म एक नदी हुँ
हिमालबाट सुरु भएको यात्रा
जन्मेको दिनदेखि लगातार
ओह्रालैओह्रालो बगिरहेछु
ठूला चट्टानमा ठोकिँदै,पछारिँदै
भिरबाट खस्दै झरना बनिरहेछु
बग्दै मैदान पुगेपछि
अन्नवालीहरु सिँचेको छु
मेरो दुखले चिसिएको पबित्र जल
जजसले पिउने सौभाग्य पाए
सायद तिनिहरुले बिर्से होलान्
तर ..
🌷🌷🙏🌷🌷🙏🌷🌷
नयाँ वर्षको नयाँ जोश जाँगर, उमङ्ग, उन्नति, प्रगति, खुशी, हर्ष सुस्वास्थ्यको कामना गर्दै विगतका अधुरा कार्यहरू पुरा होउन्। मनका ज्योतिर्मय भावना हराभरा भै झाँगिऊन फैलिऊन् २०८०का हरेक दिन मङ्गलकारी बनोस्
हार्दिक मंगलमय शुभकामना!
अविरल सम्झना प्रियमनहरूमा😍😍
आज धेरै समय पछि शहर तिर गइयो शहर निकै सफा भैसक्यो होला जस्तो लागेको थियो तर जस्ताको तस्तै रछ।
सफा सुन्दर हराभरा काठमाण्डौ खोज्न कहाँ जाने होला।
पलपलको सम्झना सबै प्रिय मनहरुलाई 😍♥️♥️
शुभ प्रभात एवं नमन🙏🙏
गुरुर्ब्रह्मा गुरु विष्णु: गुरुर्देवो महेश्वर
गुरु साक्षात परब्रम्हा तस्मै श्री गुरुवे नम:
जीवन यात्राको गोरेटोमा भेटिएका ज्ञात अज्ञात सम्पूर्ण गुरुहरूलाई गुरु पूर्णिमाको हार्दिक मंगलमय शुभकामना!!🌷🌷
शुभदिन
शुभपल
सबै प्रिय मनहरुमा ♥️♥️😘😘
जहाँ बसे पनि भोट चाहिँ आफ्नै गाउँबाट दिनु पर्छ भनेर आज सम्म भोटर लिष्ट त्यतै राखिएको छ।
ल भन्नोस् कसलाई दिउँ भोट?
"भरतपुर नगरपालिका "चितवन
भोट दिन योग्य भरतपुरलाई बुझ्ने व्यक्तिको नाम भन्नोस् ल कसैलाई गाली नगरी।
शुभ दिन सबै प्रिय मनहरूमा🌷😘🌷
मुक्तक ✍🏻
हरेकको खुशीको दिन म हूँ भनेर आओस् नयाँ बर्ष
दुखेको घाउमा मलम पट्टी बनेर आओस् नयाँ बर्ष
सम्पूर्ण नेपालीहरूमा सुख, समृद्धि हर्ष उमङ्ग छर्दै,
शान्ति: र खुशीका दिनहरू गनेर आओस् नयाँ बर्ष ।
पलपल मंगलमय बनोस् सबै प्रिय मनहरुमा २०७९को शुभकामना🌷♥️😍🌷
नवदुर्गा भवानीले सबैको कल्याण गरुन्,
सुख ,शान्ति, संवृद्धि र ऐश्वर्यले मन भरुन्,
जीवनका हर पाईला प्रेम र खुशीले चुमुन्!
विजया दशमीको हार्दिक मंगलमय शुभकामना!!
सबै प्रिय मनहरुलाई हरपल शुभ रहोस् ❤🌹🙏
प्रकृति नै सबैकी गुरु हुन् ।
प्रकृतिको हरेक सिर्जना गुरु हुन्
आज गुरु पूर्णिमाको पावन अवसरमा सम्पूर्ण गुरुहरुमा हार्दिक मंगलमय शुभकामना!!🌷🌷
अटुट् सम्झना साथै माया सबै प्रिय मनहरुलाई ❤🙏😍
प्रमाणिका छन्दमा प्रयास ✍
गरेर सत्य साधना
बुझेर राष्ट्र चाहना
र ज्ञान को बहावमा
छुने छ लक्ष्य चन्द्रमा |१|
झुकाइ माथ हर्षले
रमेर आज गर्वले
हटाइ क्लेश भावमा
छुने छ लक्ष्य चन्द्रमा |२|
जुटाइ एकता झनै
सुभाव साथमा सँधै
हिँडेर सत्य मार्गमा
छुने छ लक्ष्य चन्द्रमा |३|
शुभ पल 🙏😍🌷