कति बाहिर मात्र हेर्छौ?
बाहिर पनि हेर, नहेर भनेको हैन
तर आफूभित्र पनि हेर।
आफूभित्र नहेरी बाहिर हेरेको
न ठिक ठिक देखिन्छ
न त ठिक ठिक बुझिन्छ।
आँखा सफा राख
मन शुद्ध राख
नियत स्वच्छ राख
वचन प्रस्ट राख!
शुभ होस्!
अभिवादन!
मानिसले जीवनलाई आज जे बुझ्यो
त्यो नै अन्तिम बुझाइ रहदैन।
न जीवन जहाँको त्यहीँ रहिरहन्छ
न त बुझाइ अपरिवर्तनीय हुन्छ।
विकाससँगै बुझाइ पनि फेरिदै जान्छ
युगौँ युगौँदेखि मानिस जीवनलाई हेर्दै छ र बुझ्न खोज्दै छ।
सन्दर्भ फेरिदा बुझाइ र क्रिया पनि फेरिनु स्वाभाविक छ।
शुभ होस्
अभिवादन
मान्छेको रोमान्चकता नै छुट्नुमा छ। छुटेको गाउँ, छुटेको घर, छुटेका साथी, छुटेको प्रेम, छुटेको दुख, छुटेको सुख आदि जस्ता मजाका कुराहरू संझनामा छन् र पो जीवन यति रमाईलो छ। यस्ता सबै कुरा नछुटेका भए हाम्रो जीवन धेरै बोझिलो हुन्थ्यो।
ज्ञान आर्जन गर्नु राम्रो हो
धन कमाउनु राम्रो हो
बलियो हुनु राम्रो हो
स्वच्छ सुन्दर रहनु राम्रो हो
ख्याति पाउनु राम्रो हो
जति राम्रो भए पनि सामान्य रहनु झन् राम्रो हो।
शुभ होस्
मानिसका आफ्नै नियम हुन्छन्
जुन उसले पालन गर्ने गर्छ
केही उसले जानेर बनाएको हुन्छ
केही नजानेरै उसको आचारले देखाएको हुन्छ।
मानिसले समय समयमा सचेत वा अवचेत रूपमा
आफ्ना नियमको समीक्षा पनि गर्छ।
कति सुधार गर्छ त्यो बेग्लै कुरा हो।
असल नियम र अभ्यास पनि सुधारशील हुनुपर्छ।
शुभ होस्।
प्रिय,
गल्ती हुन सक्छ
मबाट हुन सक्छ
तिमीबाट हुन सक्छ
जसबाट पनि हुन सक्छ
महामानव ठानेका मानिसबाट पनि हुन्छ।
गल्ती स्वीकार गर्ने गरौँ, प्रिय
जहाँ गल्ती स्वीकारिदैन
गल्ती देखाउन डराइन्छ
त्यहाँ प्रेम हुँदैन, प्रिय
त्यहाँ गल्ती पनि सच्चिदैनन्।
आऊ गल्ती हैन, प्रेम फैलाऔँ!
शुभ होस्
तिमीलाई मैले भेट्नै बाँकी छ
आफ्नो लक्ष्यमा पुग्नै बाँकी छ।
म बसेको छैन हिँड्दै छु
नठान पछाडि रहिरहने छु।
तिमीलाई म भेट्छु भेट्छु
लक्ष्यमा म पुग्छु पुग्छु।
शुभ होस्
संसारमा आउनको लागि त अनिवार्य रुपमा आमा-बुबाको बाटो भएरै आउनुपर्छ, तर आईसकेपछि जीवनको बाटो आफैले बनाउनु पर्छ।
आफ्नो बाटो कहिल्यै आफै बनाउन नपर्ने त कम्युनिष्ट पार्टीका कथित दोश्रो पुस्ताका नेताहरूलाई मात्र हो। बुढाहरूले टिका लगाईदिन्छन् भनेर निधार थाप्दाथाप्दै जीवन सकियो।😀🤣
सार्वजनिक यातायातमा कौडी नर्खिचिने धुर्त सरकारले सवारी साधनको लाइसेन्स किन वितरण गर्नुपर्यो? दस बर्षमा पनि 'लाइसेन्स-कार्ड' बनाउन नसक्ने नालायक यातायात विभाग खारेज गर!
