जब सम्म राजसंस्था यो देश मा थियो, यो विश्व कै एक मात्र हिन्दू राष्ट्र थियो, तब सम्म कहिल्यै पनी यस्ता दुखद घटना भएको इतिहास छैन।संबैधानिक राजतंत्र को छहारी मा बहुदलीय प्रजातांत्रिक व्यवस्था हुंदा शायद १ सानो दुर्घटना कतै हुन लागेको तर समय मै रोकिएको याद आंउछ।गणतंत्र त बिषबृक्ष नै साबित भयो यो देश को लागी।अहिले फली राखेको फल 🍊 देख्दै चिनीयो। यस कारण सबै समुदाय ले सुरक्षित हुन को लागी राजसंस्था को पुनर्वहाली शीघ्रातिशीघ्र हुनु पर्छ अनि मात्र देश र जनता ले सुरक्षित महसूस गर्ने छन; कुनै विदेशी शक्ति ले खेल्ने हिम्मत गर्ने छैन र राष्ट्र सुरक्षित हुनेछ। अहिले को संबिधान नै सबै विकृति को जरा हो।सबै लाइ चेतना भया।@ShahBalen@hamrorabi
प्रिय निम्स,
फर्किएर भेट्ने वाचा थियो। तर तिमी नफर्किने बाटो गएछौ। अब त केवल सम्झनाहरू मात्र बाँकी छन्। तिम्रो अनुपस्थितिले मन भारी भएको छ तर तिमि र तिम्रो अदम्य साहस सम्झना भएर अनन्त बाँचिरहनेछ।जहाँ भए पनि, तिमी चिर शान्तिमा रहनू ।
यस दुःखद घटनामा जीवन गुमाउने अन्य सम्पूर्ण साथीहरूप्रति पनि भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दछौँ। शोकसन्तप्त परिवारजन, आफन्त तथा शुभचिन्तकहरूमा गहिरो समवेदना व्यक्त गर्दछौँ।
निकिता / रवि
बीपी कोइराला अग्लो हुनुहुन्थ्यो।धेरै हिसाबले।शारीरिक उचाइका हिसाबले । राजनीतिक 'हाइट'का दृष्टिले।राष्ट्रिय–अन्तर्राष्ट्रिय इज्जतको ‘स्केल’ले । साहित्यमा उहाँको अमिट छापका कारण।बीपीले लगाएको ‘जुत्ता’मा खुट्टा हालेको बखान गर्न जति सजिलो छ, उहाँका मूल्य–मान्यता बाँच्न त्यति नै मुश्किल छ । बीपीलाई न मिडियाले नेता बनाएको हो, न एल्गोरिदमले । त्यसैले त यतिका वर्षपछि पनि बीपीको ‘चमक’ यथावत् छ ।
आज कांग्रेसीहरूले एउटा बीपीको नाममा, दुई ठाउँमा भाषणबाजी गर्नेछन। सुनेर बीपी फिस्स हाँस्नुहुनेछ।
बीपीको जुत्ताको साइज धेरै ठूलो थियो। आजका कांग्रेसी नेतालेआआफ्नै साइजको जुत्ता इमान्दारीसाथ लगाएर आपसी सद्भाव र मेलमिलाप कायम गर्न सके ठूलो उपलब्धि हुनेछ । मिल्न नसने फुट्दा हुन्छ।
यसै पनि आजको नेपालमा, कांग्रेस संसदमा र प्रदेशमा रहेका धेरैमध्ये फगत एउटा पार्टी हो ।
अनि अब त प्रदेशहरूमा बन्न थालेका नयाँ गणितले प्रदेशमा सत्ताबारे, कांग्रेसको दुईजिब्रे भाषणबाजीको दुःख सायद पनि सकिनेछ। दिउसो एउटा,राती अर्कै कुरा गर्ने र मिडियामा तेस्रो कुरा छपाउने दुख।
अतुल्य राजनेता,महान् साहित्यकार बीपीप्रति हार्दिक श्रद्धासुमन 🙏
बालेन्द्र साहको सरकारमा बुद्धि, विवेक र विधिको खडेरी छ भन्ने त पहिल्यै थाहा थियो। तर अमित ढकालद्वारा भाग- ३ सम्म समेटिएका सरकारी गिरोहका हर्कतहरू कति खतरनाक छन् भन्ने कुरा संझदा पनि दिक्क लाग्यो।
'लंफगा' हरूको गिरोहले बरु 'ओली नै ठीक थिए' भन्ने दिन चाँडै ल्याउने भए भन्ने पो डर लाग्यो।
https://t.co/tRsclJoJhM