संविधानप्रदत अधिकार अनुसार जनताले शान्तिपुर्वक प्रदर्शन गर्न पाउनुपर्छ । शान्तिपुर्ण प्रदर्शन र आमसभामा दमन गर्ने सरकारको कदम गलत हो । हरेक नागरिकले शान्तिपूर्ण आमसभा गर्ने, आफ्नो मत राख्ने अधिकार संविधानले प्रदान गरेको छ ।
चलचित्र को पुर्ण बहादुर भन्दा पनि नक्कली बैंक ब्यालेन्स नक्कली आय श्रोत देखाएर छोरा छोरीलाई अमेरिका बेलायत अष्ट्रेलिया पठाउने बुवाहरु को पो सहि माने मा सारङ्गी बजेको देख्छु।
सुन तस्करी विरुद्ध संसदमा दह्रोखह्रो आवाज उठाएर देशको ध्यान तानेका र जनताको मन जितेका निर्वाचित सासंद सुनिल शर्मा पक्राउ पर्नु अत्यन्त दुःखद खेदजनक छ, उहाँको यथाशीघ्र रिहाई होस्। देशको भलो चाहनेलाई जेल, यो कहाँको न्याय हो सरकार?
नक्कली भुटानी शरणार्थी बनाएर लैजाने ठगि प्रकरणको अनुसन्धानका क्रममा 'ठगि गिरोहको भिआइपी जालो'उजागर हुँदै गएको छ।यो प्रकरणमा गृह प्रशासनको प्रयास प्रशंसनीय छ।यो घटना होइन प्रवृत्ति हो।अझै गहिरोसँग अनुसन्धान होस्।कोही नछुटुन।संलग्न जोसुकै,जुनसुकै ओहदा र शक्तिको होस्,कानून भन्दा माथि कोही हुँदैन।
कांग्रेस छाडेर तनहुँ–१ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेद्वारी दिएका स्वर्णिम वाग्लेलाई लक्षित गर्दै कांग्रेस महामन्त्री गगन थापाले भने - 'टुरिस्ट उम्मेदवारलाई तपाईंहरुले भन्नुपर्छ यहाँको कांग्रेस चोकमा राखेको मादल होइन।' || Gagan Thapa ||
https://t.co/8QymIu4UWb
नेकांका वर्तमान पार्टी सभापति र उहाँको किचन क्याबिनेटलाई एक बर्षमा २ लाख क्रियाशील सदस्यले पार्टी छाडेपनि फरक पर्नेवाला छैन। 'सात लाख त बाँकी नै छन् नि बाबा !' भनेर खित्का छाडिछाडी हाँस्नेवाला टिम हो त्यो ! फरक पर्नुपर्ने कांग्रेसको रिब्राण्डिङ गर्ने चाहना राखेकाहरुलाई हो !
रामचन्द्रजीलाई बधाई! तर,
१. राम बन्नु, हनुमान नबन्नु!
२. बोहराटारको घर नबेच्नु, पछि उतै फर्किनु!
३. बग्गी, घोडा र रिसल्लाको शौख सोमबारसम्म पुरा गर्नु!
४. उपचार खर्चका नाममा करोड नलिनु!
५. सवारीको तामझाम नगर्नु!
६. राष्ट्रपति बन्नु, राष्ट्रपतीत नबन्नु!
शुभकामना!💐💐💐
प्रिय डा. यादव र खनालजी,
तपाईँहरूलाई स्वास्थोपचार गर्न समेत गाह्रो भएको खबर पढेर दुःख लाग्यो। राज्यको ढुकुटीको लज्जास्पद दोहन नगर्न अनुरोधका साथसाथै यहाँको उपचारकालागि वार्षिक २५-२५लाखको बिमा गर्न म इच्छुक रहेको जानकारी गराउँदछु। लाज बाँकी रहे कृपया सम्पर्क गर्नुहोला!🙏
- रामेश
सन्दिपको निलम्बन फुकुवा भएछ। क्यानको नेतृत्वमा तपाईंका जिल्ला सभापति छन्। तिनलाई निलम्बन गर्न तपाईं र तपाईंको पार्टीले सक्छ कि सक्दैन? @thapagk@bishwaprakash77
यो ट्विट वेवास्ता गरे फरक पर्दैन तर यो नजिर वेवास्ता नगर्नु होला । कुनै दिन घरभित्र यो प्रश्न उठे जाने ठाउँ कहाँ होला?