NPL को तेस्रो संस्करणसम्म आइपुग्दा नेपाली क्रिकेटले अनेकौँ आन्तरिक मानक र विश्व परिदृश्यमा स्थापित पहिचान बनायो। विश्वचर्चित खेलाडीको सहभागिता, निजी क्षेत्रको बढ्द��� लगानी, क्लबहरूमा परिष्कृत हुँदै गरेको व्यावसायिकता र किशोर खेलाडीहरूको उत्कृष्ट प्रदर्शनले नेपाली क्रिकेटले मारेको फड्को विश्वले नै अनुभूत गरेको छ। बधाई छ, नेपाल र नेपालीलाई!
गर्नुपर्ने अझै धेरै छ। प्रधानमन्त्रीबाट आजै क्रिकेटमा राज्यले लगानी बढाउने र क्लबहरूको व्यावसायिकतामा भरथेग गर्ने घोषणा भएको छ। नेपाली क्रिकेटले अझै फड्को मार्नेछ; बस्, इमानदार सामूहिक प्रयास निरन्तर आवश्यक छ।
NPL को तेस्रो संस्करणको विजेता सुदूरपश्चिम रोयल्सलाई बधाई। ती सबैलाई धन्यवाद, जसको निरन्तरको मेहनतले विश्वस्तरमै नेपाली क्रिकेटलाई थप स्थापित गरेको छ।