गगनः काँग्रेस दासहरुको पार्टी होइन ।
एमालेः हामीलाई दास भन्न पाइन्न ।
अन्य काँग्रेसीः हामी होइनौं भनेको हो । एमाले वा अरु कुनै पार्टीलाई इंकित गरेको हैन ।
एमालेः हाम्लाई त्यत्ति पनि थाहा छैन र जनताले कसलाई दास भनेर कसलाई चिन्��न् भनेर ! मुर्ख सोच्या हाम्लाई ? 😅😆
जसै दिन रातमा
बदलिन्छ
साझको आगनमा
जुनको प्रकाश
जगमगाउन थाल्छ
उन��ो सम्झना
उनको प्रतिक्षा
आजपनि जुन
पूर्ण उज्यालो सहित आएकोछ
र उनको सम्झनामा
अझ प्रकाश थपेर गएकोछ
थाहा छैन
यो प्रतिक्षाको अन्त्य
बस हरपल
जुन र धर्तिको प्रेमले
यहिआभास गराइरहन्छ
प्रेमअनन्त छ
विना मिलन प्रेम सुन्दर छ!
नेपालमा रहेका शिक्षक, बञ्चरेडाँडा, खोकना सडक विस्तार लगायत असन्तुष्ट पक्षहरुले सक्नु हुन्छ भने अहिले नै आफ्ना असन्तुष्टिहरु पोख्नुहोस र दिगो समाधान खोज्नुहोस । निर्वाचन पश्चात आएको अनेकथरि विचार बोकेको दलहरुको झुण्डमा बनेको सरकारले तपाई��हरुका असन्तुष्टि सम्बोधन गर्न सक्दैन ।
म भगौडा हुँ । त्यसैले म लुसुक्क भागें ।
तर, देश त्यहीँ छ । नागरिक त्यहीँ छन् । मेरा बा-आमा त्यहीँ छन् । मेरा दाजुभाइ र दिदीबहिनीहरू त्यहीँ छन् । मेरा संगीहरू त्यहीँ छन् । र, मैले छाडेका असंख्य सम्झना र स्मृतिहरू त्यहीँ छन् ।
त्यसैले म बोलिरहन्छु । लेखिरहन्छु । जब-जब मन पोल्छ, तब-तब लेख्छु । मेरो मन पनि ती आमा-बाबु जस्तै पोलिरहेको छ, जसले दुई महिनाअघि मात्रै स्कुल/कलेज पढ्ने कलिला छोराछोरी गुमाएका छन् । छोराछोरी मात्रै होइन, जीवन जिउने उद्देश्य नै गुमाएका छन् ।
भर्खर सपना देख्न थालेर हिँड्न सिकेका जेन-जीको आन्दोलनले एक्कासि सत्ताका पात्रहरू फेरिदियो । अहंकारको तातो सिरक ओढेर घुरिरहेका कुम्भकर्णहरूको ओच्छ्यानमा आगो लगाइदियो । जीवनभरि लुटेर घरभरि पैसा थुपारेका दाइ-भाउजूहरूलाई महलबाट एकैपटक अस्पतालका क्याबिनमा हुर्याइदियो ।
हामीलाई लाग्यो— ल, अब देश जाग्यो ।
भदौ ��३ र २४ गते जागेको देश कात्तिक २४ गते काटिनसक्दै फेरि सुत्यो । आन्दोलनले सत्ता त फेरिदियो तर तिनै पात्रहरूको हुँकारले सहिद बालबालिकाका आमा-बाबुहरू राम्ररी निदाउन सकेका छैनन् । १५-२० दिन पालेका खसीबाख्रा काटिँदा त मन अमिलिने हाम्रा आमा-बाबुहरू आफ्नै शरीरका टुक्रा झैं सन्तान गुमाउँदा कुन विरहले रोइरहेका होलान् ?
हरबखत तिनै छोराछोरी सम्झिएर भक्कानिने आमा-बुवाको अनुहार सम्झिनुहुन्छ ?
