सुनसरीमा भएको के हो? मान्छे मरेको छ। मान्छे घाइते छन्। द्वन्द्वको स्थिति छ। कर्फ्यू लागेको छ। सेना सडकमा ल्याइएको भनेर समाचार आएको छ। घटना र ‘सेक्युरिटी स्टाटस’बारे सरकारको गृह प्रशासनबाट आधिकारिक जानकारी दिनु पर्दैन? सरकारसँग गृह त भयो नै थप सूचना मन्त्रालय पनि छ। यसरी अथोरेटी भाग्न मिल्छ? मिल्दैन।
नेपाली मिडिया कतिसम्मको लैतडी छ भने– निर्वाचनको पूर्ण परिणाम आइसकेको छैन तर ‘बालेन र रवि’ जुधाउन हतारो भइसक्यो। प्रधानमन्त्रीमा 'सिंगेजोरी' परिदिए हामीलाई मज्जा पनि हुन्थ्यो, हाम्रा गुरु दलका नेताका ओठमा मुस्कान पनि आउँथ्यो भन्ने आशयसहित ‘कम्पोज’ गरिएका समाचारले न लोकतन्त्रको स्वास्थ्यलाई फाइदा गर्न न पत्रकारिताको मर्म उँचो हुन्छ। संयमित् हुने बेला पत्रिकारिताले पनि संयम राख्न जान्नु पर्छ। प्रश्न गर्ने बेला प्रश्न गर्नु पर्छ। 🙏
बधाई, टिम नेपाल!
नेपाल तेस्रोपटक (लगातार दोस्रोपटक) टी–ट्वान्टी विश्वकप प्रतियोगिताका लागि छनोट भएकोमा हार्दिक बधाई।
यसमा खेलाडीहरू तथा सम्पूर्ण टिमको अथक मेहनतको प्रशंसा गर्दछु।
विश्वकपमा उत्कृष्ट प्रदर्शनका लागि शुभकामना। क्रिकेटको विकासमा सरकारको साथ र सहयोग रहनेछ।
यूनिफार्ममा भएको विधार्थीलाई गोली हान्यो- मतलब छैन विधार्थी संगठनलाई !
तर- गोली चलाऊन आदेश दिने दलको प्रमुख माथी उजूरी गर्यो तुरन्त जाई लाग्यो!
यसैले दलिय भ्राति संगठन- चाहे त्यो विधार्थीको होस वा प्रसाशनको वा प्राध्यापकको वा शिक्षकको- खारेज गर्नू पर्छ!
सम्मानित पेशालाई सम्मानित रहन देउ! विधार्थीलाई विधार्थी रहन देउ!
#GenZRevolution
#YouMurderedOurChildren
#Sept8
#WeWillNotForget
Gen Z आन्दोलन र बलिदानीको जगमा बनेको अन्तरिम सरकारको संचार तथा सूचना प्रबिधि मन्त्रीको जिम्मेवारी पाएको छु। हजुरहरुको आशा, विश्वास तथा भरोसालाई कायम राख्दै तपाईंको साथमा परिवर्तनका लागि अघि बढ्ने प्रण गर्दछु।
म चाहिँ यो मन्त्रिपरिषदसँग सडक, विजुली, कुटनीति, ब्ला-ब्ला केही अपेक्षा राख्दिनँ। जम्मा तीनवटा काम गरोस्। पहिलो, हाम्रा सन्तानका हत्यारा केपी ओलीदेखि रमेश लेखकसम्म, यो फेरोमा को को सँलग्नछन् छन्, यिनलाई कानुनी खोरको बाटोमा ल्याइयोस्। दोस्रो, सार्वजनिक र नीजि सम्पत्ती ध्वस्त पार्ने घुसपैठीया लुटेराहरुलाई झ्याप–झ्याप समाउँदै खोरमा जाकियोस्। र, तेस्रो ०४६ देखि ०८२ सम्म राज्य दोहन गर्ने सबै दोहक भ्रष्टहरुको बासलात सोधखोज होस्, र यिनीहरुको सम्पत्ती राष्ट्रियकरण गर्ने काम होस्।
–चुनावबारे बोल्नै पर्दैन। चुनाव नभए देशमा अर्को आन्दोलन भइजान्छ। लोकतन्त्र त चाहिन्छ नै।
हेल्लो हत्याराहरु! तिमीहरुको ब्रम्हलुट, सिण्डिकेट र भ्रष्टाचार सञ्जाल अनि अहंकारका कारण आर्यघाटमा देखिएको यो दृश्य हामी र हाम्रा सन्ततीले बिर्सेलान् भनेका हौला। तिमी संविधानका धारा खोज, समयले हाम्रा सन्तानका रगतका धाराको मूल्य खोज्नेछ। खोजिरहनेछ।
थप जिम्मेवारी 🙏
हजुरहरुको माया ,आशीर्वाद ले पुन
ऊर्जा र भौतिक तथा सहरी विकास मन्त्री को जिम्मेवारी पाएको छु ♥️
हार्दिक धन्यवाद साथै सम्पुर्ण नेपालीहरुमा ।
बधाई ❤️
I QUIT !
