म जन्मनु भन्दा धेरै अगाडिबाट दौडिरहेको यस समयको स्वार्थ मैले बुझिसकेको छु।आज मलाइ पनि यस्ले आफुसँगै दौडाईरहेको छ।कुन विन्दु सम्म दौडाएर कहिले कहिल्यैको लागि उठ्न नसक्ने गरि लडाइदिने हो थाहा छैन।तै पनि यसै स्वार्थी समयको सारथि बनेर अगाडि दौडिइनै रहनु परेको छ।
हामी भाग्यमानी नागरिक हौं जागीर छ, नियमित आम्दानी छ।साठी लाख जनता निरपेक्ष गरिवीको रेखामुनि हुँदा पनि हामीले सवथोक पाएका छौं।मन्त्रीदेखि सम्पूर्ण कर्मचारी साथीहरु!लोभ नगरौं, हामी सबै देश बनाउने काममा जुटौं, भ्रष्टाचारप्रति शुन्य सहनशीलतामा कुनै मोलाहिजा हुँदैन, मोलाहिजा नगरौं ।
हिजो संसदमा गगन थापाले जे बोल्नु भो, त्यो आफ्नो पार्टीको सरकार हुदा बोल्नु भएको भए न देशको हालत यस्तो हुन्थ्यो न त काङ्ग्रेसको यो दुर्दशा नै ।उहाको रोइलोले न त ओलीलाई कुनै घाटा हुन्छ न त काङ्ग्रेसलाई कुनै नाफा नै । पहिला आफ्नो अनुहार पखालेर अनि अरुलाई फोहोरी देख्दा राम्रो होला ।
तिमी नाम कमाउ दाम त कमाउनेछौ पक्कै, तिमी हरेकको साथ् कमाउ सफलता त कमाउनेछौ पक्कै, सक्छौ कसैको अमुल्य जीवन बानाउ प्रख्यात त हुनेछौं पक्कै, जीवनका अनगिन्ती खुशी कमाउ तिमी अनमोल जिबनको सार्थकता कमाउने नै छौ पक्कै, दुखित ती मनहरु लाई सुखी बनाउ मल्हम पट्टि तिमिले नि पाउनेछौ पक्कै ।
मेडम आएर सरकार बन्यो भन्ने मेसेज दिन खोज्या होलान?
सम्बन्ध सुधार गर्न त नेपाली किसानका उत्पादनहरू: अदुवा/अलैचीलाई पनि यहाँ नेपालमा गाडी/साडी मात्र होईन काउली/मटरकोसा,लसुन/प्याज आउन दिए जस्तै यताबाट पनि जान दिन पर्यो नी।
#Hello_Sarkar यो विषयमा ध्यान जाओस।
निर्वाचन घोषणा भएकै दिन शेरबहादुर देउवा कामचलाउ भएका हुन । त्यतिबेलै देखी उनले अतिआवश्यक बाहेक अन्य निर्णय गर्न पाउँदैनथे । निर्वाचनको परिणामपछि त उनले दैनिक प्रशासन चलाउने हो, निर्णय गर्ने त कुरै नगरम ।
आगामी सरकारलाई राष्ट्र संचालनमा अप्ठेरो पार्न ढुकुटी रित्याउने गरी लिईएको निर्णयहरूले देउवा सरकारलाई लोकप्रिय बन्न सघाउला र? त्यसो नगरुन् । म ओलीको फ्यान हैन तर उनी प्रधानमन्त्री हुने देश त मेरो हो, अप्ठेरो परे मेरो देशलाई पर्छ।
यो सरकार कांग्रेसको,न्यायधिस कोटाबाट बनेको, गृह मन्त्री काग्रेसको,अनि गगन आउने भाषण गर्ने हामी ताली बजाइदिनुपर्ने?अलि थोरै जोक गर न दाजु।मान या नमान कांग्रेस नै समस्या हो र समस्या नै कांग्रेस हो।
हामीलाई प्रचण्ड पार्टी अध्यक्ष भए नि स्वीकार छ तर बाम गठबन्धनलाई जुन स्थिरता र विकासका लागि जनताले मत दिएका छन्; कुनै पनि बहानामा त्यो भावनालाई कुल्चिन कसैलाई छुट छैन ।