A former child soldier fought for the creation of a democratic republic of Nepal but was declared 'incompetent' and discharged by the UN. (Vice Chairman)
गौरीबहादुर कार्कीको प्रतिवेदनमाथि प्रश्नै प्रश्न छन् सरकारले औपचारिक रुपमा किन सार्वजनिक गर्न सकेन लेख किन गर्यो । यो पनि प्रश्न छ तर जे भएपनि जनताले सत्य जान्न पाए खुसीकै कुरा हो।
असोज १८, राती ११.५५ बजे,
पच्छिलो १२ घण्टामा सप्तरी,सुनसरी,मोरङ अति भारी बर्षा मापन भएको र आसपास का जिल्लाहरुमा भारी वर्षा भएकोले बाढी र डुवान हुने क्षेत्रहरुमा भोली सम्मै अति उच्च सतर्कता अपनाउनु हुन अनुरोध छ।
नेपालको अन्तरिम सरकारको प्रधानमन्त्रीको रूपमा पदभार ग्रहण गर्नुभएकोमा सम्माननीय श्रीमती सुशीला कार्कीज्यूलाई हार्दिक शुभकामना। नेपालका दाजुभाइ तथा दिदीबहिनीहरूको शान्ति, प्रगति र समृद्धिप्रति भारत पूर्ण रूपमा प्रतिबद्ध छ।
आज दिनभरीको भ्रमणबाट फर्किएपछि सुरक्षा सम्बन्धी मन्त्रिपरिषद् समितिको बैठकमा नेपालको घटनाक्रमहरुको बारेमा विस्तृत छलफल भयो । नेपालमा भएको हिंसा हृदयविदारक छ । धेरै युवाहरुले आफ्नो ज्यान गुमाउनु परेकोमा मेरो मन अत्यन्तै विचलित छ । नेपालको स्थिरता, शान्ति र समृद्धि अत्यन्त महत्वपूर्ण छ । म नेपालका सबै मेरा दाजुभाइ तथा दिदीबहिनीहरुलाई शान्ति–व्यवस्था कायम राख्न विनम्रतापूर्वक अपील गर्दछु ।
हाल देशको कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र आसपासका क्षेत्रमा बदली भई मेघ गर्जन र चट्याङ सहित वर्षा भईरहेकोले सो र आसपासका क्षेत्रमा सतर्क रहनुहोला।@NDRRMA