्तीको शिकार भए ।
अरुको नजरमा देख्छु आफैं मा कुलंगार भए ।
खोई कहाँ गए महोदय मायामा शक्ति हुन्छ भन्थे
आज आफू नै तार चुडिएको झैँ गिटार भए ।।
~ कबिताहरी
सुन्दरहरैंचा १ कुमारगाउँ मोरङ
ऐतिहासिक महाधिवेशनबाट निर्वाचित सम्पूर्ण पदाधिकारीहरूलाई हार्दिक बधाई साथै सफल कार्यकालको शुभकामना ।
जनताको विश्वास सधैं केन्द्रमा रहोस्।
राजनीतिमा नयाँ संस्कारले अझ मजबुत रूप लिओस् ।
समर्पण, इमानदारी र सेवाभावले प्रत्येक कदम निर्देशित गरोस् ।।
हार्दिक शुभेच्छा।।🇳🇵🔔🔔🔔🔔