अहिले को बिषम अवस्था मा नेपाल राष्ट्र बैंक र नेपाल बैकर एसोसियेशन को प्रयास को वाबजुत पनि केही बैंक हरु को निक्षेपको व्याज दर बृद्दी को होडबाजी ले अर्थतन्त्र मा नकारात्मक असर पर्ने निश्चित छ ।
नेपाल मा राजनीतिक बहस सकेर आर्थिक बहस को शुभारम्भ होस भनेर चाहना गर्ने हरु फेरी एक पटक हारेका छन । तर हरेस नखाऔ । निरन्तर आर्थिक बिकास मा अगाडी बढी रहौ ।
बिद्युत माग बढ़ी हुदा अतिरिक्त महसुल लिई उद्योग लाई बिद्युत बिक्री गर्ने प्राधिकरण ले बिद्युत माग कम हुदा मुल्य कम गरी माग बढ़ाई बढ़ी भएको बिद्युत खपत गराउनु सामान्य व्यवसायीक सिद्धान्त हो भन्ने बुझनु पर्दछ ।।
गणतान्रिक नेपाल को संबिधान ले शिक्षा , स्वास्थ्य लगायत धेरै कुरा हरु लाई नेपाली जनताको मौलिक अधिकार भनेर व्याख्या गरेकोमा कोरोना को उपचार बाट सरकार पछि हटनु बिडम्बमा ।। अनि सोच्न बाध्य हुन्छु हामीले तीरेको कर के को लागी ??!
आज संबिधान दिवस ,१७ हज़ार नेपाली को वलिदान , १० बर्षे जन युद्ध , ५० बर्ष को राजनीतिक अस्थिरता , संबिधान जारी भेसके पछि पनि महिनौ नाकावन्दी । यसरी प्राप्त गरेको संघिय गणतान्त्रिक संबिधान ले सम्पुर्ण नेपालको समान हक़ र अधिकार सुनिश्चित गर्न सकोस ।संबिधान दिवस को शुभकामना ।।
आज बिश्वकर्मा पुजाको दिन , साथै आजै सरकार ले निषेधाज्ञा हटाई यातायात र धेरै जसो व्यवसाय पुर्ण रुपमा सन्चालन को लागि अनुमति दिएको दिन , बिश्व कर्मा को कृपाले अब उपरान्त यातायात तथा सम्पुर्ण कलकारखाना पुर्ण रुप मा निरन्तर सन्चालन को कामना सहित शुभकामना ।।
सरकारले रोग सगं मात्र नभै भोंक संग्ग पनि लडन को लागि लकडाउन हटाएको हो । संक्रमण बढदो छ , हामी व्यापार व्यवसाय गर्दा सबै स्वास्थ्य प्रोटोकल हरु राम्रो सगं पालना गरौ । अर्को लकडाउन गर्नु पर्ने अवस्था आउन नदिऔ ।।
लोकतन्त्र भनेको जनताबाट चुनिएर जनतालाई शासन गर्ने प्रणाली , यहाँ स्थानीय तह सम्म को सरकार छ । जसले अधिकत्तम तह सम्म जनता सगं सहकार्य गरेर जनताको भावना समेटेर कार्य गर्न सकोस । स्थानीय सरकारले जनता सगं सहकार्य नगरी समाधानको उपाय हरु मा छलफल नगर्दाको परिणाम को हिजो को पाटन घटना ।
लकडाउन नगरों संक्रमण भयावह रुपमा फैलने , गरौ जनता भोंकै मर्ने ।
खुल्ला सिमा मा नियन्त्रण र हामी सबै जना मा चेतनाको बिकास नहुने हो भने लकडाउन २ , ३, ४ , ५ सिरिंज चलिरहने ।
बिश्व बैकले कोभिडका कारण नेपालले लिएको ऋणको साँवा र ब्याजको भाका एक वर्ष सार्ने तयारी ।१४ खर्ब ऋणको भार बोकेको राज्यलाई पछिल्लो १ वर्षमा मात्रै ८५ अर्ब साँवा र व्याज ।कोभिडको अन्त्य हुदा सम्म साँवा र व्याज capitalize गर्दै जादा व्यसायी लाई त्यही ऋणको बोझले थिच्रर उठनै नसक्ने ।
लकडाउन १ समाप्ति लगतै दैनिकी सुचारु हुदां के हामी ले सबै स्वास्थ्य पोटोकल पालन गर्यौ ?? गरेनौ ।।परिणाम लकडाउन २ अझै चेतेनौ भने लकडाउन को कति सिरिंज सम्म जाने हो थाहा छैन , तर निश्चय नै त्यस बेला सम्म धेरै जना कोरोना को शिकार हुनेछन र अर्थतन्त्र पनि तहस नहस भै सकेको हुनेछ ।।