आज आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको कार्यकारी उपाध्यक्ष गोकुल घर्तीमगरलाई सातवटा प्रदेशहरुका समावेशी नीतिको बारेमा गरिएको अनुसन्धान प्रतिवेदन हस्तान्तरण गरेँ । केही महत्वपूर्ण नीतिगत सुझावहरु पनि दिएको छु ।
प्रस्तावित उच्च शिक्षा विधेयकमाथि विज्ञहरुबाट सुझाव संकलन गर्न आयोजित कार्यक्रममा आफ्नो धारणा व्यक्त गर्दै । आयोजक: नीति अनुसन्धान प्रतिष्ठान र शिक्षा मन्त्रालय ।
दिग्गज प्राडाहरु र पूर्व शिक्षामन्त्री सहितको विशेष कार्यक्रममा संसदमा पेश भएको उच्च शिक्षा सम्बन्धी विधेयकमा सुझाव दिनको लागि निम्तो पठाएकोमा शिक्षा मन्त्रालय र नीति अनुसन्धान प्रतिष्ठानलाई धन्यवाद । नेपालको उच्च शिक्षा कस्तो बनाउने बहसमा मेरो विचारलाई सम्मान गरेकोमा साधुवाद ।