आज मेरो जन्मदिन।जन्मदिनमा विहानै देखि फेसवुकले संझायो।कमरेडहरु, साथिभाई र परिवारका सदस्य र आफन्तले भेटेर,फोन मार्फत शुभकामना र सन्देस पठाई जन्मदिनको शुभेच्छा र वधाई दिनु भयो । सवैमा हार्दीक धन्यवाद ,स्नेह, सुभेच्छा र सदभावको लागी।
आज कुशेऔंसि तथा वुवाको मुख हेर्ने दिन को अवसरमा संपुर्ण नेपालीमा हार्दिक शुभकामना व्यक्त गर्दछु।जसका वुवाहरु हुनुहुन्छ वहांहरुले प्रत्यक्ष भेटेर वा भर्च्यौल माध्यमवाट सम्मान व्यक्त गर्न र जसका वुवा वितिसक्नु भएको छ वुवाको संझना गर्न र वुवाका आदर्श पछ्याउन यस दिनले प्रेरित गरोस्।
अस्कल क्याम्पसका अनेरास्ववियुका एक समयका चर्चित नेता कमरेड कुमार गुरुंगसंग आज जननेता मदन भण्डारीको ७५ औं जन्मजयन्ती समारोह समितीको कार्यालय उद्घाटनको अवसरमा भेट भयो। आफ्नो अपांग शारिरिक अवस्था का वावजुद पार्टी र आन्दोलन प्रतिको निष्ठा र माया उत्तिकै मजवुत छ।
यदा यदा हि धर्मस्य ग्लानिर्भवति भारत।
अभ्युत्थानमधर्मस्य तदात्मानं सृजाम्यहम्॥
कृष्ण आज जन्मदैनन्।
हरेकले आफै कृष्ण वन्नु पर्छ।
श्रीकृष्ण जन्माष्टमिको हार्दिक शुभकामना!!!