प्रीयतम
यो मन
न प्रेमको प्रारब्ध जान्दछ
न अन्त्य नै ...
म आफ्नै
पनि भन्न सक्दिन
कि
तिमीसंगको
मेर�� प्रेमको पहिलो
विन्दु कुन हो
र यो
पनि भन्न सक्दिन
कि
अन्तिम विन्दु कुन हुनेछ
बस
यि दिनमा मेरा केही
सवाल छन
जसको जवाफको
तलास मलाई छ
यस्तो लाग्छ
समयले अर्को
प्रारब्ध खोजिरहेको छ।।
मलाई कोहि एउटाल���ई
प्रेम गर्न मन छ
फेरि आफैलाई भुलेर
थाहा छ प्रेम अनि प्रेमिल
दुबै भ्रम हुन
कल्पनाबाट बाहिर
निस्केर हेर्दा प्रेमका
हरेक बोलिहरु
धोकाको निस्किने गर्छन
कोहि होस् जसलाई म
म बोल्दा अनि नबोल्दा
फरक परोस्
कोहि होस जस्ले
मैले लगाउने
बस्त्रको तारिफ गरोस्!
#शुभबिहानी💐🌺🌿
पुनश्च,
जीवनको पथमा,
संगै उड्ने पंखहरू,
जहाँ सपनाहरू छरिएको छ,
त्यहाँ एक्लो तारा,
नयाँ कथा बुनिरहेछ।
यो संघर्षको यात्रा,
एक पल्ट पनि नथाक्ने,
मनको त्यो तारा,
अविचलित रहीरहेछ।
सपना पूरा गर्ने त्यो चाहना,
भविष्यको बाटोमा चम्किने,
एक्लै भए पनि निरन्तर,
जीवनको पथमा धिपधिपाईरहेछ।
एउटा बगैँचा थियो-
फूल फुल्थे
चरा डुल्थे
भमरा भुन्भुनाउँथे
बगैँचा बिस्तारै बस्ती बन्यो
बस्ती गाउँ बन्यो
अनि एकदिन
गाउँ- गाउँ रहेन
र शहर बन्यो
उजाडियो!
शहरको चर्को कोलाहल छिचोल्दै
बेला बेला म पुग्ने गर्छु त्यहाँ
र खोज्नेगर्छु
तिनै पाइलाको पदचाप
अनि
हजारौँ प्रेमील निशानीहरु..
😊
हुन त
धेरै आकांक्षा पनि
थिएनन् मेरा!
थोरै मनको समर्पण
अलिकति मुस्कानको आतिथ्यता
थोरै प्रेमिल अभ���यर्थना
अनि
आँखाभरी खुसी
र मनभरी
प्रतिक्षाको निर्मल प्रवाह बोकेर
कोही पर्खिरहेको होस्
मूलबाटोमा उभिएर..
म आएको पनि थिएँ
तिमीलाई भेटेको पनि थिएँ!
तर
तिमी त्यहाँ थिएनौ
र फर्किएँ!
बर्सिनेछन् आँखाह���ुमा
खुसीका झरीहरु,
चल्नेछन्
आवेगमा मुटुका स्पन्दहरु,
त्यो दिन झरी पर्नेछ..
त्यो दिन, झरी पर्नेछ,
बाटो बन्द हुनेछ,
हामी
एउटै गोरेटोमा हुनेछौ ,
झरी झरी मात्र हुने छैन,
मिलनको माध्यम बन्नेछ
पहिलो र अन्तिम मिलन
झरी सँगै स्मृतीमा रहनेछ, ...😊
मलाई हराउन मन छ
कसैले नभेट्ने गरी,
गुमनाम रहन मन छ
कसैले नचिन्ने गरी
अदृश्य हुन मन छ
यो हावा जसरी
म बाँचौ यसरी कि
म भएको कसैलाई
थाहै नहोस् अनि
मरौं यसरी
म गएकोमा कतै
केहि होहल्ला नहोस् !
#सुभप्रभात🌼🌻💐
बिर्सन खोज्दाखोज्दै
एउटा विगत
खुसुक्क बल्झिन्छ मनभित्र
र अरु चर्केर आउँछ
पहिलाभन्दा ज्यादा।
थाम्न खोज्दा खोज्दै
सल्बलाउँछ मनको वेग
र रसाउँछ कतै भित्री कुनो।
तब
बिस्तारै बुझ्दै जान्छु-
मनको बलात नियन्त्रणले त
उल्टो
बिक्षिप्त बनाएर पो जाने रैछन्
यादहरु!