कुनै भरपर्दो नीजी कम्पनीबाट 'आउटसोर्सिगं' गर्दा हुन्छ। नालायक सरकारले भन्दा लायक विचौलियाले खाएको राम्रो।
पञ्चायतमै पनि 'म'जस्ताले जर्मनी जान पाउँथे, तर प्रजातन्त्रमा 'तँ'जस्ताको चरम दूरुपयोगले त्यो बन्द भयो। यसरी नै 'तँ'जस्ता नेताका मानव तस्करीलालयीत पत्रले 'म'जस्ता आम नेपालीलाई अमेरिकी भिसामा एक-दुईवर्ष कुर्ने बनायो। 'म'को यो दुःखको दोषि 'तँ'जस्ता तस्कर नेता हो के। अण्डरस्टुड 🔔?😡
संबन्ध भनेको थप खुसी, सुखी र सहयोगी होस् भनेर कायम राख्ने हो। जब संबन्धले नै थप चिन्तित, दुखी र असहाय बनाउँछ भने जुनसुकै संबन्धलाई पनि सकेसम्म चाँडो अलग गरिदिनुपर्छ।
समाज, आफन्त र साथीभाईले के भन्लान भनेर आफैलाई दुख दिने संबन्धलाई जोगाउन खोजियो भने त्यसको परिणाम अझ दुखदायी हुन्छ।
जीवन
शिक्षक पनि हो र शिष्य पनि
केही सिकाउँछ केही सिक्छ।
मानिस शिक्षक शिष्य दुबै हो
सिक्छ पनि सिकाउँछ पनि।
शिक्षा नदिने शिक्षा नलिने मानिस हुँदैनन्
कम-बेसी असल-कमसलको मात्र फरक हो।
हरेक जीवनले जीवनभर
केही न केही सिकिरहेको हुन्छ
सिकाइरहेको हुन्छ।
असल सिकौँ
असल सिकाऔँ
शुभ होस्
नमस्कार
संघर्षमा दुःखकष्ट हुन्छ
अप्ठेराहरू पनि दुःख हुन्
तिनका विरुद्ध लड्दा पनि दुक्ख हुन्छ।
तर दुःख नउठाई अगाडि बढिदैन
अगाडि बढ्ने प्रयास नगरे मानिस बनिदैन।
पूरा गरेको ध्येयबाट अर्को ध्येयतिर
जीवन त्यही हो
गति भैरहनुपर्छ
गतिमा कष्ट हुन्छ
तर सुख पनि त्यहीँ हुन्छ।
शुभ होस्
मनका कुरा 040
निष्क्रिय रिस कसैसँग नरिसाऊ
उसलाई त केही हुँदैन
तिम्रै मन अशान्त बन्छ
तिम्रै टाउको दुख्न थाल्छ।
मलाई थाहा छ
रिस लाग्दा मन कसरी दुख्छ।
काममा समेत बाधा पुग्छ
आफ्नो काम र मनको ख्याल राख
नरिसाऊ।
रिसाउनै परे प्रेरक रिस रिसाऊ
सक्रिय रिस रिसाऊ
नत्र नरिसाऊ!
शुभ होस्
नमस्कार
दिन राम्रा रहुन्
जीवन आफ्नै हो
जस्तो बनाउन मन लाग्छ बनाउने हो
आफूले सक्दो परिश्रम भने गर्ने हो।
जीवन आफ्नै हो
जसरी जिउन मन लाग्छ जिउने हो
आफ्नो बुद्धिविवेक भने लगाउने हो।
जीवनलाई स्वतः बग्न दिन हुँदैन
बेसहारा छाड्न हुँदैन
कम्तीमा, आफूले त सहारा दिइरहनुपर्छ।
शुभ होस्
नमस्कार
काम गर्दा होसियार हुनुपर्छ
कामकेन्द्रित रहनुपर्छ
गल्ती गर्नबाट जोगिनुपर्छ।
तर
गल्ती त्यसैले गर्छ
जसले केही कर्म गर्छ
केही नगर्नेले गल्ती गर्दैन
तर नगर्ने गल्ती भने गर्छ।
शुभ होस्
नमन
आवश्यक देख्दा
स्थान परिवर्तन गर्न हुन्छ
सोच परिवर्तन गर्न हुन्छ
पेशा परिवर्तन गर्न हुन्छ
संगत परिवर्तन गर्न हुन्छ।
तर
कर्मशीलता त्याग्न हुँदैन
आशा त्याग्न हुँदैन
विश्वास त्याग्न हुँदैन
सिकाइ त्याग्न हुँदैन।
केही यस्ता कुरा हुन्छन्
जसलाई जीवनभर साथ राख्नुपर्छ।
शुभ होस्