प्रीय मनहरु!
यहाँ सन्चो छैन कसैलाई!
हिजोआज,
पुराना दलप्रति छुद्र हुङ्कार!
नयाँ दलप्रति रुद्र अहङ्कार!
तसर्थ,
विस्तारवादीलाई निसन्चो छ।
अहिले देशलाई बिसन्चो छ।
#nepal#MeroDesh
कारबाहीको सुरुवात नै आयोग अध्यक्ष बाट गर्नुपर्ने कार्की आयोगको प्रतिवेदन नपढी चित्त बुझेन तर जिज्ञासा के यो लुसिफर सरकारले हुबहु कार्यान्वयन गर्ला त? हुन त साइत हेरेर शन्खनाद र स्वस्ति गरेपछि सायद फु......!
सुहाङ नेम्वाङ प्रमुख सचेतक सम्म ओके, दलको नेता दल जिउदैछ निर्णय गर्छ, ख्यासख्यास कति के? यति ख्यासख्यास चुनावमा गर्या भए लाग्या भए खट्या भए अड्या भए आज यी दिन देखिन्थ्यो भन्या? बात कर्ते है! @highlight
डर अरु सग होइन डर त ती विषालु साँप सँग हो जो आफ्नै करेसाबारी अनि मकैघारीमा छन् जसलाई छरछिमेकले साँप हैन नागका अवतार दिएका छन् तीनैलाई घगाँरका लौराले नबजारे सम्म सुखका निद कसैको आउनेवाला छैन !
समय आएपछि सबैकुरा सत्य साबित हुने नै छ !
तर कुरा यति हो सुल्फे, जुल्फे र बिजुले समुह सग स्वार्थ झुन्ड बाहेक केहि छैन , केहि लहडरामहरुको जथ्था एकादेशको कथा हुनेनै छ, सिधा रुपमा भन्नुपर्दा एमाले काङ्ग्रेस सच्चिनुको विकल्प छैन। #hilight
नेकपा(एमाले) अनि नेपाली काङ्रेस भित्र एकसयएक सक्षम व्यक्तिहरु छन ती कहिकतै दाग नलागेका व्यक्तिहरुलाई नै सम्सद देखि वडा सम्म उमेदवार बनाउनुको बिकल्प छैन ! ल्याङफ्याङ स्टाइलका 'दा' हरु अनि 'बा' हरु नै अगाडि सार्ने हो भने 'हसियाको बिहेमा खुर्पाको गीत' गाउने दिन नआउला भन्न सकिन्न !
तपाइनै हनुमान, तपाइकै पुच्छर लामो, तपाइले नै आफ्नो पुच्छरमा मट्टितेल खन्याएर लङ्का जलाएर फेरि सू गरेर निभाएर लङ्का बचाउनु भको... ल ल पत्याइदिउला तर कति दिन सम्मलाई हो ?
@highlight
हैसियत स....को नभएकाहरुको दम्भ अ....को !
ज्ञान छैन "क" को विज्ञ "ज्ञ" को!
"१८" घन्टा "मनपरितन्त्र" छ घन्टा गणतन्त्र !
हाय मेरा समाजका अगुवा बाटो हैन दोबाटो हगुवा!
तपाइहरु मान्नुहोस् नमान्नुहोस् संविधानले प्रदत्त गरेको अधिकारलाई दुरुपयोग गरेर देश डुबाउने स्थानीय तह नै हुन् तसर्थ स्थानीय तहलाई स्वायत्त भनेर पुर्ण अधिकार दिइयो भने अबको दस वर्षमा हेर्दै जानुहोला डुब्ने मात्र हैन सकिने हो।
अङ्ग्रेजी नया वर्षको शुभकामना भन्न डराउने..
छोराछोरी भाइ बैनी युरोप अमेरिका भन्दै कराउने...
सकेसम्म डिभी भर हुनसक्छ भन्दै पटक-पटक अर्हाउने....
नभएपछी डिभी हैन सिभी बनाएर युरोप अमेरिका जापान गराउने.....
पापी मन त हो चहराउने!
नयाँ वर्ष हैन टोपी दिवस भन्दै फेसबुक पोस्ट ठहराउने!
जनयुद्ध ?
हैन धनयुद्ध
कथित जनयुद्ध !
किन?
युद्ध लडेर बाँचेका खाँडीमा
भाग्नेहरु चिल्ला गाडीमा!
पीडित गरीब सर्वहारा
सामन्तवाद विस्तारवादको नारा
थाहा थिएन बने आहारा
उनिहरु त थिए चप्पलवाल
व्यापारी,ठग,सामन्तहरु हुकुमवाल!
त्यतिबेलै थियो अशुद्ध
तसर्थ मात्र धनयुद्ध
कथित जनयुद्ध !
पहिला तपाईं "खाले" एमाले र काङ्ग्रेस सुध्रिनुहोस् अरु त सब "च्याखे" न हुन् तसर्थ नसुध्रीए तपाइहरुको गुन्जायस छैन ढुक्क हुनुहोस् ! खालेको पाँच दाउ च्याखेको एक दाउ! बात कर्ते है चौसट्ठी का!
@highlight