😊
प्रेम
म बोलाउछु
अनि मात्र तिमी आउनु
तिमी बोलाउनु
अनि मात्र म आउछु
कहिलेकहीँ
भेट भएछ भने ठिक छ
प्रेमसहित
बस तिमि प्रेम गर्नु
प्रेमको नाममा
कसैको दास नबन्नु
आफूलाई नमेटाउनु ।।
हिजोआज म हराउन
थालेको छु
यो वर्षातले भरीएको
मौसम
अनि हरेक
साँझ जिन्दगी बोकेर
बिहानीसँगै
झर्ने यी पातहरुमा
मलाई खुब मनपर्छ
यो
घामपानीले पोतिएको
आकाश
धर्तिलाई जीवनमय बनाएको
यो वर्षात
जुनकीरीको
उज्यालोले भरीएको
यो साँझ
फूलहरुको
यो उन्मुक्त हाँसो
जुनताराको
यो लुकाछुपि
उफ!!
एक दिन तिम्रा यादहरुले भरिएको
यो हृदयलाई निक्कै टाडा लिएर जानेछु !
जिन्दगीले बाटो बिराए पनि
साथमै लिएर जानेछु !
सुम्पिने छैन कसैलाई पनि
यो हृदयबाट तिम्रा यादहरु ,
यदि चितामा जल्नु परे पनि
सँगै लिएर जानेछु !
#शुभप्रभात शुभदिन 🙏����💜
तिमीलाई म
प्रेम त जिवन्त गर्छु
तर तिम्रो सामिप्यताले
मेरो नयनमा थोरै पनि
चमकता ल्याउदैन्
तिमीले म प्रती
देखाएको ��्यवहार सम्झेर हो
मैले तिमीबाट अघि बढ्ने
निर्णय गरेको
आश छ मैले चालेको
यो कदमले मलाई
कहिले रुवाउने छैन
तिमी खुशी हुनु
म आफैलाई सम्हाल्ने छु।।
#शुभ_प्रभात🌼🏵️☕️🌿
बिना गल्ती
पनि कहिलेकाहीँ
हार हुँदो रहेछ,
धेरै सोझोपन
देखिनु आफैलाई
भार हुँदो रहेछ,
स्वार्थि यो दुनियाँमा
जति नै ईमान्दार
बनेपनी अन��क
आरोप स्वीकार्न
मान्छे लाचार हुँदो रहेछ।
#शुभ_रात्रि🌆
#मिठो_सपनाको_कामना❤️🙏
मेरा आफ्नै बाध्यताले
बाँधीएकि थिए
घेरिएकि थिए
आफ्नै गल्तीहरुले
चाहेर पनि म
तिम्रो रोदन सुन्न
सक्दिन थे बुझेर पनी
तिम्रो पिडामा
भक्कालिएर रुन सक्दिन थे
तिम्रा यादहरुको प्रमाण
देखाउन सक्दिन म ���स
सम्हालेर राखेको छु
तिमीलाई रक्ताम्य बनाउने
प्रत्येक पत्थर ।।
#शुभबिहानी💐🌺🌿
तिम्रा आँखामा तेज थियो
र मैले नजर झुकाएँ
झुक्दा झुक्दैका आँखाहरु
सायद
आत्तिँदै छट्पटिँदै
हतारिँदै अतालिँदै
लत्पतिए होलान् तिम्रा अङ्गहरुमा।
विश्वास गर
म अञ्जान थिएँ
नादान थिएँ
र विवश थिएँ
आफ्नै मनको अनियन्त्रणमा..
तिमीले त्यसै
मेरो नियतमा खोट देख्यौ!
😊
आत्मीय सम्बन्ध मा,
लिङ्ग भेद हुँदैन,
किनकी आत्मा न,
स्त्रीलिङ्ग हो न पुलिङ्ग !
यो लिङ्ग भेद को आवरण,
नश्वर हो नाशवान हो,
आत्मीय सम्बन्ध, प्रेम नै . .
शाश्वत हो अविनाशी हो . . !
आत्म तत्व को सदृश !!
अजर छ अमर छ ।
#म_अनि_मेरो_भावना