कोलाहलले भरिएको संसारमा, कृष्णको बाँसुरीले हामीलाई सम्झाउँछ कि शान्ति भित्रै पाइन्छ।
उहाँको समयमा विश्वास गर्नुहोस्, विश्वासका साथ आफ्नो मार्ग अनुसरण गर्नुहोस्, र आफ्नो हृदयलाई उहाँको दिव्य अनुग्रहमा आराम दिनुहोस्। हरेक चुनौतीको एउटा उद्देश्य हुन्छ, र हरेक प्रार्थना उहाँसम्म पुग्छ।
जय श्री कृष्ण ✍️
प्रेम सधै ठुलो शब्दमा मात्रै हुदैन
कहिलेकाही खाना खायौ ?
तिमीलाई कस्तो छ?
आजको दिन कस्तो भयो ?
तिमी ठिक त छौ नि ?
जस्ता साधारण वाक्य भित्र पनि पूरा ब्रह्माण्ड लुकेको हुन्छ
राधेराधे ✍️
आफु भित्रको महाभारत तिमी एक्लै लड्नु पर्ने छ किनकी जीवनको चक्रब्यूमा तिमी नै कृष्ण तिमी नै अर्जुन हो
मन सफा राखेर त हेर्नुहोस्
मानिस मात्र होइन, भगवान पनि तपाईंको मनमा बस्न थाल्नेछन्
जय श्री कृष्ण ✍️
मेरो सम्पत्ति विवरण भनेको चाहिँ मलाई माया गर्ने परिवार र शुभचिन्तकहरूको माया हो जसमा तपाईं पनि पर्नुहुन्छ। साथै, यो धरतीमा घुमेका कैयौं देश र स्थानहरूको सम्झना र अहिलेसम्मको जीवनको अनुभव पनि मेरो सम्पत्ति हो सम्झेर आउँदा त कति धनी रहेछु म!✍️
दैनिक उपभोग्य वस्तुको भाउ आकासिएको छ,
डिजेल, पेट्रोल, मट्टीतेल र ग्यासको मूल्य सुनिसक्नु छैन,
गरीब हुनु हाम्रै गल्ती हो, सुन जोड्न नसक्नु हाम्रै अपराध हो ।
तरपनि हामी विरोध नगरौँ । दुई तिहाईको सरकार छ, चुपचाप जय घण्टी भनौँ । भगवानहरू खुसी हुन्छन्, दासहरू मख्खै पर्छन्!
#nepal