हामी नेपालिहरुले नोट छाप्न नसकेपनी भोट छाप्न चाही बिस्वमै अब्बल रहेछौ....
BEST OF LUCK @_shrinkhala
नेपालीदाजुभाई तथा दिदिबहिनीहरुले आफुले सकेको कर्तव्य त पूरा गरे, अरु सबै तिम्रो जिम्मामा छोडिदिए....
नाबालिकालाई विवाह गर्छु भन्ने मात्र होइन, मुलुक नै जितेर त्यसै मुलुकको रानी बनाउँछु भनेर संबन्ध राखे पनि अपराध हो। नाटकमा 'नायक' भएजस्तो समाजमा नायक हुन सतचरित्र पनि चाहिन्छ। एउटी नाबालिकामाथि व्यंग र चरित्रको प्रश्न उठाउने थप अपराध उमेर पुगेका 'नाबालक र नाबालिका'ले नगर।
तँ उद्योग खोल्लास्, ऊ लाजनिती खेल्छ,तँ बैंक ऋण लेलास्,ऊ चन्दा लिन्छ ,तँ मजदुर भर्ना गर्लास्,ऊ कार्यकर्ता भर्ना गर्छ ,तँ सामान बनाऊँ भन्लास्,ऊ देशै बनाऊँ भन्छ ए बाबु ! कुरो बुझ है, उद्योग नखोल, पार्टी खोल ।copied
रामेश्वर खनाल सरले भनेको सत्य हो। कहिले एमालेसँग मिलेर पार्टी बचाएको छ र कहिले काँग्रेससँग मिलेर। स्वतन्त्र रुपमा माओवादी केन्द्र भन्ने पार्टी असान्दर्भिक भइसक्यो। आफैले ३३ बर्ष नेतृत्व गरेको पार्टीको यो हालत हुँदा पनि दाहालले दोष भने अरुलाई दिन्छन। जो झुक्दैन, त्यो टुट्छ/सकिन्छ।
@JSPrabhakar निकै राम्रो कार्य मन्त्री ज्यु, लामो समयको प्रतीक्षा आज आएर पुरा भएको छ, अबको मुख्य ध्य भनेकै छरिएर रहेका पुजीलाई एकीकृत गरि उत्पादनशिल कार्यमा लगाई देशको अर्थतन्त्र बलियो बनाउनुनै सजिलो र भर्पर्दो माध्यम हो, तपाई तल्लो तहका गरिबजनताको नेता हो भन्नेकुराको यो आर्को उदाहरण हो। Goa
सुन्दा कसैलाई नमिठो लाग्न सक्छ तर यथार्थ भन्न डराउनु हुदैन।यदि यसो गरियो भने आफैलाई अन्याय हुनेछ। अर्थ निर्माण, श्रम जस्मार्फत उत्पादन बिनाको पाटी निर्माण होस या कुनै पनि अभियान,उपदेश मात्र अब देश हितमा हुन सक्तैन।सिवाय केही औंलामा गन्नेहरुको लागि बाहेक । पसिना बगाउ...
जस्ले चलिरहेको प्रक्रियाभन्दा फरक बिचार सुनाउनेछन ,आजित जनता केहि हुने पो हो कि यो नै ठिक छ भन्दै त्यसैको पछि भाग्नेछन, निस्चित बिन्दुमा पुगिसकेपछि पारा त्यही हो, अरुको फाईदाको लागि केही नबुझी होस या बुझी बुझीपनि अन्धभक्त भएर जनता हतियार बनिरहनेछन ।
देशभित्र होस या देश बाहिर जिन्दगीभर कडा मेहनत गरि जिवनको उत्तरार्धमा एउटा सानो मोटर ले चल्ले साधन जोड्न पनि सोच्नुपर्ने जनताका नोकरहरुले भने आधाजिवनमै जिन्दगीका सबै सुखभोग गरिसके ।
परिवार होस वा समाज सवै मानिसहरू का समान सोचाई र एकैखालको भावना र दृष्टिकोणहरु हुँदैनन ,सवै खाले विचारहरु संग हामी सहमत नहुन पनि सकिन्छ तर असमत विचारहरु को सम्मान भने गर्नु उपयुक्त हुन्छ , यसो गर्नाले समाजमा सामाजिक द्वन्दको अन्त्य भई आपसी सद्भावको उदय हुन्छ.!✍️
शुभ प्रभात !☕️🙏