तिम्रा सेता पाकेका केश,फेरी रंगाउन मन छ
तिम्रा चाउरी परेका गाला,फेरी तन्काउन मन छ।
मन छ बाबा तिमीलाई,उस्तै जवान देख्न
फेरी तिम्रो काखमा,रमाउन मन छ ।
तर
बितेका पलहरु,म फर्काउन सक्दिन
दौडिरहेको समय,म समाउन सक्दिन
सक्दिन बाबा,तिमीमा नयाँ उर्जा भर्न
तिमीलाई फेरी जवान,बनाउन सक्दिन।
खिया लागेका छन्
कयौँ थान खुशीहरु,
बर्को ओढेको छ
मेरो मुस्कानले
पतझड भै टुट्दै छन्
चाहनाहरू पुन एकपछि अर्को गर्दै
लस्करका साथ
तिम्रा सवालका कुनै जवाफ छैनन् म सँग,
अनुत्तरित छन् मेरा ओठहरु
भो न सल्काउ चिँगारी अपनत्वको
यहाँ,आफ्नै बनेका छन् मेरा बर्बादीको कारण !❤️