मैले पार्टी छोडेँ !
कहिलै गल्ति नस्विकार्ने । गल्तिमाथि गल्ति गरिरहने र त्यसको बोझ पार्टीका सबैले बोकिदिनु पर्ने । पार्टीभित्र आलोचना गर्नेहरूका विरूद्धमा मिडिया ट्रायल गर्ने । जहिलेदेखि राष्ट्रिय स्वतन्त्र पार्टीले देश भन्दा माथि पार्टी र पार्टीभन्दा माथि नेतालाई राख्न थालेको हो, त्यति बेला देखि नै आलोचना गर्दै आएको हुँ । तर त्यसले कत्ति पनि फरक पारेन । अझ उल्टै मीडिया ट्रयाल हुन थाल्यो । यो स्विकार्य छैन ।
अब खुल्लारूपमा आक्रमण गर्ने हो भने पनि सजिलो बनाइदिएको छु । मनलाग्दी चलुन्जेल मनलाग्दी गर्नु होला ।
कांग्रेस एमाले लगायतका पार्टीका तेस्रो पुस्ताका नेताहरू पनि यो सोच्नुहोस् । आजको दिनको परिस्थिति आउन तपाईहरूको भन्दा बढि तपाईहरूको नेतृत्वको बहेराले हो । त्यो किन बोकेर बस्नु हुन्छ ? अहिले सहि समय आएको छ । आफ्ना नेताहरूलाई पुजा गर्न बन्द गर्नुहोस् । कि हटाउनुहोस्, कि हट्नुहोस् ।
नेपालको अन्तरिम सरकारको प्रधानमन्त्रीको रूपमा पदभार ग्रहण गर्नुभएकोमा सम्माननीय श्रीमती सुशीला कार्कीज्यूलाई हार्दिक शुभकामना। नेपालका दाजुभाइ तथा दिदीबहिनीहरूको शान्ति, प्रगति र समृद्धिप्रति भारत पूर्ण रूपमा प्रतिबद्ध छ।
प्रधान सेनापति र सुरक्षा निकाय प्रमुखहरुबाट धनजनको थप क्षति हुन नदिन तथा राजनैतिक संवादको माध्यमबाट शान्तिपुर्ण समाधान निकाल्न अनुरोध । सेनासहितको संलग्नतामा बालेन शाह र जेनजी प्रतिनिधिको वार्ता सुरु हुने संकेत । रबि लामिछाने पनि नख्खु जेलबाट निस्किए ।
Nepal protest is primarily against corruption and misgovernance. Social media ban was just the tipping point.
Why is Indian Godi media misleading people by not showing the reality?
On my return from Himachal Pradesh and Punjab today, a meeting of the Cabinet Committee on Security discussed the developments in Nepal. The violence in Nepal is heart-rending. I am anguished that many young people have lost their lives. The stability, peace and prosperity of Nepal are of utmost importance to us. I humbly appeal to all my brothers and sisters in Nepal to support peace.
*जेनजीलाई प्रश्न*
हेल्लो जेनजी! ऐतिहासिक भवनदेखि व्यापारिक कम्लेससम्म अनि बैंकदेखि किशोरकिशोरीका होस्टलसम्म लुटपाट र आगजनी भएको छ। सार्वजनिक सम्पत्तीहरु दनदनी जलेका छन्। अपराध गरेर कैद भुक्तान गरिरहेकाहरु फेरि सडक र वस्तीहरुमा निर्वाध पुगेका छन्। सिंगो देश आन्दोलनको गर्व, साहदतको साहसमा स्वास फेर्न नपाउँदै आतंक र लुटपाटले त्रस्त हुन थालेको छ।
के तिम्रो आन्दोलनको एजेन्डा यही थियो? भोलि तिम्रो प्रतिनिधी सरकारमा सामेल भइरहँदा यसको जवाफ उसले पनि दिनुपर्नेछ।