प्रधानमन्त्रीविरुद्ध नाराबाजी गर्नेलाई जेल, खुलामञ्चमा धर्ना बस्न खोज्नेलाई रोक !
व्यवहार चाहिँ राजतन्त्रको बेलामा जस्तो, भाषण चाहिँ लोकतन्त्र र संविधानको रक्षा रे !!
ओलीले बिहानै फेसबुकबाट बधाई दिए, प्रचण्डले मैदानमै पुगेर हात मिलाउँदै शुभकामना थपे । यति भएपछि के चाहियो र, खेल्ने खेलाडीलाई व्यवस्थित मैदान र अरु सुविधा अनि हौसला थप्ने दर्शकलाई राम्ररी उभिएर सिठी बजाउने ठाउँ नभए पनि नेपालले खेल जित्यो !
प्रधानमन्त्री, मन्त्री, नेताहरु मैदानमा पुग्दा त ओहो हौसला थपियो, जित सुनिश्चित भनेको सुन्न पाइयोस् न । अहँ दर्शकहरु उल्टै भन्दारहेछन् : चुप लागेर नबसेर किन जानुपरेको मैदान लोदर लगाउन !
महामहिम राष्ट्रपतिज्यूले शपथ लिने बेलामा प्रतिज्ञा गर्छुलाई प्रतीक्षा गर्छु भन्नुभएको थियो । धेरै लामो प्रतीक्षा गर्न नपर्दै उहाँको फोटोमा कोठी फिर्ता भएछ । सबैको जय होस् !
यसरी पानीको भाँडा टेक्नै पर्ने नियम नै हो कि के होला ? पानी बोक्ने सबै गाडीमा यसैगरी टेक्ने कुल्चने गरेको देखिन्छ । नटेकीकन पनि राख्न झिक्न मिल्नुपर्ने हो । हामीलाई त हजुरबा हजुरआमाहरुले पानी नाघ्न पनि हुन्न भन्नुहुन्थ्यो !
पालिका प्रमुख र उपप्रमुखमध्ये एक महिला, सभामुख र उपसभामुखमध्ये एक महिला भनेजस्तै स्वभाविक रुपमा राष्ट्रपति र उपराष्ट्रपतिमध्ये एक महिला । यति कुरामा पनि संविधानको 'वा' 'र' अनि निर्वाचन आयोगको विज्ञप्तिमा 'यो' 'उ' भनेर किन अल्झनु उपपराष्ट्रपतिमा उठाउने महिला नै नभएजस्तो गरेर अचम्म
पहिले कसैले हार खाइरहँदा रामचन्द्रकोजस्तो हालत भन्थे...अब हार्नेहरुलाई पनि उनै रामचन्द्र उदाहरण बने– 'हार खाए पनि हरेश नखाए एकदिन कागताली आउन के बेर !'