मानिसलाई दैनन्दिन औ पेशागत कर्मको मर्म अनुसार धर्म (निष्ठावान तवरले लगनशील हुनु) निभाउन उत्प्रेरणा र उत्साह चाहिन्छ । यो उत्प्रेरणा र उत्साह आफूले दिलमा सजाएका व्यक्तिबाट अविरल प्राप्त भयो भने त्यस्ता भाग्यमानी व्यक्ति जीवनमा कदापी पछि पर्नु पर्दैन ।
मानिसलाई दैनन्दिन औ पेशागत कर्मको मर्म अनुसार धर्म (निष्ठावान तवरले लगनशील हुनु) निभाउन उत्प्रेरणा र उत्साह चाहिन्छ । यो उत्प्रेरणा र उत्साह आफूले दिलमा सजाएका व्यक्तिबाट अविरल प्राप्त भयो भने त्यस्ता भाग्यमानी व्यक्ति जीवनमा कदापी पछि पर्नु पर्दैन ।
मानव निर्मित बाटाहरू: आकाशको बाटो, धर्ती��ो बाटो, पानीको बाटो, मनको बाटो जसले हामीलाई नजिक र टाढा पुर्याउछ ।
यी बाटाहरू मध्य सबभन्दा सोझो र द्रुत गतिको बाटो मनको बाटो रहेछ । यसैले मनको बाटोमा साबधानीपूर्वक यात्रा गर्नु है ।
सामाजिक सञ्जालमा आफ्ना विचार राख्दा गहिरियर अध्ययन अनुसन्धान गरी, कारण, प्रमाण र त्यसले समाजमा पार्ने प्रभावलाई केलायर त्यसबाट आउने तार्किक निष्कर्ष पस्कने गरौं कि, यसले व्यक्ति स्वयम् अनि समाजको सकारात्मक रूपान्तरणमा सार्थक सहयोग पुर्याउथ्यो कि, यो मेरो नितान्त व्यक्तिगत विचार।
@dil_nisani सामाज���क सञ्जालमा आफ्ना विचार राख्दा गहिरियर अध्ययन अनुसन्धान गरी, कारण, प्रमाण र त्यसले समाजमा पार्ने प्रभावलाई केलायर त्यसबाट आउने तार्किक निष्कर्ष पस्कने गरौं कि, यसले व्यक्ति स्वयम् अनि समाजको सकारात्मक रूपान्तरणमा सार्थक सहयोग पुर्याउथ्यो कि, यो मेरो नितान्त व्यक्तिगत विचार।
जीवनको स्वर्णिम समय फर्केर आउदैन तर असल सम्बन्ध र स्वर्णिम स्मृतिहरू हृदयमा सदाका लागि कुँदिएर रहेका हुन्छन् । असल सम्बन्ध र स्वर्णिम स्मृतिहरू जीवनमा भिटामिन टोनिक जस्तै हुन । यिनीहरूले हरपल व्यक्तिलाई उर्जाशील, सृजनशील, गतिशील र क्रियाशील बनाउन उत्प्रेरित गर्दछन् ।
जीवन एउटा यात्रा हो।एउटै समस्या यो हो कि जीवन आफ्नो मार्ग चित्र लिएर शुरू हुदैँन।आफ्न�� गन्तब्यमा पुग्ने बाटोहरूआफै खोज्नु पर्दछ।तिम्रो लक्ष्यअनुसारका उचित मार्ग खोजी त्यसैअनु��ुप अविरल गतिशील र क्रियाशील हुने हो भनेईच्छित गन्तव्यमा पुग्न सक्छौ।आफ्नो भाग्यको निर्माता तिमीआफै ह्वौ।
साच्चा गरीमा आफू माथी मौन रुपमा विजय प्राप्त गर्नु बाट उत्पत्ति हुन्छ । आफू माथी विजय प्राप्त गर्नु भनेको आफूले आफूलाई चिनी रिस, राग, ईर्ष्या, द्वेष, घृणा त्यागि अविरल आफ्नो कर्तव्य पथमा क्रियाशील एवम् गतिशील हुनु हो । सकारात्मक सोचका साथ आफ्नो कर्ममा तन मन देखि रमाउनु हो ।
आफ्नो कर्मको लक्ष्य प्राप्तिका लागि प्रतिबद्ध व्यक्तिले आफ्नो सद्प्रयाश कहिल्यै बिचमा छोड्दैनन् जस्ले छोड्छन् तिनीहरूले विजय कहिल्यै प्राप्त गर्दैनन् । कर्मको मर्म र धर्म अनुसारको विजय प्राप्त गर्न आत्म विश्वास एवम् धैर्यता सहितको अविरल गतिशीलता र क्रियाशीलता चाहिन्छ ।
कुनै सम्बन्ध स्थापित गर्नु हाम्रो विश्वासको उप�� हो, त्यस सम्बन्धलाई जीवित राख्नु हाम्रो त्यागको उपज हो,अनि त्यस्तै सम्बन्ध अभिवृद्धि गर्नु हाम्रो साबधानीको उपज हो।सम्बन्ध व्यक्तिको जीवन दृष्ट्रिकोण,आनीबानी,विश्वास,त्याग,र समर्पण भाव बाट उत्पत्ति एवम् पुष्पित र पल्लवित हुन्छ ।
आफ्नो जीवन्त जीवनलाई माया गर्न यति व्यस्त बन कि तिमीलाई घृणा, पश्चाताप र त्रसित हुन समय नै पुग्ने छैन । जीवन्त जीवन भनेको आफ्नो कर्तव्य र जिम्मेवारी प्रति सकारात्मक सोच सहित क्रियाशील हुनु हो ।
ज्ञान प्राप्त गर्नु मात्र सबथोक होईन; ज्ञानलाई व्यवहारमा उतार्नु पर्दछ । ईच्छा राख्नु मात्र प्रयाप्त हुदैँन; ईच्छालाई यथार्थमा क्रियान्वयन गर्नुपर्दछ । दैनन्दिन जीवनमा उपयोग नहुने ज्ञान केवल वुद्दि विलास हो । यथार्थमा क्रियान्वयन गर्न नसकिने ईच्छा राख्नु समयको बर्बादी मात्र हो ।
जीवन एउटा फूल हो । फूलरूपि जीवनमा प्रेम त्यस्को म��ु हो । सकारात्मक सोच सहित सुकर्म र सुकृतिका लागि कटिबद्ध हुने जीवन साच्चै फूल हो । कसैप्रति द्वेष,ईर्ष्या र घृणा नगरी समवेत समावेशी भाव राख्नु प्रेम हो । प्रेम पूर्वक गरिने सृजनशील सुकर्म र सुकृति समाजका लागि बहुउपयोगी मधु हुन ।
सबैजसोले सुन्दर पृथ्वी हाम्रा सन्ततिहरूलाई हस्तान्तरण गर्ने कुरा गर्दछन । सुन्दर पृथ्वी भन्दा पनि सचेत सन्तति पृथ्वीलाई हस्तान्तरण गर्न��� तथ्यमा हाम्रो ध्यान हुनु पर्दछ । सचेत सन्ततिले प्रकृतिका स्वचालित प्रणालीहरूको सम्मान गर्दछन ।