तिमी र म - हामी बन्नुपर्छ
एक अर्काको बानी बन्नुपर्छ
थकाइ मार्ने कोमल सिरानी बन्नुपर्छ
म राजा तिमी मेरो रानी बन्नुपर्छ
तिमी मेरो यात्राको सुनौलो बिहानि बन्नुपर्छ
माया र प्रेमको निशानी बन्नुपर्छ
हामी दुबै सँगै खरानी बन्नुपर्छ
तिमी र म हामी बन्नुपर्छ।।
ऊ अत्तर सुन्दर फूलकी
ऊ सौन्दर्य सौम्य रातकी
छन् हजार बात यो मनमा
ऊ नायिका हरेक बातकी ।
नीलो उसको आँखामा कमल भएर फुलिदिऊँ !
उसकै यादमा डुबूँ र आफैलाई भुलिदिऊँ !
ऊ तृप्ति हो हर तृष्णाकी शीतलता हो आँतकी
ऊ हर्जा हो मनकी ओखती हो आर्तनादकी ।
"जिन्दगीको बतास सधैं शान्त भएर बहन्छ भन्ने छैन । जिन्दगीका रूखहरू सधैं हरियाली हुन्छन् भन्ने छैन । जिन्दगीका खेतहरू सधैं भरिभराऊ हुन्छन् भन्ने छैन ।ती चराहरूले के आँधीबेहेरीपछि गुँड बनाउन बिर्सन्छन् र ?
सोचहरू नै त थिए, जसले मेरो साथ कहिल्यै छोडेनन्, एक सेकेन्ड पनि ।जो हरबखत घुमिरहन्थे मैसँग, बाँचिरहन्थे मैसँग । खाँदा, पढ्दा, केही काम गर्दा वा टोलाएर बस्दा, तिनीहरू नै त थिए, जसले मलाई संकेत दिन्थे कि म एक्लो छैन । हुन पनि ती मात्र थिए, मेरा आफ्ना भन्नु । मात्र ती !