Dedicated for People's sovereignty, Pluralism, Rule of law and Human Rights. Coordinator of Joint Pple's Movement Coordination Committee, Eastern Region-1990.
@partipakshya अब गर्ने प्रदर्शन यस्तै यस्तै हो। हुनुपर्ने सरसफाईको संस्थागत अनुशासित प्रवन्ध जसमा अनुगमन अभिलेख र मूल्याङ्कन प्रणाली समेत भरपर्दो होस्। गृहमन्त्रीले अवकाश पाउँदा पनि त्यो प्रकृया निरन्तर रहोस्।व्यक्तिको प्रचारको लोभले काम गर्दैन।
@Nepal_Telecom ग्राहकले FTTH नविकरण शुल्क बुझाएपछि रकम पाएको र फलानो मिति सम्मलाई फलानो फलानो सुविधा नविकरण भयो भनेर सधन्यवाद जानकारी समेत गराउनु पर्दैन? तपाईको डिजिटल व्यवस्थापन भाणमा जाओस् कि के? @HelloSarkar
कन्काइ नगरपालिकाको मेयरको घरमा ८० किलो सुन भेटियो भन्दै भ्रम फैलाएर वृद्द हजुरबा-आमाको यस्तो अवस्था हुनेगरी बितण्डा मच्चाउने भाग्य न्यौपाने र तोडफोडमा संलग्न रास्वपा नेता कार्यकर्तालाइ कहिले कारबाही हुन्छ?
@hamrorabi जी, प्रम बालनलाई बोझ बढी भयो।हल्का बनाइदिने तर्फ सोँच्नु जाति। सभामुख पनि बालापनबाट उम्किन बाँकी देखियो। भारतीय र अन्य अन्तर्राष्ट्रिय क्षेत्रबाट हाम्रो प्रम प्रति भइरहेको टिप्पणीले नेपालीलाई दुखित बनाइरहेको त बुझ्नुभएकै होला। शुभकामना।
@Birvikk नेपालको जनसंख्या र परिवारको संख्या थाहा छ ?जनसंख्या झण्डै ३ करोड।परिवार ५० लाख भन्दा बढी।कतिजनाकहाँ पुग्छन् सुधन?त्यसैभएर दलहरु चाहिएको हो।आवश्यकता र अपेक्षाको शंस्लेषण गरेर क्षेत्रिय वर्गीय र पेशागत आवस्यकतालाई पहिचान र प्राथमिकता दिन बिचार चाहिएको हो। व्यक्ति त अस्थायी तत्व हो।
राजनीति, अनुसन्धान (विश्वविद्यालय) र उद्योग - देश रूपान्तरणका तीन खम्बा।
पहिलो खम्बा जनताले पुरा गरे, दोस्रो आजको बजेटले शुरुवात गर्यो र अब तेस्रो खम्बा उद्योग बन्दा, देश ढुक्क बन्छ।
हामी सही बाटोमा छौँ।
चोरले चोरेको सामान फिर्ता गय्रोभने उन्मुक्ति पाउँछ र? त्यसमाथि अहिले सार्वजनिक घटनामा ओली प्रधानमन्त्री हुँदा, चोरले पहिले सरकारी कोष चोय्रो।अनि फिर्ता गर्न पार्टी कोष चोय्रो।अझ चोय्रो भनौँ कि डाँका हाल्यो भनौँ? हाकाहाकी?
@ameetdhakal@SharmaShova अ नामवालालाई बधाई दिनुपर्ने भयो।जानु नजानु अर्कै कुरा तर सरकारले छान्दा अ वा ए अक्षरले अरुलाई जित्ने पय्रो। मेरो जस्तो स वा एस ले ढिलो मात्र पालो पाउने भयो।
देश त चटक हुने भयो कि क्या हो?
न्यायका निजी मापदण्ड बनाउँदैछन् बालेन।बुख्याँचा पार्टीको रुपमा रास्वपाको नयाँ कलेवर प्रकट हुँदैछ।
जनताको आस्था विश्वास र भरोसामा यो तहको धोखाखडी अप्रत्याशित छ।
सच्चियुन।
शुभकामना।
@Bishnusapkota@aneelraz पुरै एकाङ्गीपन देखाउनु भएको छ तपाईले। लोकतन्त्रमा संविधान कागजको थुप्रो मात्र होइन। बहुमतको अर्थ शाश्वत सर्वाधिकार पनि होइन। अघिल्लाले मनपरी गरे त्यसको बदलामा अर्को मनपरीलाई जायज ठहय्राउन पनि सकिन्न। तपाईको बिगतका अडानबाट यस्तरी बिचलित हुनुको कारण के होला? आस्चर्यचकित छुँ म।
@narayanwagle सर्वाधिक हुल्याहा मति र विवेकशून्यहरु आफूलाई खाँटी घण्टी-पार्टीको हुँ भन्ने दाबी गर्ने क्रममा यति असभ्य छुचो सन्दर्भहिन बकवास गर्छन् कि भनिसाध्य छैन।
रास्वपाका उपल्ला समेत विगतको सारा कमिकमजोरीको महाभारत पाठ गर्दै आफूलाई चोखो सावित गर्न बल गर्छन्।
प्रश्न त हैसियत वालालाई गरिन्छ।
घण्टी पार्टी विशुद्ध प्राविधिकहरुको जमात हो र? जहिले पनि कुन कानुन कुन नियम भन्दै कुर्लिन्छन्।यीनलाई कसरी सम्झाउने विवेक परम्परा र औचित्य सबकासब कानुनमा संविधानमा भेटिन्न। तिमी असल नजीर स्थापना गर्न, सिर्जना गर्न आएका हौ कि बिगतका अविवेकी ढाँचा शैलीलाई मात दिन? हैरान पार्छन्।
प्रधानमन्त्री संसदमा नबोल्ने? के ठान्छन् प्रधानमन्त्री आफूलाई? के यही हो उत्तरदायी र लोकतान्त्रिक सरकार? कुनै पनि अवस्थामा प्रधानमन्त्री संसदप्रति उत्तरदायी हुनै पर्छ। र, प्रधानमन्त्री स्वयं उपस्थित भई सांसदहरूले सोधेका प्रश्नको जवाफ दिनु पर्छ। अन्यथा जनप्रतिनिधिमूलक व्यवस्थापिकालाई कार्यपालिका प्रमुखले यसरी हेप्नु सर्वाधिक अलोकतान्त्रिक र असभ्य कुरा हो।
रास्वपा: यही हो तिम्रो सुशासन?
रास्वपा सांसदहरू प्रधानमन्त्रीलाई उत्तरदायी बनाऊ। रवि लामिछाने सभापतिको हैसियत प्रमाणित गर।