वाह् सुस्तावासी !!!
यो देशले तिमीलाई नागरिक भन्दैन र नागरिकता दिंदैन । उस्तै समस्या वर्षौदेखि ।
तर पनि विदेशी सेना हतियार सहित नेपाल प्रवेश गर्दा म नेपाली हो, मेरो देशको भूमीमा पाइला टेक्न पाउॅदैनौं र उतै लखिडिदिन्छन् ।
कयौँ पुस्ता अगाडीका हाम्रा पुर्खाहरूले हातमा खुकुरी र भाला अनि हृदयमा देशभक्ति बोकेर विदेशी सेनासँग लडे। कयौँले ज्यानै दिए तर यो माटोको स्वाभिमान र देशको अस्मितामा एकरत्ति आँच आउन दिएनन्।
इतिहासका किताबमा पढिएको वीरतापूर्ण देशभक्तिको गाथा सुस्तामा आज पनि पुनरावृत्त भएको छ। शरीरमा बर्दी र हातमा हतियार नभए पनि सुस्तावासी नरनारीहरूको चेतना, आवाज र आफ्नो भूमिप्रतिको अगाध मोह नै सबैभन्दा ठूलो तागत बनेको छ र पर्याप्त बनेको छ विदेशी बर्दिधारी सैनिकलाई पछाडी फर्काउन। देशको सार्वभौमिकता भन्दा प्यारो केही छैन भन्ने नेपालको सन्देश विश्वभर प्रवाहित गर्न।
शीर झुकाएर सलाम छ, सुस्तावासी दाजुभाइ, दिदी बहिनीहरूलाई।
#सुस्ता #नेपाल #देशभक्ति
शेरबहादुर वा आरजु लगायतका लागि डा. रामेश यो देशमा हुनु र नहुनुको अर्थ छैन। सामान्य फलोअपका लागि समेत बैंकक र जापान जाने हैसियत छ उनीहरूको। तर पारी भारत जान नसक्ने हजारौँ 'आमाको मुटु'हरू जोगाउन डा. रामेश नेपालमै चाहिने चिकित्सक हुन्। बाँकी उनकै इच्छा। https://t.co/sGQbyyVCnc
म निष्प्रभा हुँ।
सौन्दर्यको अन्तिम सास…
र बिषको प्याला,
उज्यालो गुमाएकी
तर अँध्यारोमा अझै बाँचेकी
र म,एक दाग
जहाँ जलेको अस्तित्व
पिँधसम्म राख भएर बाँचेको छ,
“म निष्प्रभा -
कहिले आगो बनि,
कहिले आँसु,
कहिले जलेको जून बनी ,
हो म अझै -
कर्णालीका छाउ गोठहरुमा जलिरहेछु" ।
हृदयेन्द्र शाहको ‘जुम्ला भ्लग’लाई लिएर सांसद छिरिङ ल्हामु लामाले तीव्र असन्तुष्टि पोख्नु भएछ।
उहाँलाई सुन तस्करी गरेको भए मन पर्थ्यो, टिकापुरको ३०० बिघा जमिन किर्ते गरेको भए मन पर्थ्यो, शेरा दरबार हडपेको भए मन पर्थ्यो, एनसेल करछली गरेको भए मन पर्थ्यो।
आफ्नो देश घुमेको पचेन।
ध्यान दिएर हेर्दा भिडियोमा न त राजतन्त्रको प्रचार थियो, न गणतन्त्रको विरोध । गाली, कुण्ठा, या राजनीतिक एजेण्डा केही थिएन ।जुम्लाको सौन्दर्य, इतिहास, र जीवनशैली देखाइएको थियो — एक युवाले बिताएका केही सरल, मिठा क्षण मात्र थिए ।पूर्वराजपरिवारको सदस्य भएर पनि दुर्गम भूगोलमा पुगेर देश चिनाउने काम प्रशंसनीय हो जस्तो लाग्छ। यिनको भिडियोलाई प्रमोट गर्नुपर्ने हो आलोचना गर्नुपर्ने होइन ! यि युवाले रहरले राजाको कोखमा जन्म लिएका थिएनन नत यिनले राजमुकुट लगाएका थिए न यिनले भ्रष्ट्राचार गरेका थिए न यिनले कुनै गल्ति काम गरेका थिए एउटा १५ मिनेटको भिडियो बनाउनु यिनको अपराध थिएन ! केहि मन्त्रीले आफनै छोरालाई घुस उठाउन पठाएको र होटलमा महङो रक्सि पान गर्ने गरेको र करोडौको डिल गरेको बिरोध नगर्ने स्वाठहरूले यिनको विरोध गरेको देखियो ! जनताले चाहि यिनको भिडियो स्वागत गर्ने गरेको देखियो !
भोली पुरै देश राष्ट्रिय झण्डाले रङ्गिन्छ, उपत्याका मा मात्रै ३० लाख राष्ट्रिय झण्डा बोकेका मान्छे देखिनेछन्, राजा सडकमा आए पुरै तीन करोड मान्छे सडकमा आउनेछन्।
असन्तुष्टिको भुँग्रोमा घिउ थप्न सरकार स्वयं लाग्नुहुन्न ! पुर्व बिशिस्टलाई सुबिधा थप्ने प्रश्न होस् या विद्युत प्राधिकरणको एमडी हटाउने प्रकरण l सरकार संयमले चल्नुपर्छ !
`बेथिति नियन्त्रण, पद्धति सुदृढीकरण´ मा लोकतान्त्रिक मिडिया पनि सचेत रहनैपर्छ !
लोकतन्त्रलाई निजी दलतन्त्रमा, दललाई शिर्ष नेतातन्त्रमा र शिर्ष नेतालाई राजतन्त्रमा पतन गराउने आजका भ्रष्ट नेताहरूले के बुझ्नु पर्यो भने दलभित्र आफ्नो 'राजतन्त्र'लाई जिवितै नराखेको भए सायद बितेको राजतन्त्रले पनि पुनर्जिवित हुने आकांक्षा राख्ने थिएन होला।
एउटा लिम्बुको छोरा धर्म, संस्कृति ,राष्ट्र, रास्ट्रीयता र पहिचान जोगाउनुपर्छ भनेर आफ्नै पोशाकमा अन्दोलनरत देखिन्छ ! तर यि ओलि, प्रचण्ड , शेरे र बाबुरामलाई हेर्छु अनि याद आउछ ब्रह्माजिले राक्षस नै कलियुगमा ब्राह्मण भएर धर्म , संस्कृति मास्न आउछन भनेर । कलौ ब्राह्मण राक्षस:✊✊
जनता जागेपछी!
यो लडाइ केवल राजतन्त्र र गणतन्त्रको मात्र होईन। यो लडाइ अराजकता,ठगतन्त्र,भ्रष्टाचार, राज्यको ढुकुटी माथीको रजाई र नेतातन्त्र विरुद्धको आवाज हो।
"अब तिमीलाई प्रधानन्यायाधीश बनाउँदैन नि भनियो" - यो एक बहालवाल न्यायाधीशले सार्बजनिक स्थलमा दिनुभएको औपचारिक मन्तव्य हो ।
जब देशको न्यायाधीश नै आशिका तामाङको हैसियतमा झरेर स्टन्टबाज गर्न थाल्छन भने यो मुलुक विधि र पद्धतिले चल्छ भनेर विश्वास गर्ने ठाँउ कहाँ छ ?