म सम्झिन्छु ।
देश थोरै बस्नलायक होओस् भनेर छातीमा गोली खाएका ती अबोध केटाकेटीमा मैले आफ्नै छोरोको अनुहार देख्छु । छोरोको निधार छुसुक्क तातिँदा मेरो ओठमुख सुक्छ । आफ्ना सन्तानको निधारमा गोली देखेका ती आमा-बाबुहरूको त जीवनकै धमनी सुक्यो ।
ती शोकमग्न आमा-बाबुको आँसुले पोल्छ भने हामीलाई नुन, तेल, जिराधनियाँ र बाटोभन्दा ठूला सपना देख्नै नदिने कपुतहरू सम्झिनुस् । ��पाईंको घरदैलोमा हात फैलाउँदै मतको भिख मागिरहेका कुपात्रहरू सम्झिनुस् । २०४८ सालदेखि हरेक निर्वाचनमा उनीहरूले बेचिरहेका नारा सम्झिनुस् । व्यवस्था फेर्न सडक उचाल्नेहरूले कसरी आफ्नो र आसेपासेको जीवन उचाले, हिसाब राख्नुस् । जनताको मुक्ति भन्दै जंगल तताएर पछि आफ्नो मात्रै मंगल गर्नेहरूको खाता पल्टाउनुस् । आफू र परिवारको अनुहार हेर्नुस् । हामीलाई संसारभन्दा २ सय वर्षपछाडि धकेल्ने दा��ु-भाउजू, बा र नानीका बाहरू सम्झिनुस् ।
रोजगारी सिर्जना भन्दै दशकौंदेखि पासपोर्ट मात्रै सिर्जना गर्नेहरू चिन्नुहुन्छ ?
म चिन्छु ।
म उनीहरूलाई पनि चिन्छु, जसले अस्पतालमा लम्पसार परेर दाइ-भाउजूलाई त्यही पासपोर्टका दुई प्रति भक्ति चढाएका छन् ।
म ती अहंकारीलाई पनि चिन्छु, जो कलिला नानीबाबु हत्याको पाप बोकेर गुन्डुमा बर्बराइरहेका छन् ।
प्रचण्ड, माकुने, झलनाथ जस्ता निम्छराहरू त खण्ड��र घरका रित्ता ��ित्ता भइसके । उनीहरूको अनुहारबाट राजनीतिका सबै धर्सा र रंग हराइसके । यो चुनावले उनीहरूको त्यही रंगहीन अनुहारमा रातो मसीले 'अनुत्तीर्ण' लेखिदेओस् । उनीहरूले देश होइन, आफू जन्मेको वडा पनि सम्हाल्ने औकात राख्दैनन् । देउवा त छेउ लागे, बाँकी अनुहारलाई यसपालि बिदा गरेर देशले दशकौंदेखिको पापमोचन गरोस् !
किनकि— कांग्रेसको रुखले कहिल्यै शीतल र ओत दिएन । एमालेको सूर्यले कहिल्यै ताप र उज्यालो ���िएन । माओवादीको हँसिया-हथौडाले मान्छे काट्यो, टाउको फुटाल्यो तर घाँससम्म काटेन, ढुंगा पनि फोडेन । राप्रपाको गाईले दूध छाडौं, गोबरसम्म दिएन ।
आखिर के दिए त ?
दिए नि । नमक हरामहरू दिए ।
त्यसैले, फागुनको चुनाव विशेष छ । हामीले विगतमा गरेका गल्तीमा प्रायश्चित गर्ने त्यही दिन हो । नत्र स-साना चिल्ला बाटामा चित खाएरै हाम्रो बाँकी जिन्दगी सकिन्छ । हाम्रा सन्ततिको जीवन पनि खाडी, मलेसिया, क्यानडा र डीभीको लाइनमै बितिजानेछ ।
त्यसैले नागरिक बनौं, कार्यकर्ता नबनौं ।
जुन देशमा नागरिकभन्दा कार्यकर्ता बढी हुन्छन्, त्यो देश नेपाल जस्तै हरितन्नम हुन्छ ।
त्यसैले, यो देशका शनि र शकुनीलाई यसपटक भोट हालेको औंलो देखाइदिऊँ— मिल्छ भने बिच्चको !