धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१७ स्थित तेतरिया पुलमा दुई मोटरसाइकल एकापसमा ठोक्किँदा एक युवकको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।
https://t.co/SRuYNxTiAR
हाम्रो ब्रह्माण्ड गोलाकार छ। तपाईँ गोलाकार बस्तुको संरचना बारे जान्न चाहनु हुन्छ भने अङ्क ८ को विशेष महत्त्व बारे जान्न आवश्यक छ। किनकि गोलाकार बस्तुको परिधिको लम्बाई जान्न त्यसको सूत्रमा प्रयोग हुने पाई (π) को अर्थ र परिणाम जान्न जरुरी हुन्छ। जुन π=२२/७ हुन्छ। त्यसको अर्थ के हो भने कुनै पनि सर्कललाई जब तपाईँ सात बराबर भागमा विभाजन गर्न सक्नु हुन्छ। सात भागका हरेक भागले एक चरण लाई जनाउने गर्दछ।
जब तपाई कुनै पनि कार्य एक चरणमा सुरु गर्नु हुन्छ त्यो सम्पूर्ण सात चरणमा पुरा हुने गर्दछ। उक्त विभाजनमा ��रेक ८ औँ चरणले तपाईँ लाई तपाइको सुरुको चरणमा लैजान्छ। यसरी हरेक कुराको अन्त्य त्यसको नयाँ चरणको सुरुवात सँगै जोडिएको हुन्छ भन्ने कुरा वैदिक समयमा पत्ता लागेको थियो। त्यसैले तपाइको जीवनको चोलाको परिधि वा यात्रा जस्तो सुकै लामो भए पनि यसलाई ७ चरणमा विभाजन गर्न सकिन्छ। सातौँ चरण सकिए पछि तपाई फेरी नयाँ चोलामा प्रवेश गर्नु हुन्छ। त्यसै विवाहको मण्डपमा हामी ७ वटा सर्कलहरू बनाउने गर्दछौ। ७ जीवनको चरणको लागि सात फेरो लिएर बन्धनमा बाँधिने गर्दछौ।
८ औँ चरणमा पुग्दा तपाई त्यस चोलाको सबै बन्धनबाट मुक्त भएर नयाँ चोलामा जानु हुन्छ। हाम्रो आत्माको विकासको क्रम पनि यस्तै हुने वैदिक अवधारणा भेटिन्छ। तपाईँको जीवनको सात चरण पुरा हुने क्रममा जीवनको निर्माण (उत्पत्ति) र अन्तिम ध्वंस (सातौँ चरण) समेत गरी मूलतः आठ प्रक्रिया भूमिकामा देखिन्छ। त्यसको लागि हरेक चरणमा आठ मुख्य शक्तिह��ूको नै भूमिका रहने गर्दछ।
वैदिक अवधारणामा आधारित कथा हरूमा भगवान् कृष्ण लाई भगवान् विष्णुको पूर्ण अवतार भन्दै कृष्णको मुख्य आठ पत्नीहरू रहेको भनिन्छ। जहाँ आठ पत्नीहरूले उल्लेखित हरेक चरणमा भूमिका खेल्ने आठ मुख्य शक्तिहरूको प्रतिनिधित्व गर्दछ। शक्ति आफैमा नारी रुपी हुने हुँदा यसलाई पुरुष नभनेर पत्नी भनिएको हो। जुन यस प्रकारको छ।
१) श्री /लक्ष्मी/पुष्टि – भाग्य,समृद्धि,कल्याण। २) भू /क्षमा/दया-करुणा। ३) शान्ति/निद्रा – सन्तुष्टि। ४) कान्ति-सुन्दरता। ५) सरस्वती/मति/मेध-शिक्षा,ज्ञान, बुद्धि। ६) धृति/प्रीति/ श्रद्धा- सहनशीलता, प्रेम, मैत्री, मायालु, पूजा, आराधना। ७) तुष्टि/रति/स्मृति-आनन्द। ८) विजया – विजय।
आठ प्रकृति शक्ति गुण युक्त कृष्णको पत्नी लाई राधा-रानी समेत भनिन्छ। सारमा लिँदा भने कृष्णका मुख्य दुई ��त्नी वा दुई शक्तिको श्रोत बारे चर्चा हुन्छ। ती हुन् रुक्मिणी र सत्यभामा। जसले इड़ा (प्रकृति, नारी गुण) र पिंगला (पुरुष) दुई नाडी अर्थात् द्वैतवाद सिद्धान्तको प्रतिनिधित्व गर्दछ। कृष्ण आफै भने अद्वैत अर्थात् ब्रह्मा नाडी भएको मानिन्छ।
कृष्ण भगवान् विष्णुको आठौँ अवतारको रुपमा देवकीका आठौँ छोराको रूपमा अष्टमीमा जन्मिए। स्पेस-टाइम(काल)-दिशाको नियन्त्रणमा आठ पुरुष र आठ नारी गरी १६ शक्ति��ो प्रतिनिधित्व गर्ने विश्वास गरिन्छ। हरेक जीवको कर्म दश दिशा भित्र (आठ भौगोलिक दिशा तथा तल-माथि) निर्देशित हुने गर्दछ। वैदिक कथाहरूमा हरेक दिशामा संलग्न हुने आठ देवी शक्तिहरू र माथि तथा तलको दिशाको प्रतिनिधित्व गर्ने राधा शक्तिलाई उनको रानीको रूपमा चित्रित गरिने गरिएको छ।
योगको पक्ष वाट हुने आध्यात्मिक व्याख्या अनुसार ८ पत्नीहरू भनेर तिन प्रमुख नाडीहरू (इड़ा, पिंगला र सुषुम्ना – बा��ाँ, दायाँ, र मध्य) जसले शरीरमा जीवन र जीवनको शक्ति दिन्छ तथा प्रकृतिका पाँच तत्त्व निर्मित पाँच प्राणहरूको क्षेत्रलाई जनाउने गर्दछ। भक्ति परम्परा अनुसार आठ रानीहरू भनेर भक्तिको आठ रूपहरू श्रवण, कीर्तन, स्मरण, पद सेवा, अर्चना, वन्दना, दास्य, साख्य मार्फतको समर्पण, भक्तिको अन्तिम रूप र आत्मा-निवेदन हो।