एकमहिना पछि जाँचबुझ गर्ने भनेको के हो ? 'सुन युध्द' गरिरहेकाहरुलाई अरु १०/२० टन सुन भित्र्याउन समय दिने भनेको हो ? म त कुरा ढिलो बुझ्ने मान्छे परें , लौ न मेसो पाउनेले बुझाई दिनुस् ।
शेरबहादुर देउवाले ओलीसंग सत्ता रक्षाको याचना गरेको सुनियो।परमादेश जारी गराएर ओलीलाई सत्ताच्युत गराएको अध्यादेश ल्याएर एमाले फुटाएको मा यिनले सार्वजनिक रुपमा पश्चताप गरेका छैनन् । नेपाली राजनीतिका विद्रुप पात्र देउवालाई काँधहाल्नु अघि एमाले नेताहरुले धेरै सोचविचार पुर्याउन पर्छ।
सरकारले पेस गरेको बजेट जति राम्रो भए पनि 'एक रुपैयाँ खर्च कटौती ' प्रस्ताव राखेर भने पनि बिरोध जनाउने संसदीय परम्परा हो। सत्ता गठबन्धन संगै बहुमत भएकोले एमसिसिको सबालमा पनि एमालेले प्रतिपक्षी धर्म निर्वाह गर्नु पर्छ । यो पास वा फेल गर्ने सत्ताधारीहरुको जिम्माको कुरा हो ।
धेरै नेपाली गीतलाई समेत आफ्नो सुमधुर आवाजले सजाउनु भएकी भारतकी प्रख्यात गायिका लता मङ्गेशकरको निधनको खबरले मलाई दुखी बनाएको छ । असाधारण प्रतिभाकी धनी दिवंगत लता मङ्गेशकरप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु ।
भारतको वजेट भाषण सुन्दै छुँ। भारतले १४सय ८६ वटा संघीय कानुन खारेज गय्रो रे। किन भन्दा, अति कानुनले गर्दा प्रकृयामा अल्झिएर विकासका काम र जनताको अपेक्षा कानुन मै बल्झिएर कमजोर भयो रे।सीमित सरकार र प्रभावकारी शासनको अर्थ परिणामदायक कार्य प्रणाली हुन्छ भनेर त्यसो गरिएछ।सत्य कुरा।
डा. पौड्याललाई केही निजी अस्पतालले आकर्षक तलब-सुविधा सहित नडाकेका होइनन्, तर सरकारी अस्पतालमै केही गर्न चाहन्छन्। उनी भन्छन्, “यत्रो वर्ष लगाएर शुरू गरेको बोनम्यारो प्रत्यारोपण बन्द नहोस् भनेरै म जागीरको सुनिश्चितता नभए पनि सिभिलमा बसिरहेको छु।”
https://t.co/nUJy4oMunE
गठबन्धन चुनावबाट भाग्न खोज्छ भने राष्ट्रपतिको समर्थनमा सेनाले टेकओभर गर्नु पर्छ । र तीनै तहको निर्वाचन समयमै संपन्न गरेर निर्वाचित सरकारलाई सत्ता सुम्पनु पर्छ ।
बिज्ञानले चिकित्सा शास्त्रको बिकाश गर्नु अघि मृत्यु भएको परिवारजनलाइ १३ दिन नछोइ राख्ने चलन(क्वारेन्टाइन) त्यो बेलाको इपिडेमिक रोग फैलिन नदिने बिज्ञान रहेछ, पुर्खा कति दुरदर्शि!